Sunday, June 21, 2015

मेलम्चीका राजकुमार तामाङले उठाए काठमाण्डाैमा धरहरा

काठमाडौँ : वैशाख १२ को भूकम्पले २ सय ३ फिटभन्दा अग्लो धरहरा गर्ल्यामगुर्लुम ढल्यो। सम्पदा त अरु पनि ढलेका थिए धरहराभन्दा धेरै पुराना पनि। तर अधिकांशको चासो धरहरामै रह्यो। सामाजिक सञ्जालमा ठुटो धरहरा राखेर 'वि विल राइज अगेन' पोस्ट गर्नेहरु धेरै थिए। पत्रपत्रिकाले समेत धरहराकै फोटो राखेर चन्दा संकलन गरे। धरहरा एउटा सम्पदा मात्र थिएन, काठमाडौँको अधिकांश ठाउँबाट देखिने एउटा प्रतीक पनि थियो। अब यो त्यसरी टाढाबाट हेर्दा देखिन्न।


 धरहरा फेरि बन्ला, नबन्ला निश्चित छैन। तर ठ्याक्कै धरहरा जस्तै देखिने एउटा फुच्चे धरहरा भने साँच्चिकैको धरहरा रहेको ठाउँभन्दा अलि टाढा बनेर तयार भइसकेको छ। यो बनाउने मेलम्ची घर भएका राजकुमार तामाङले यसलाई विश्वासको धरहरा भन्न रुचाउँछन्। १२ फिट अग्लो यो धरहरा बनाउन पाँच लाख खर्च भएको छ। धरहराको स्तम्भ मात्र हैन, भर्याङ, नजिकैका पर्खालसमेत दुरुस्त बनाइएको छ। क्यास्ट्रोल लुब्रिकेन्ट्सले लगानी गरेको यो धरहरा बनाउन तामाङलाई १४ दिन लाग्यो। उनका अनुसार यसभित्र तीन वटा रड प्रयोग गरिएको छ। फुच्चे धरहराको मुनि हात्तीपाइले (ढलान गर्दा गिट्टी, सिमेन्ट र बालुवाको घोल प्रयोग गरी हात्तीको पाइला जस्तै ठूलो बनाइएको आधार) पनि राखिएको उनी बताउँछन्। वास्तविक धरहरा भने ईटा र बज्र (सुर्की, चून, मास र चाकुको मिश्रण) बाट बनेको थियो।  
तस्विर: पहिलोपोष्टबाट

Saturday, June 20, 2015

गलत विवरण टिपाएर राहत लिने कर्मचारी खोरमा



असार ५ मेलम्ची । 
गलत विवरण दिएर राहत रकम लिएको आरोपमा सिन्धुपाल्चोकको स्याउले गाबिसका कार्यलय सहायक राज बहादुर श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले गलत विवरण दिएर छोराको नाममा परिचय पत्र लिएको प्रशासनले जनाएको समाचार रेडियो मेलम्चीले प्रकाशन गरेको छ । गलत बिबरण दिएर भुकम्प पिडीत परिचय पत्र तथा अस्थायी बासस्थानका लागी १५ हजार रुपैया रकम लिनेको सिन्धुपाल्चोकमा लर्को लाग्न थालेपछि प्रशासनले कारबाही थालिएको हो ।



जिल्ला दैबी प्रकोप उद्धार समिति सिन्धुपाल्चोकद्धारा गठित अनुगमन तथा स्थानीयले दिएको जानकारीका आधारमा प्रशासनले कारबाही प्रकृया सुरु गरेको हो । सिन्धुपाल्चोकका बिभिन्न गाबिस तथा नगरपालिकाका वडाहरुमा समेत अनुगमन समितिले अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा गलत बिबरण दिएर परिचय पत्र लिने र १५ हजार रुपैँया राहत लिनेलाई ठगी मुद्धा चलाउने प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले जानकारी दिए । सरकारले अन्यत्र घर भएका वा आँशिक क्षती भएकालाई क वर्गको परिचय पत्र दिने ब्यबस्था गरेको छ । सिन्धुपाल्चोकमा राजनीतिक दलका प्रतिनीधि, वडा नागरिक मञ्च र गाउँका अगुवाहरुलेनै भिन्न नभएकाहरुलाई भिन्नै बसेको भनि सिफारिस गर्ने र परिचय पत्र दिन दबाब दिने गरेपछि अनुगमन गर्न थालिएको हो । गलत ब्यक्तिलाई परिचय पत्र दिन सिफारिस गर्ने र परिचय पत्र लिने दुबैलाई कारबाही गरिने जिल्ला दैबि प्रकोप उद्धार समिती सिन्धुपाल्चोकले जनाएको छ । 

दृष्टिविहिन निरबहादुरले ल्याए ८३ प्रतिशत, सुमित्राले ल्याइन ७९ प्रतिशत

असार ५ चौतारा । 
सिन्धुपाल्चोकका एक दृष्टि बिहिन छात्रले बिशिष्ट श्रेणीमा प्रवेशिका परिक्षा उत्तिर्ण गरेका छन् ।जिल्लाको लिसंखु ५ निबासी निर बहादुर श्रेष्ठले ८३ प्रतिशत अंक सहित बिशिष्ट श्रेणिमा एसएलसी उत्तीर्ण गरेका हुन् ।  अशक्तहरूका लागि सञ्चालीत बिशेष शिक्षा कार्यक्रम अन्तर्गत बनदेबी माबि चौताराबाट श्रेष्ठले बिशिष्ट श्रेणीमा उत्तीर्ण गरेको खबर रेडियो मेलम्चीको अनलाइनमा प्रकाशित भएको छ ।  साधारण परिक्षार्थीहरुसंगै परिक्षामा सहभागी श्रेष्ठको उच्च शिक्षा अध्ययनमा विज्ञान विषय छनोट गर्ने विचार भएपनि विज्ञान बिषय त्यति सहज भने नभएको सिन्धुपाल्चोक नेत्रहिन संघका अध्यक्ष सोमकुमार दुलालले जानकारी दिए। श्रेष्ठको पारिबारिक अबस्था पनि अत्यन्त नाजुक रहेको बताउँदै दुलालले उनको अस्थायी आबास निर्माणका लागी संघले फलामे छड, जस्तापाता, निर्माण सामाग्री  बितरण गरेको छ । यस्तै कुबिण्डे निबासी अर्का दृष्टि बिहीन सुमित्रा ढ्ङगाना पनि ७९ प्रतिशत नम्बरका साथ उत्तिर्ण हुनुभएको छ ।









मामा नै दलाल भएपछि ..


असार ०५ , सिन्धुपाल्चोक इचोक गाविसका निमा तामाङ, सूर्यमान तामाङ र मङ्गले तामाङले आफ्ना छोरीहरु हराएको भन्दै खोजिदिन गत जेठ २४ गते माइती नेपालमा निवेदन दिएका थिए ।


घरबाट सहमतिमै दुबई जाने भनेर स्थानीय दलाल नातामा मामा पर्ने अशोक तामाङको साथ लगाएर उनीहरुले आफ्ना छोरीहरु कान्छीमाया तामाङ, आरती तामाङ, मायाँ तामाङ, सुष्मा तामाङ, सुनिता तामाङलगायत आठ जनालाई काठमाडौँ पठाएका थिए । 


काठमाडौँ आएलगत्तै सम्पर्कविहीन भएपछि अभिभावकले छोरी खोजिदिन निवेदन दिएर प्रहरीको सहायताले खोज्दै जाँदा दुबई लैजाने भन्दै झुक्याएर भारततर्फ लैजान लागेको अवस्थामा हेटौँडाबाट नेपाल प्रहरी, माइती नेपाल मानव बेचबिखनसम्बन्धी सञ्जालले नियन्त्रणमा लिएको माइती नेपालका निर्देशक विश्वराम खड्काले जानकारी दिए।

उनले हेटौँडा बसपार्कमा केही शङ्कास्पद युवती देखेर प्रहरी र आफूहरुले सोधखोज गर्नथालेपछि उनीहरुलाई त्यहाँसम्म पुर्‍याउने अशोक भने फरार भएको र युवतीलाई बिहीबार काठमाडौँ ल्याई आफूहरुको संरक्षणमा राखिएको जानकारी दिए।

विभिन्न प्रलोभनमा पारेर भूकम्प प्रभावित जिल्लाका युवतीलाई अहिले अवैधरुपमा भारत र तेस्रो मुलुक लैजान थालेपछि माइती नेपालले अहिले काठमाडौँबाट बाहिरिने नाका र भन्सार नाकामा आफ्नो गतिविधि बढाउँदै लगेको छ । यस क्रममा भूकम्पपछि मात्र अवैधरुपमा विदेश लैजान आगेको अवस्थामा अहिलेसम्म ३२२ जनाको उद्धार गरिसकेको जनाएको छ ।

युवतीका अनुसार उनीहरुलाई काठमाडौँबाट भैंसे मकवानपुर हुँदै हेटौँडा पुर्‍याइएको र त्यहाँबाट काँकडभिट्टा हुँदै भारतको बैङ्गलोर जाने र त्यहाँका १५÷२० दिन बसेपछि सम्पूर्ण प्रवेशाज्ञा प्रक्रिया पूरा गरी दुबई लैजाने भनिएको थियो । उनीहरुको सबैको राहदानी समेत अशोकले नै लिएर फरार भएका छन् ।

काठमाडौँ दक्षिणकाली हुँदै हेटौँडा लैजाँदा कसैले पनि शङ्का नगर्ने र पक्राउ नपर्ने भएकाले दलालले नयाँ बाटो प्रयोग गरेको प्रहरीको भनाइ छ । पछिल्लो समयम दक्षिणकाली हेटौँडा तथा विपी राजमार्गको बनेपा बर्दिवास हुँदै पनि युवतीको तस्करी बढेकाले उक्त ठाउँमा समेत नयाँ अस्थायी चेकपोस्ट खडा गरी जाँचमा कडाइ गरिएको प्रहरीको भनाइ छ ।

पीडित आरती तामाङले शुक्रबार माइती नेपालको कार्यालयमा सञ्चारकर्मीसँग भनिन्, “भूकम्पपछि नेपालबाट विदेश जान नमिल्ने भन्दै अशोकले सबै प्रक्रिया भारत गएर गर्नुपर्ने भएकाले भारत जानुपर्ने बताएको थियो ।”

उनले भनिन्, “मामाको विश्वासमा परी बुबाले हामीलाई पठाउनुभयो, तर, उहाँको नियत खराब रहेछ अहिले आएर थाहा भयो, अब यतै बस्ने सिकाइ सिक्ने अनि गाउँका अन्य दिदीबहिनीलाई पनि दलालको लहैलहैमा लागेर विदेश नजान सचेत गराउँछु ।”

किशोरीहरुको राहदानीसमेत तिनै दलाल अशोक तामाङले नै बनाइ दिएको पीडित युवतीले बताए ।

उनीहरु परिवारकै सहमतिमा जान लागेका भनिएपनि दलालमार्फत गैरकानुनी तरिकाले भारतको बैङलोर हुँदै दुबई लैजान खोजिएकाले उद्धार गरिएको माइती नेपालले जनाएको छ ।

माइती नेपालका निर्देशक खड्काले आफन्त पर्ने दलाल अशोकमार्फत आठजना विदेश जान लागेका र काभ्रे अनिकोटकी कान्छीमाया तामाङलाई भने दलालले घुम्न जाउँ भनेर फकाएको पाइएको बताइन्।

कान्छीमाया यसअघि पनि मलेसिया बसेर आएकाले घुम्न नभई उनीहरुलाई विदेश पठाउन सहयोगीको भूमिका खेलेको आशङ्का माइती नेपाल र प्रहरीले गरे पनि उक्त कार्यमा उनको संलग्नता भए नभएको यकिन भएको छैन । रासस

मर्माहत अाफन्त, शोकमा विद्यालय


सिन्धुपाल्चोक । कालीदेवी उच्च माध्यमिक विद्यालय गातीबाट यस वर्षको एसएलसी परीक्षामा सिम्बोल नम्बर ०२३३९२३ ‘ए’ भएका समीर श्रेष्ठ प्रथम श्रेणीमा उत्तीर्ण भए । उनी ६३ दशमलव ६ प्रतिशत ल्याएर उत्तीर्ण त भए तर विडम्बना समीरले आफू एसएलसीमा उत्तीर्ण भएको अब कहिल्यै थाहा पाउनेछैनन् । समीरले साथीहरूसँग भन्ने गर्थे, ‘परीक्षा राम्रो भएको छ, विशिष्ट श्रेणी आउँछ होला ।’ विशिष्ट श्रेणी त उनले ल्याउन सकेनन् तर प्रथम श्रेणीमा उत्तीर्ण भएको खुसी साट्न नपाउँदै समीरले संसार छाडे । १२ वैशाखमा गएको विनाशकारी भूकम्पमा परी उनले ज्यान गुमाए ।

गाती–९ का श्रेष्ठ विद्यालयका उत्कृष्ट छात्र रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुप्पा श्रेष्ठले जानकारी दिए । ‘एसएलसीमा विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएको खुसी छु । तर पनि एक होनाहार विद्यार्थी गुमाउनुपर्दा खुसीभन्दा बढी पीडा थपिएको छ,’ अध्यक्ष श्रेष्ठले भने ।कालीदेवीका मात्रै होइन, इन्द्रश्वरे उमाविबाट एसएलसीमा सहभागी दुवाचौर गाविसकी अञ्जना अधिकारीले पनि द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् ।

सिम्बोल नं। ०२३११७० ‘डी’ भएकी अधिकारी विद्यालयकी रामै्र छात्रा थिइन् । शुक्रबार एसएलसीको नतिजा आउँदा विद्यालयका शिक्षकहरूलाई अरूको भन्दा अञ्जनाको नै बढी चासो थियो । ‘उनको रिजल्ट के भयो होला भनेर रिजल्ट हेरियो, उनी पास भएकी रहिछन्, त्यसपछि त विद्यालयको वातावरण नै स्तब्ध भयो,’ विद्यालयका प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठले भने । विद्यालयबाट एसएलसीमा सहभागी ६२ परीक्षार्थीमध्ये ३३ जना उत्तीर्ण भएका छन् । राजधानी दैनिकमा समाचार छ ।

अञ्जनाजस्तै सोही विद्यालयकी पूर्णमाया दनुवारको पनि भूकम्पमा परी मृत्यु भएको छ । क्षेत्रपालेश्वरी माविकी रमिता श्रेष्ठ पनि शुक्रबार सार्वजनिक भएको एसएलसीमा उत्तीर्ण त भइन् तर उनले पनि आफू प्रथम श्रेणीमा उत्तीर्ण भएको खबर कहिल्यै पनि थाहा नपाउने गरी सधैका लागि छाडेर गइन् । एसएलसीको नतिजा सार्वजनिक भएपछि परीक्षामा उत्तीर्ण भए पनि भूकम्पमा परी मृत्यु भएपछि विद्यालय र आफन्तहरू मर्माहत भएका थिए ।

याैन सम्पर्क अघि यी कुरा नखानुस्

गेडागुडी
गेडागुडी चाँडै पच्दैन। गेडागुडी खानाले ग्यास बनाउँछ। सेक्सको मजालाई ग्यासले कम गरिदिने भएकाले सेक्सअघि भरसक गेडागुडी खानु हुँदैन। साथै गेडागुडीमा पाइने सुगर पच्न समय लाग्छ। अपच पेट सेक्सका लागि अनुकूल हुँदैन।
ब्रोकाउली
ब्रोकाउली र काउलीमा पनि गेडागुडीमा जस्तै सुगर पाइन्छ। जुन पच्न समय लाग्छ। अमेरिकाको जोन हप्किन्स अस्पतालले गरेको एउटा अनुसन्धानअनुसार यस्तो सुगर पचाउन शरीरले मिथेन रिलिज गर्नेगर्छ। सेक्सका क्रममा उपयोगी हुने मिथेन ग्यास निस्कासन हुनु राम्रो होइन।

लसुन र प्याज
सेक्समा लीन हुनअघि लसुन खानु हुँदैन। यसले मुख र श्वासलाई दुर्गन्धित बनाउँछ, साथै पेट पनि फुलाउँछ। फुलेको पेट र दुर्गन्धित श्वासले सेक्सलाई आनन्ददायक बनाउन सक्दैन।

पनिर
पनिर धेरैजनाको मनपर्ने खान्कीमा पर्छ। तर, सेक्सअघि यो पनि भरसक खानु हुँदैन। पनिरको स्वाद र गन्ध मुखमा लामो समयसम्म रहन्छ। यसले यौन उत्तेजनालाई शान्त गर्छ। त्यसैले सेक्सअघि पनिर खानु त्यति राम्रो मानि"दैन।

रातो मासु
रातो मासु हेभी डाइट हो। रातो मासु खाएपछि पच्न लामो समय लाग्छ। रेड मिट खाएपछि निन्द्रा लाग्छ, शरीर आलस्य हुन्छ। यस्तो अवस्थामा सेक्स गर्नु त्यति आनन्ददायक हुँदैन।

चिज
चिज पनि पच्न समय लाग्छ। यसले ग्यास बनाउने र पेट ढुस्स बनाउने गर्छ। यस्तो पेट सेक्समा लिन हुन उपयोगी हुँदैन।

चुइङ्गम
चुइङ्गम खानाले मुख फ्रेस हुन्छ र यसले चुम्बनलाई भव्य बनाउन सहयोग गर्छ। तर, सेक्सका लागि चुइङ्गम चपाउनु राम्रो मानिँदैन। मायो क्लिनिकले गरेको एउटा अध्ययनले चुइङ्गम चपाउँदा निलिने हावाले ग्यास फर्मेसन गराउने र यसबाट सेक्सको मुड कम हुने तथ्य पत्ता लगाएको थियो।


तारेको आलु
तारेको आलुमा फ्याट बढी हुन्छ। यसले शरीरको रक्तसञ्चारलाई सुस्त बनाउँछ। तर, सेक्समा रक्तसञ्चार तीव्र हुनु राम्रो हुन्छ। साथै तारेको आलुमा नुनको मात्रा कम हुने भएकाले यसले उत्तेजना घटाउने र शरीरलाई अल्छी महसुस गराउने गर्छ।

पुदिना
पुदिनाले मुखलाई वासनादार बनाए पनि यसले उत्तेजना घटाउने काम गर्छ। पुदिना खानाले शरीरमा टेस्टोस्टोरोन हर्मोनको मात्रा घट्छ। टेस्टोस्टोरोन पुरुषको यौन हर्मोन भएकाले यसको मात्रा घटनाले दुवैले यौनको चरम आनन्द प्राप्त गर्नबाट वञ्चित हुन्छन्।

Thursday, June 18, 2015

नियमविपरित राहत कार्ड लिनेलाई ठगी मुद्दा

सिन्धुपाल्चोक । 
निर्देशिका विपरित भूकम्पपीडितका नाममा नक्कली कागजात बनाई राहत कार्ड लिनेलाई स्थानीय प्रहरी प्रशासनले ठगी मुद्दा चलाउने तयारी गरेको छ।
जिल्लामा नक्कली भूकम्पपीडितको विगविगी बढेपछि जिल्ला दैवी प्रकोप उद्धार समिति सिन्धुपाल्चोकले यस्तो निर्णय गरेको हो।


अस्थायी टहरा निर्माणका लागि जिल्लामा अहिले राहत स्वरुप १५ हजार रुपैयाँ वितरण भइरहेको छ। वितरणका क्रममा गाउँभरि नक्कली कागजात बनाई राहत लिनेको संख्या बढेको छ। त्यसलाई रोकथाम गर्नका लागि ठगी मुद्दा चलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले जानकारी दिए।
राहत वितरणमा बदमासी बढेपछि त्यसको अनुगमनका लागि एउटा समिति बनेको छ।  बैठकले नापी कार्यालयका प्रमुख शरद मैनालीको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो। गाउँमा गएर अनुगमन गरिने टोलीमा पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष युवराज पुरी, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य सोम सापकोटा, जिल्ला विकास समितिका शुसासन विज्ञ सुवास शिवाकोटी र जिल्ला हुलाक कार्यालयका प्रमुख पवन अर्याल छन्।
जिल्लैभर अहिले १५ हजार रुपैयाँ वितरणमा समस्या आइरहेको छ। एकआधघरमा पनि दुई वा सो भन्दा बढी राहत कार्ड बनेको उदाहरण छ। शक्तिशाली भूकम्प आउनुअघि आफ्ना परिवारबाट नछुट्टिएकाहरुले पनि अहिले भिन्दै बसेको लगत विवरण भरेको गाविससचिवहरू बताउँछन्। गाविसहरुमा अहिले ३० प्रतिशतभन्दा बढी घरधुरी बढेको छ। २०६८ को जनगणनाअनुसार साढे ६ सय घरधुरी रहेको जिल्लाको उत्तरी गाउँ सुनखानीमा अहिले झण्डै साढे आठसय पुगेको छ। त्यस्तै ठूलोसिरुवारी गाविसमा १ हजार ८ सय ४१ घरधुरी पुगेको छ। त्यहाँ १ हजार ३ सय ७६ मात्र घरधुरी थियो। भुकम्पपछि घर ढलेको वापत सरकारले दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेपछि एक्कासी घर संख्या बढेको हो।
वैशाख १२ मा गएको शक्तिशाली भूकम्पपछि सँगै बसेका श्रीमान्, श्रीमतिसमेत छुट्टिएका छन्। एउटा मात्र छोरा भएकाहरुले पनि छोरा र बाबुको नाममा छुट्टाछुट्टै राहत कार्ड बनाएका छन्। क्षतिको लगत संकलन तथा राहत कार्ड वितरणमा गएका अधिकारीहरुकै मिलेमतोमा यस्तो भएको स्थानीय बताउँछन्। लगत संकलन तथा कार्ड वितरण गर्न राजनीति संयन्त्र,  शिक्षकहरुलाई परिचालन गरिएको छ।
हरेक गाउँमा समस्या रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिका सदस्यसचिव एवम् स्थानीय विकास अधिकारी महेश बरालले जानकारी दिए। ‘गल्ती गरेको पाइएमा कारवाही हुनेछ,’ बरालले भने, ‘यस्तै अवस्था हो भने जिल्लामा १ लाख घरधुरी हुनसक्छ।’ २०६८ को जनगणनाअनुसार जिल्लामा ६६ हजार ६ सय ३५ घरधुरी थियो।
सेतोपाटीबाट