काठमाडौँ : रामेछाप घर भएका २७ वर्षीया दीपेन्द्र मोक्तानले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन् ।दुर्घटनामा परी सक्त घाइते भएका मोक्तानको शरीर चल्दैन । अहिले उनी ह्वीलचेयरको साहारामा वीर अस्पतालमा बाँचीरहेका छन् ।
काठको काम गर्दा दुर्घटनामा परी अपाङ्ग भएका मोक्तानको यौनाङ्गमा इन्फेक्सन हुँदा पाइप मार्फत पिसाब गर्न बाध्य छन् । मोक्तानले पिसाब फेर्नका लागि अहिले प्रयोग गरेको पाइप १५ दिनमा फेर्नु पर्ने डाक्टरले बताएका छन् । तत्काल पाइप फेर्न नसक्दा उनको यौनाङ्गमा इन्फेक्सन हुँदा विभिन्न समस्या आइपरेको कलाकार एंव समाजसेवी गीता अधिकारीले बताइन् । एक महिनाको लागि औषधी लिएर रामछाप फर्किएका छन् । उनलाई अधिकारीले एक महिनाको लागि औषधी किनेर सहयोग गरेकी हुन् ।
गरिब परिवारका मोक्तानको घर भूकम्पले भत्किएको छ । मोक्तानको उपचारका लागि अहिले महंगो औषधी प्रयोग गरिरहेका छन् । उनलाई सहयोग गर्न उनको फोन नम्बर ९८०८२३९१९४ मा सम्पर्क गर्न सकिनेछ ।
No comments:
Post a Comment