Showing posts with label जल्दाे बल्दाे परिवेश. Show all posts
Showing posts with label जल्दाे बल्दाे परिवेश. Show all posts

Tuesday, July 28, 2015

यी ५ कुरा फेसबुकमा राख्दा तपाँर्इ जेल सजाँयको भागिदार हुनसक्नुहुन्छ

यी ५ कुरा झुक्किएर पनि फेसबुकमा नहाल्नुस् ! जेल सजाय हुन सक्छ
फेसबुकले मानिसलाई धेरै सजिलो बनाइदिएको छ । मानिसहरुले यसको सही हिसाबले पनि प्रयोग गरेका छन् र दुरुपयोग पनि गरिरहेका छन् ।फेसबुक ट्वीटरमा जे पायो त्यही पोष्ट गर्ने वा सन्देश पठाउने मानिसहरु सावधान हुन जरुरी छ । सामाजिक सञ्जालका प्रयोगकर्ता बढेका र अपराध पनि बढ्दै गएकाले यसबारे विभिन्न कानुन बन्दै गएका छन् । केही समय पहिले भन्दा अहिले मानिसहरु सचेत पनि भएका देखिन्छन् । 

नक्कली अकाण्ट बनाउने, भद्दा र अश्लिल कमेन्ट गर्ने आपत्तिजनक पोष्ट गर्ने, अनलाइनबाटै मानिसहरुलाई धम्काउने वा सताउने गर्छन् कतिपय मानिसले । आफ्नो फेसबुक हो भन्दैमा जे गर्न पनि पाइन्छ भन्ने ठान्नु भएको छ भने समस्यामा पर्नु होला । भविष्य नै बरवाद समेत हुन सक्छ ।
जोशमा होश नगुमाउनुस् :
कुनै पनि सामाजिक सञ्जालमा साम्प्रदायिक भड्काव ल्याउने वा अफवाह फैलाउने ब्यक्ति पनि कानूनी कारवाहीको दायरामा पर्छन् । यस्ता ब्यक्तिलाई पनि सार्वजनिक अपराधकै मुद्धामा सजाय हन सक्छ ।
नक्कली अकाण्टबाट बँच्नुस् :
कुनै पनि ब्यक्तिले नक्कली अकाण्ट बनाउनु र त्यसको प्रयोग वा दुरुपयोग गर्नु कानूनी कारवाहीको दायरमा पर्छ । यसो गर्दा तपाइँ प्रहरीको फन्दामा पर्न सक्नु हुन्छ । कुनै पनि ब्यक्तिको अकाण्टबाट अरुलाई घोंचपेच वा दुरुपयोग गर्नेलाई पनि सजाय हुन सक्छ ।
अश्लिल सामग्रीबाट टाढै रहनुस् :
सामाजिक सञ्जालमा अश्लिल सामग्री आदान प्रदान गर्ने वा कुनै अश्लिल कमेन्ट वा कुराकानी गर्ने बानी छ भने आजै देखि छोड्नुस् । अझ कुनै केटा केटीलाई यस्तो गर्नै हुँदैन । यसो गर्दा अनलाइन यौन दुर्व्यवहार वा शोषणको मुद्धामा जेल जान सक्ने खतरा हुन्छ ।
कमेन्ट गर्दा ध्यान दिनुस् :
सामाजिक सञ्जालमा कुनै पनि पोष्ट देख्नु भो भने त्यसलाई लाइक गर्नु वा कमेन्ट गर्नु अघि एक पटक राम्ररी पढ्नुस् । कुनै पनि कन्टेन्ट आपत्तिजनक छ भने त्यसलाई लाइक वा कमेन्ट नगर्नुस् । कुनै पनि ब्यक्तिले राखेको आपत्तिजनक पोष्ट वा सामग्रीमा तपाइँले लाइक वा कमेन्ट गर्नु भो भने साइवर कानूनले तपाइँलाई समेत जेलको हावा खुवाउन सक्छ ।
पोष्ट गर्नु अघि सोंच्नुस् :
कुनै पनि सामग्री वा स्ट्याटस फेसबुकमा वा ट्वीटरमा राख्नु अघि एक पटक विचार गर्नुस् । तपाइँको पोष्ट अश्लिल वा भडकाउ अथवा मानहानी गर्ने खालको छ वा कसैको मानमर्दन र निजि कुराको खुलासा गर्ने किसिमको छ भने तपाइँ समस्यामा पर्न सक्नु हुन्छ । त्यसैगरी कसैको पोष्टमा अश्लिल सामग्री राखिदिनु वा अश्लिल कमेन्ट गर्दा पनि समस्या आउन सक्छ ।

बालकको बलि दिइएको घटनापछि नवलपरासीको एउटा गाउँ अातंकित बनेको छ । भिडियो हेराै ।

घटनाको भिडियो देखाएर व्याख्या गर्नुपूर्व प्रेम बानियाले भने तपाईलाई डर लाग्छ भने कृपया च्यानल परिवर्तन गर्नुहोला अनि भने लौ हेर्नुहोस १० बर्षिय अबोध बालकलाई यिनिहरुले कसरी बलि दिए ।
नवलपरासीमा बलि दिइएका बालक र उनलार्इ बलि दिइएको स्थान




 के एकको ज्यान बचाउनको लागि अर्को हत्या गर्नुपर्छ ? किन कसरी मारियो अबोध बालकलाई ? न्युज २४ टिभिको कार्यक्रम 'पावरन्युज'मा प्रसारण गरिएको  भिडियो हेराैँ । 


Saturday, June 27, 2015

सिन्धुवासी: साहस र धैर्यका धनी

सिन्धुपाल्चोक- महाभूकम्पको शनिबार दुई महिना पूरा भएको छ। विनासकारी भूकम्पबाट सर्वाधिक क्षति व्यहोरेको सिन्धुपाल्चोकमा अहिलेसम्म त्यस्तो बस्ती भेटिएको छैन त्यो सग्लो होस्, त्यस्तो एउटा गाउँ जुन शोकमा नडुबेको होस्।

भूकम्पमा मृत्युको मुखैबाट बाँचेर फर्किएको अनुभूति छ हरेक सिन्धुवासीसँग। अहो! त्यो क्षण चलचित्रको भीमकाय दृश्य हेरेभन्दा कयौँ गुणाबढी कहाली लाग्दो थियो। कुञ्चोक गाविसका महिलाले शब उठाएर झ्याडी खोलामा लस्करै शद्गद् गरेको दृश्य होस् या घुम्थाङका स्थानीयलाई एउटै खाडलमा पुरेको क्षण। सुनकोसी र इन्द्रावती बगरमा सल्किएको दागबत्तीको लप्का र सिन्धुका डाँडाकाँडा धुवाएका ती दिन सम्झँदा अहिले पनि आङ जिरिङ—जिरिङ हुन्छ। लगातारका धक्का, एकसरो लुगा, भोको पेटमा महिला, केटाकेटीको क्रन्दन, बुढाबुढीको हारगुहार कसरी सम्झनु त्यो क्षण?
जत्रै ठूलो विपत्तिमा पनि सम्हालिनुको विकल्प थिएन। सायद यही सत्य बुझेका थिए सिन्धुवासीले। ६० दिनको यो छोटो समयमा अदम्य साहस र धैर्यद्धारा सम्हालिएका सिन्धुवासी मुस्कुराउन सिक्दैछन्, दुई महिने बच्चाले हाँस्न खोजे जस्तै गरी। व्यक्तिगत यत्न, सरकारको अभिभावकत्व र सहयोगी हातको मल्हमपट्टीले लुटिएको त्यो मुस्कान फर्काउँदै छ। आफ्नै बलबुतामा ठडिएको जस्ताको टहरोमार्फत उठेको सन्देश प्रवाह गरेका जिल्लावासीले योसँगै विपद्को पहिलो चरण पार गरेका छन्।
खुला आकाश, त्रिपालको वास हुँदै बर्खा थेग्ने अस्थायी टहरोमा छिरिसकेका भूकम्प पीडित फरक्क सामान्य दिनचर्यामा फर्किसकेका छन्। काँधमा कोदोलो, कोदाली भिरेर मानो खाइ मुरी उब्जाउन खेतीपातीको काममा निस्कन थालेका छन्। लेकमा अगौटे कोदो लगाउने चटारो छ, बेँसीमा हिउँदे धान भित्र्याउने व्यस्तता। फाँटहरुमा सुरिलो लयमा होहोरी होहोको भाका गुञ्जिन सुरु भएको छ। फाँटमा देखिने लाठे र रोपाहारको असारे दोहोरी, हिलोको छ्यापाछ्यापको दृश्यले लाग्छ, भूकम्प पीडित जिल्लावासी सँधैभरिको शोक र दुःखको मानशिकताबाट धेरै माथि उठिसकेका छन्।
महाभूकम्पपछि उद्धार तथा राहतमा खासगरी तीन तहको सहयोग जुट्यो। पहिलो सरकार र उसका च्यानलमार्फत, दोस्रो गैरसरकारी संस्था तेस्रो जनस्तरबाट। यही सहयोगले जिल्लावासीलाई अहिलेसम्म खान लाउन दुःख छैन। सुरुमा केही अल्मलिएको सरकारले त्यसपछि अभिभावककै भूमिका निर्वाह गर्योा। महाभूकम्पको दुई साता निबत्दै सरकारले एलजीसीडीपीमार्फत अस्थायी आवास, खाद्यन्न, सरसफाई र स्वास्थ्यमा खर्च गर्ने गरी प्रतिगाविस ९ लाखका दरले ६ करोड ६० लाख रुपैयाँ उपलब्ध गरायो। त्यतिञ्जेल राष्टि̭य तथा अन्तराष्टि̭य गैरसरकारी संस्थाले जिल्ला घेरेर राहतको काम थालिसकेका थिए। व्यक्तिगत पहलमा जनस्तरबाट ज्यादै ठूलो सहयोग गाउँ—गाउँ पुग्यो।
सडक, हवाईमार्गबाट तत्काल राहत सामग्री पुर्यायइँदा केही पाइएन भन्ने गुनासो अन्त्य भयो। जिल्ला दैवी प्रकोप उद्दार समितिले देशी, विदेशी दाता संस्थालाई सम्झौता गरेर मात्र गाउँ जाने नीति अघि सारेपछि डुब्लिेकेशन हुन पाएन। कुन दुर्गम, सुगम सबैतिर संस्था पुगे। अहिले ६५ यस्ता संस्था राहतमा क्रियाशील छन्। आकस्मिक राहतका कार्यक्रम सकेर तिनीहरु आवास लगायत अल्पकालीन कार्यक्रमसहित दोस्रो चरणमा प्रवेश गरेका छन्। 'संघसंस्थाले दोस्रो चरणको सहयोग कार्यक्रम ४० गाविसमा विस्तार गरिसकेका छन्,' उद्दार समितिका सदस्य सचिव स्थानीय विकास अधिकारी महेश बरालले भने।
केही संस्थाको काम भन्दा बढी भड्किलो प्रचार र व्यवस्थापनमै भारी खर्च देखिएपनि धेरैको काम सह्रानीय छ। सरकारी गोदाममा मात्रै ३० लाखभन्दा बढी किलो चामल प्राप्त भयो। योमध्ये अहिले २ लाख केजी चामल मौज्दात छ। सरकारका तर्फबाट मात्रै प्रतिघरपरिवार ४३ केजी चामल उपलब्ध भयो। संघ, संस्था र जनस्तरबाट त्यसको दोब्बर चामल सहयोग भएको अनुमान छ। 'बर्खालाई ध्यान दिँदै विश्व खाद्य कार्यक्रमले दोस्रो चरणमा प्रतिपरिवार ३५ केजी चामल, पाँच केजी दाल र दुई लिटर तेल बितरण गर्दैछ,' बराल भन्छन्, 'खानाको समस्या हुँदैन।'
भूकम्पपछि सरकारले राहत, उद्दार र आकस्किम व्यवस्थापनका लागि मात्र सिन्धुपाल्चोकमा १ अर्ब रुपैयाँ निकासा पठाएको छ। शुक्रबारसम्म ९० करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको उद्दार समितिले जनाएको छ। प्रतिमृतकका आफन्तलाई किरिया खर्च बापत ४० हजार रुपैयाँका दरले उपलब्ध गराइएको छ। काजकिरिया बापत मात्रै झण्डै सवा १४ करोड रुपैयाँ खर्च भइसकेको छ। अस्थायी आवासका लागि जस्ता किन्न १५ हजार अनुदानका दरले हालसम्म ४० गाविसमा ५० करोड रुपैयाँ खर्च भएको स्थानीय विकास अधिकारी बराल बताउँछन्, नागरिकन्युजमा खबर छ । 
अनुदान, राहत लगायत अन्य सुविधाको लोभमा नक्कली अंशबण्डा गरी भूकम्प पीडित परिचयपत्र दाबी गर्दा १५ हजारले भने रडाको मच्चाइरहेको छ। १२ दिनभित्र सक्ने गरी थालिएको अनुदान वितरण तीन साता बित्दा पनि सकिएको छैन। बरालका अनुसार यही रडाकोको कारण जिल्लाको घरधुरी संख्या १ लाख नाघ्ने अनुमान छ। अहिले मृतकका प्रतिपरिवारलाई १ लाख रुपैयाँका दरले क्षतिपूर्ति खर्च वितरण थालिएको छ। चोरिने डरले पीडितको बैंक खाता खोली रकम जम्मा गर्ने प्रक्रिया अघि बढाइएको उद्दार समितिले जनाएको छ।


क्षति भएका घर मर्मतका लागि २५ हजार रुपैयाँका दरले सरकारले रकम पठाएको छ। चर्केको र सामान्य क्षति पुगेको घर मर्मत गरी बस्नका लागि यो रकम निकासा भएको हो। तर मर्मत खर्च दाबी गर्न अहिलेसम्म एक जनापनि नआएको बराल बताउँछन्। मर्मत खर्च बुझ्नेले पछि नयाँ घर बनाउँदा र स्थानान्तरण हुँदा कुनै रकम सरकारसँग दाबी गर्न पाउँदैनन्। वैशाख १७ गते नै सरकारले मर्मत खर्च दिने निर्णय गरेको थियो। 'खान र बस्न अब कुनै समस्या छैन। लत्काल जोखिममा परेका बस्ती स्थानान्तरण र भग्नावशेष हटाउने चुनौति मात्र हामीसामू छन्,' बरालले भने।

Thursday, June 25, 2015

नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन : नेपालका लागि साढे तीन खर्बभन्दा बढीको सहयोग

काठमाडौ, असार १० - भूकम्पपछिको पुनःस्थापना, पुनःनिर्माण र नवनिर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक, भौतिक एवम् नैतिक सहयोग एवम् समर्थन जुटाउने उद्देश्यले आयोजित ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ मा साढे तीन खर्ब रुपैयाँभन्दा बढी सहयोग रकम जुटेको छ ।
राजधानीमा जारी सम्मेलनमा विभिन्न देशले भूकम्पपछि नेपालको पुनर्निर्माण गर्न सहयोगको प्रतिवद्धता जनाउँदै उक्त रकम घोषणा गरेका हुन् ।  


सम्मेलनमा सबैभन्दा ठूलो राशीको सहयोग गर्ने छिमेकी देश भारत छ । उसले १ खर्ब रुपैयाँ बराबरको सहयोग गर्ने जनाएको छ । यसमा ७५ अर्ब सहुलियतपूर्ण ऋण र २५ अर्ब अनुदान सहयोग रहने छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा घोषणा गरेको १ खर्ब सहुलियत ऋणको ४० प्रतिशत अर्थात ४० अर्बलाई अनुदान सहयोगमा बदलिएको छ ।

मोबाइलको ब्याट्रीको सुरक्षा कसरी गर्ने

मोबाइलको ब्याट्री पड्किने घटना हाम्रो लागि नयाँ होइन। यसैकारणले कति मानिसले आफ्नो ज्यान समेत गुमाइसकेको खबर हामीले सुन्दै आएका छौँ। तर यो सब हुँदाहुँदै पनि हामीले आवश्यक  सावधानी भने अपनाइरहेका हुँदैनौँ। 
 


मोबाइलको ब्याट्री सबैभन्दा पड्किने अवस्था भनेको मोबाइलमा कुरा गर्दा र चार्ज गर्दा हो। कहिलेकाँही भने यसै राखेको ठाँउमा, गोजीमा पनि ब्याट्री पड्केको पाइएको छ। यस्ता घटनाहरु हेर्दा नयाँ भन्दा पुरानो र नक्कली ब्याट्री बढी पड्केको पाइएको छ। 

मोबाइलको ब्याट्री पड्किन नदिन र ब्याट्रीको लाइफ बढाउन निम्न कुरामा पनि विचार पुर्‍याउनु पर्छः
– सुत्ने समयमा मोबाइल आफ्नो साथमा नराख्ने।
 
–मोबाइल चार्जमा भएको बेलामा फोन नचलाउने वा कुरा नगर्ने।
 
–चार्ज गर्दा चाहिने समयसम्म मात्र चार्ज गर्ने, पुरा रात वा घन्टौँ चार्ज नगर्ने। गर्नैपर्ने अवस्था भएमा मोबाइल अफ गर्ने। 
 
–आफ्नो मोबाइल जुन कम्पनीको हो त्यसकै मात्र चार्जर प्रयोग गर्ने। नक्कली चार्जरको प्रयोग कहिल्यै नगर्ने। 
 
–जुन कम्पनी र ब्राण्डको मोबाइल हो त्यसकै ब्याट्रीमात्र प्रयोग गर्ने। सस्तो वा नक्कलीे ब्याट्री खतराजनक हुन्छ।
 
–मोबाइल चार्ज गर्दा तातो स्थानमा नराख्ने। यस्तो अवस्थामा ओभर हिटिङको समस्या हुनसक्छ।
 
–अल्ट्रा फास्ट चार्जरहरुको प्रयोगले हाम्रो मोबाइल चाँडो चार्ज सक्छौँ तर यसले ब्याट्रीको लाइफ कम गरिदिनुका साथै टक टाइम र स्ट्याण्डबाई टाइम पनि कम गराएको पाइएको छ। त्यसैले मोबाइल चार्ज गर्दा आफ्नो सामान्य चार्जरले नै चार्ज गर्नुपर्छ।
 
–चार्ज गरिसकेपछि चार्जरलाई प्लगबाट निकालेर राख्नुपर्छ। चार्जरको अवस्थाले ब्याट्रीको लाइफमा असर गर्छ।
 
–मोबाइललाई ० डिग्री सेल्सियसभन्दा कम र ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा नराख्ने। यसले ब्याट्री चाँडो सकिन्छ। त्यस्तै मोबाइललाई सिधा घाममा पर्ने गरी पनि नराख्ने।
 
यसप्रकारले मोबाइलको ब्याट्रीको बचावका लागि प्रयोगकर्ताले अलिकतिमात्र ध्यान दिएमा ब्याट्री धेरै समयसम्म टिकाउन सकिन्छ र  पड्किने सम्भावना पनि कम गर्न सकिन्छ। 

Tuesday, June 23, 2015

निरन्तरको वर्षापछि तातोपानीमा नदि थुनियो

सिन्धुपाल्चोक, असार ८ - वर्षाका कारण चीनसँगको सीमा तातोपानीको लिपिङ खोला थुनिएर मध्यान्ह बाढी आएपछि भोटेकोसीको पानीकोसतह बढ्ने भएकाले प्रहरीले तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आब्हान गरेको छ । भूकम्पबाट अति प्रभावित उक्त क्षेत्रमा जमिनको धाँजा फाटिरहेको अवस्थामा वर्षासँगै पहिरो सुरु भएको छ । मितेरी पुल भन्दा करिव एक किमी पश्चिम नेपालतर्फको भूभागमा पहिरोले ठाडो खोलामा बाढी आएको छ ।

उक्त खोला भोटेकोसीमा मिसिने भएकाले बढीको खतरा देखिएको भन्दै अरनिको राजमार्गको बाह्रबिसे, खाडिचौरलगायत ३० किमी क्षेत्रका वासिन्दालाई सतर्क रहन भनिएको हो । इलाका प्रहरी कार्यालय बाह्रबिसेका अनुसार कुनै पनि बेला कोसी बढ्न सक्ने खतरा देखिएपछि राजमार्ग आसपासका वासिन्दालाई सतर्क रहन भनिएको हो ।  स्थानीय कुमार श्रेष्ठका अनुसार खोलामा पहिरो झेरर केही बेर पानी रोकिएपनि क्रमशः बग्न थालेको बताए । बसपार्क नजिकैको अरनिको राजमार्गकै लिपिङ पुल नजिकै पहिरो झरेको र पुलमुनीबाट पानी बग्न थालेको श्रेष्ठले जानकारी दिएको इकान्तिपुरमा खबर छ । 

Monday, June 22, 2015

मदर टेरेसाकी उत्तराधिकारी निर्मला दिदीको निधन

मदर टेरेसाकी उत्तराधिकारीका रूपमा कार्यरत नेपालकी निर्मला जोशीको ८१ वर्षको उमेरमा निधन भएको छ ।  सन् १९९७ देखी मदर टेरेसा फाउण्डेशनको प्रमुख पदमा कार्यरत जोशीको मंगलबार कलकत्तामा निधन भएको पश्चिम बंगालकी मुख्य मन्त्री ममता बेनर्जीले ट्वीट मार्फत जानकारी दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले खबर प्रकाशन गरेका छन् ।

ग्यास्ट्रिक होला’ भन्दै बस्दा क्यान्सर

सिन्धुपाल्चोक ।
रोग लुकाएर समयमै उपचार नगर्दा दुर्गम तथा विकट क्षेत्रमा पर्ने सुनखानी गाविस–२ सिन्धुपाल्चोककी ४१ वर्षीया सञ्चमायाँ तामाङ अहिले आन्द्रमा क्यान्सर भएपछि पछुताउँछिन् । गत ०७१ असारमा पेट दुख्ने समस्याले पिरल्थो उनलाई । 

‘ग्यास्ट्रिक होला’ भनेर लामो समयसम्म रोग लुकाएर उपचार नगरेपछि अहिले त्यही रोग अहिले आन्द्राको मेरो क्यान्सर बनेको भक्तपुर क्यान्सर अस्पतालमा उपचार गर्दै गरेकी सञ्चमायाँ बताउँछिन् । ‘यसअघि बेला बेलामा पेट दुख्न थालेको थियो, ग्यास्ट्रिक भन्दै वास्ता गरिएन । अलि गाह्रो भएपछि अस्पतालमा गएर स्वास्थ्य परिक्षण गर्दा आन्द्रामा क्यान्सर भएको रिपोर्ट आयो,’ उनले भनिन् । असार महिनादेखि दुख्न थालेको पेट पुस महिनासम्म दुखिरह्यो । ओम अस्पताल चावहिलमा स्वास्थ्य परिक्षण गर्न गएका बेला सिटीस्क्यान गरेर हेर्दा आन्द्रामा क्यान्सर भएको स्वास्थ्यकर्मीले सुनाए । क्यान्सर भएको सुन्नेवित्तिकै उनलाई झन् चिन्ता थपियो । १२ उर्तिण गरिसकेकी २४ वर्षीया छोरी शर्मिला, स्नातक तहमा पढ्दै गरेकी २० वर्षीय छोरा युवराज र १८ वर्षीया अर्की छोरी प्रमिलाको भविष्यले निकै सताउँछ सञ्चमायालाई । 
‘म त आर्थिक अवस्था कमजोर भएका कारणले उपचार नभएर मर्छु तर म मरे भने मेरो श्रीमान र छोरा‐छोरीको बिच्चली हुन्छ,’ भक्तपुर क्यान्सर अस्पतालको ३०२ नम्बर बेडमा उपचार गर्र्दै गरेकी सञ्चमायाले भनिन् । गरिवी र अशिक्षाका कारण ग्यास्ट्रिक भयो भनेर ग्यास्ट्रिकको औषधी र ब्रुफिन खाएपछि क्यान्सर रोगले ग्रसित सञ्चमायालाई पीडामाथि पीडा थपिएको छ । गएको वैशाख १२ गते र २९ गतेको भूकम्पका कारण सिन्धुपलाञ्चोक जिल्लामा मानविय र घर पूर्ण क्षति भएपछि झन् उनको मन भत्केको छ । आफ्नो घर र भत्केको जिल्लाको अवस्थाबारे उनले देख्न पाएकि छैनन् । बेला‐बेला आएको पराकम्पनका कारण काठमाण्डौमा बस्दै आएकी छोरी र त्रिपालमा एक्लै बसेका श्रीमान नक्कलबहादुर लामाको चिन्ता छ उनलाई । विरामी आमाको स्याहार सुसार छोरा युवराजले गरिरहेछन् । खेतवारी बेचेर आमाको उपचारमा दिनरात खटिरहेका उनी उपचारलाई कसरी पैसा जुटाउने होला भन्छन् । ‘आमाको मात्र उपचार भयो भने सडकमै विस्थाीपत भएर बसौँला तर पैसा खोज्दा खोज्दै हैरान भइसके,’ युवराजले भने । ६ महिना बितिसक्यो, ६ लाख खर्च भैसक्यो तर अझै थप ६ महिना अस्पतालमा राख्नुपर्ने सल्लाह दिन्छन् चिकित्सकहरु । खेतबारी सक्दा पनि निको नभएकाले यो परिवार थप तनाबमा छ । श्रीमतीलाई क्यान्सर भएर पीडामा परेका नक्कलबहादुरलाई भूकम्पले झन झड्का दिइरहेको छ । बिहान बेलुकाको छाक टार्न समेत धौ–धौँ उनलाई भोक न निन्द्रा भएको छ । 



आर्थिक अवस्था कमजोर भएका कारणले अहिले उनले टहरा समेत बनाउन सकेका छैनन् । यसैबीच अस्पतालमा छटपट्याई रहेकी क्यान्सरपीडित सञ्चमायालाई प्रवासी तामाङ एकता समाज मलेसिया केन्द्रबाट संकलित २१ हजार रकम उक्त समाजका निवर्तमान अध्यक्ष अमर लामा, तामाङ एकता प्रवासी महासंघ नेपालका अध्यक्ष फूर्पा ग्याल्पो लामा र केन्द्रिय सदस्य धनबहादुर ग्लानले हस्तान्तरण गर्दा गलिएको शरीर र न्याउरो अनुहारमा उनले लामो सास फेरिन् । उनले उनीहरुलाई आग्रह गरिन्, ‘मेरो ज्यान बचाउनुस् र बाँच्न चाहान्छु ।’

Sunday, June 21, 2015

पानी परेपछि निदाउँदैनन् भूकम्पपीडित


पाङताङ (सिन्धुपाल्चोक) कात्तिकेका धनबहादुर श्रेष्ठलाई राति पानी पर्न थालेपछि निद्रा लाग्दैन। 
 
ब्रह्मायणीमा बाढी आउँदा कात्तिके बजार थर्किएर हुने तनाव उनका लागि नयाँ होइन। तर वैशाख १२ गतेको भूकम्पले कात्तिके बजार क्षेत्रमा धाँजा मात्रै फाटेको छैन, ब्रह्मायणीमा पहिरो पनि खसिरहेको छ।
 
'बजारको तलतिर पहिरो र माथितिर धाँजा फाटेको छ। पानी पर्न थालेपछि निद्रा लाग्दैन, रातभरि जागै बस्नुपर्छ', श्रेष्ठ भन्छन्। 
 
कात्तिके बजारमा २० वर्षअघि पाँच घर मात्रै थिए, अहिले कात्तिकेमा सय घर छन्। ०३९ साउन १७ गते ब्रह्मायणी र सुब्लिङ खोलालाई पहिरोले पुरेपछि गोल्चे फलामसाँघुमा रहेको बजार बगाउँदा ९७ जनाले ज्यान गुमाएका थिए अन्नपुर्णपोष्टमा खबर छ । 
 
'त्यतिबेला त्यहाँ बगाएका मानिस पनि निकाल्न सकिएन', स्थानीय अगुवा रामबहादुर गुभाजु सम्झन्छन्। त्यसअघि पाङताङ, गोल्चे र गुम्बा गाविसको बजार त्यही गोल्चे फलामसाँघुमा थियो। 

फाइल फोटो

 
गोल्चे फलामसाँघुमा प्रहरी चौकी, हुलाकसहितका सरकारी कार्यालय र व्यक्ति गत घरहरू बगाएपछि करिब पाँच सय मिटरमाथि कात्तिकेमा बस्ती बस्न थालेको हो।
 
०४१ देखि कात्तिकेमा घरहरू बन्न थालेका हुन्। 'म ०५१ मा यो बजारमा आउँदा पाँचवटा मात्रै घर थिए', भूकम्पपछि पनि कपडा पसल सञ्चालन गर्दै आएका रामबहादुर गुभाजुले भने। 
 
अहिले त्यहि कात्तिके बजार पनि पहिरोको जोखिममा परेको छ। कात्तिकेमा भूकम्पले घरहरू ढलाएको मात्रै छैन, तीनजनालाई सधैंका लागि बिदा गरेको छ। पाङताङ गाविसको वडा नम्बर १ मा पर्ने कात्तिके तीनवटा गाविसको केन्द्र हो। 
 
स्थानीय रामहादुर गुभाजूका अनुसार भूकम्पको कम्पनले पाङताङ गाविसमा ३१ जनाले ज्यान गुमाएका छन्। सो क्षेत्रको अवलोकन गरेका सभासद अग्नि सापकोटाका अनुसार कात्तिके बजारलाई स्थानान्तरण गर्नुपर्ने अवस्था छ। 
 
सापकोटा भूकम्प गएको एक साताभित्रै कात्तिके बजार पुगेका थिए। रामबहादुर गुभाजू भने सकेसम्म कात्तिकेबाट स्थानान्तरण हुने पक्षमा छैनन्। '०४५ मा मैले मधेसमा साढे दुई बिघा जग्गा किनेर पनि त्यत्तिकै छोडेर हिँडेको हुँ। 
 
म अहिले पनि कात्तिके छोड्नु हुन्न भन्ने अडानमा छु। मेरै अडानका कारण अरू पनि बसिरहेका छन्', रामबहादुर भन्छन्। 
 
उनको परिवारको सदस्य संख्या १२ जनाको छ। कात्तिके बजारदेखि माथितिर सडक पुगेको छैन। जलविद्युत् परियोजनाले केही वर्षअघि कात्तिकेसम्म सडक खनेको हो। कात्तिकेबाट दुई दिन हिँडेपछि बल्ल गुम्बा गाविसको तेम्बाथान पुगिन्छ। 
 
तेम्बाथान मानव बस्ती रहेको अन्तिम गाउँ हो। भूकम्प आएयता तेम्बाथानका शेर्पाहरू कात्तिके बजारमा देखिएका छैनन्। 'त्योभन्दा पहिला तेम्बाथानका मानिसहरू सामान किन्न यहीं आउँथे, अहिले देखिएका छैनन्', रामबहादुर भन्छन्। 
 
गुम्बा गाविसका सामाजिक परिचालक प्रेम तामाङका अनुसार तेम्बाथानका एक सय ६, बोल्देका दुई सय २४, तापगाउँका ३३ र गोन्डेगाउँका ३४ घरधुरी स्थानान्तरण गर्नुपर्नेछ।
 
परकम्पले गुम्बा गाविसमा ३५ जनाले ज्यान गुमाएका छन् भने एक सय ५० जना घाइते भएका छन्। गुम्बा गाविसमा मात्रै करिब दुई सय खसीबोका र भेडा-च्याङग्रा, ३५ वटा चौरी र ५० वटा गाईभैंसी मारिएका छन्।
 
तामाङका अनुसार तेम्बाथानबाट कात्तिके झर्ने नेसङखोलाको झोलुंगे पुल पहिरोले चुडालिदिएकाले त्यस क्षेत्रका मानिस कात्तिके आउन नसकेका हुन्। 'तेम्बाथान सम्पर्क-विच्छेद छ। तिब्बत जान पनि हिमालले छेक्छ।
 
तेम्बाथानबाट चौतारा पुग्न पाँचपोखरी हुँदै पाँच दिन पैदल यात्रा गर्नुपर्छ', तामाङ भन्छन्, 'गुम्बाका मानिसहरू आफ्नो बस्ती छोडेर अन्यत्र बसेका छन्। गाउँको तलमाथि नै धाँजा फाटेको छ।'
 
गुम्बाको तेम्बाथानमा राहत पुर्‍याउन हेलिकोप्टरबाहेक अरू माध्यम छैन। हेलिकोप्टरले पु:याएको राहतका आधारमा त्यहाँका बाँकी मानिस त्रासदीपूर्ण जीवन बिताइरहेका छन्। पाँच हजार ७० जनासंख्या रहेको गुम्बा भौगोलिक रूपमा सिन्धुपाल्चोकको सबैभन्दा ठूलो गाविस पनि हो।
 
गुम्बा गाविसको वडा नम्बर ६ बोल्देका हिराबहादुर तामाङका अनुसार कुनै ठाउँमा पानीका मुहान सुकेका छन् भने कुनै ठाउँमा पानीको नयाँ मुहान देखिएको छ। 
 
'तलतिर पानी बढेको छ भने माथितिर पानी सुकेको छ', हिराबहादुर तामाङले भने 'त्रिपाल हावाले उडाइहाल्यो, वर्षा लागिसक्यो, अब कसरी बस्ने होला?', गुम्बाको जस्तै पाङताङ र गोल्चेमा पनि माथितिर पानीका मुहान सुकेका छन् भने तलतिर पानी बढेको छ। 

गोल्चे गाविस वडा नम्बर ७ खुन्द्रुकाका रोशन भुजेलका अनुसार १४ घर रहेको उनको गाउँको बस्ती जोखिममा परेको छ। 'तलमाथि दुवैतिर धाँजा फाटेको छ। खानेपानीको टयांकी फुटेको छ। झोलुंगे पुल भाँचिएको छ', भुजेल भन्छन्।

गोल्चेको वडा नम्बर ३ सन्चगाउँका लकबहादुर गोलेका अनुसार गाउँमा गाउँलेहरू कोही छैनन्, माथितिर पाखोबारीमा बसेका छन्। सन्चगाउँका एक सय ३५ घरधुरीलाई हेलिकोप्टरबाट राहत पु:याइएको छ। 'राति, दिउँसो जतिबेला पनि पहिरो जान्छ।
 
 सन्चगाउँबाट लिदी र निम्लुङ जाने बाटो छैन', गोले भन्छन्, 'भूकम्पको कम्पनले बाटो भत्किएपछि लिदी जान आउन डोरीमा झुन्डिनुबाहेक अर्को बाटो छैन।'
 
 कात्तिकेबाट पाँच घन्टा उकालो चढेपछि लिदी पुगिन्छ। 'तीनवटै गाविसमा बस्नलायक ठाउँ छैनन्। राति पहिरोको आवाज आउन थालेपछि निद्रा लाग्दैन। 
 
पहिरो गइहालेमा पनि भाग्ने ठाउँ छैन', कात्तिके वडा नम्बर १ का संयोजक कुलबहादुर गुभाजू भन्छन्। 
 
वैशाख १२ गते भूकम्प आएपछि सानी नातिनी च्यापेर उभिएको बारीको धाँजा देखाउँदै उनी भन्छन्, 'यसरी धाँजा फाटेको छ, तलतिरबाट खोलाले तानिरहेको छ। हामी कहाँ गएर कसरी बाँच्ने?'
 
गुम्बा, गोल्चे, पाङताङ मात्रै होइन, सिन्धुपाल्चोकको २ नम्बर क्षेत्रका स्याउले, हगाम, सिम्पाल काभ्रे, बराम्ची, जलबिरे, सेलाङ, बतासे, फुल्पिङकोट, कदमबासका विभिन्न बस्ती जोखिममा छन्। 
 
त्यस्तै सिन्धुपाल्चोक ३ नम्बर क्षेत्रका भोताङ, बरु वा, हैबुङ, इचोक, महाकाल, दुवाचौर, बाँसखर्च, किउल, बाँसबारी, हेलम्बू, थाङपालकोट, सिन्धुकोट, थाङपालधाप, थकनी, गुन्सा, तालामाराङ, भोटेनाम्लाङ, शिखरपुर र ज्यामिरे गाविसका विभिन्न बस्ती जोखिममा छन्। 
 
यसैगरी सिन्धुपाल्चोकको १ नम्बर क्षेत्रका तातोपानी, फुलपिङकट्टी, लिस्तीकोट, मार्मिङ, घुम्थाङ, गाती, मानेश्वारा, बाह्रबिसे, राम्चे, मांखा, फुल्पिङडाँडा, चोकटी, जेठल, पिस्कर, धुस्कुन, कर्थली, घोर्थली, ठूलोधादिङ, अत्तरपुर, सुनखानी, ठोकर्पा, पांग्रेटार, यमुनाडाँडा, कालिका, पेडकु, लिसंखु गाविसका विभिन्न बस्ती जोखिममा परेका छन्।
 
सिन्धुपाल्चोकका ६८ गाविस र दुई नगरपालिकामध्ये ५८ गाविसका आठ हजार ६५ घरधुरीका ३४ हजार दुई सय ६५ जनालाई स्थानान्तरण गर्नुपर्ने ठहर सभासद्सहित स्थानीय प्रशासनले गरेको छ। 
 
आफ्नो घर छोडेर हिँडेका मानिसहरू कतिपय गाउँनजिकै सुरक्षित मानिएका ठाउँमा छन् भने कतिपय काठमाडौं र भक्त पुरका विभिन्न स्थानमा छन। 
 
सिन्धुपाल्चोक मात्रै होइन, नेपालका १७ जिल्लाका विभिन्न गाउँका बस्तीलाई परकम्पले स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुर्‍याइदिएको गृह मन्त्रालयको प्रारम्भिक अनुमान छ। 
 
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार अत्यधिक प्रभावित १७ जिल्लामा तीन-तीन जनाको दरले परिचालित भएका भूगर्भविद्को टोलीले प्रतिवेदन ल्याएपछि स्थानान्तरण गर्नुपर्ने जनसंख्या र गाउँको यकिन विवरण थाहा हुनेछ।
 
 'त्यो रिपोर्ट नआई कति गाउँका कतिजनालाई स्थानान्तरण गर्नुपर्ने हो भन्न सकिँदैन', गृहप्रवक्ता ढकालले भने। मनसुन सुरु भइसकेपछि भूकम्पले जोखिममा पुर्‍याएका गाउँबस्तीमा मानसिक तनाव बढाउँदै लगेको छ। 
 
सदरमुकाम चौतारामा भूकम्पले मानसिक रोगी जन्माएको छ। चौताराका एकजना युवा प्रत्येक १० मिनेटमा 'आयो आयो आयो 'भनेर दौडन्छिन्।
 
 'बाहिर निस्कन्छन्, केही आएको हुँदैन अनि फेरि आफैं ओछ्यानमा सुत्छन्', स्थानीय शिक्षक दीपक राईले भने। भूकम्पले पु:याएको आर्थिक, भौतिक, सामाजिक, नैतिक र मानसिक क्षतिका बारेमा जति चासो हुनुपर्ने हो, त्यति भएजस्तो देखिएको छैन।
 
बास भत्किएको छ ,गाँस पुरिएको छ, आफन्त गुमेका छन्, आकाश ढाक्ने ओत छैन, पिउने पानीका मुहान सुकेका छन्, सरकारको उपस्थिति शून्य छ। 
 
भूकम्पले भत्काएका भौतिक संरचनाले किचेर भएको मानवीय क्षतिको परिपूर्ति हुन नसकेपछि अन्य क्षतिको परिपूर्ति गराउन चाहिने गतिलो योजना अहिलेसम्म सरकारले बनाउन सकेको छैन।
 
दाताहरूलाई भूकम्पप्रभावित क्षेत्रको स्थलगत भ्रमण गराएर सम्मेलन गर्ने योजनामा रहेको सरकारले पनि ग्रामिण क्षेत्रको वास्तविक अवस्था खिच्न सकेको छैन। 
 
विपत्तिको घडीमा गाउँ-सहर सबैतिरबाट हातमा हात र काँधमा काँध मिलाएर सबैजना एक ढिक्का भएर अघि बढ्दा मात्रै विपत्तिको सामना गर्न सकिन्छ। यही नै आजको आवश्यकता हो। 

तनावले रोग बढाउँछ, होसियार !

आफूले आँटेको केही काम पूरा नहुँदा वा सोचेको कुरा नपुग्दा मानिसलाई तनाव हुने गर्छ । आफुले केही राम्रो गर्न खोज्दा खोज्दै पनि त्यो नहुँदा तनाव हुनु स्वभाविक हो तर धेरै तनाव लिएपछि विभिन्न प्रकारका रोग लाग्ने देखिएको छ ।

बढी तनाव लिँदा अल्सर जस्ता रोग लाग्न सक्ने भएकाले सचेत हुन विज्ञले सुझाएका हुन् । मनोविमर्शकर्ता दृष्टि गुरुङका अनुसार मन र शरीरबीच सम्बन्ध हुने भएकाले बढी तनाव हुँदा एसिडिटी, उच्च रक्तपात लगायतका समस्या उत्पन्न हुन्छ र यसले अल्सर र मुटुको रोग पनि लाग्न सक्छ । त्यसैले आफ्नो दैनिकीमा हानी गर्ने गरी तनाव बढ्नु अघि नै यसको उपचार खोज्नु आवश्यक छ ।
तनाव बढेको कसरी थाहा पाउने ?

निद्रा नलाग्ने, खाना नरुच्ने, शरीरको विभिन्न भाग दुख्ने, जोर्नी दुख्ने, वाकवाक लाग्ने, मुटु ढुकढुक हुने, एक्लै भएको मशसुश हुने, धेरै रिस उठ्ने, चिटचिटापन बढ्ने, सुत्न नसक्ने र खान समस्या हुनु तनावका लक्षण हुन् ।

जीवनमा हुने उतारचढावका कारण पनि धेरैले तनाव लिने गरेका छन् । तनाव धेरै हुँदा व्यक्तिमा विभिन्न प्रकारका परिवर्तन आउँछ । चाहेर होस् वा नचाहेर उसको व्यवहार, सोचाई र शारीरिक रुपमा परिवर्तन हुन्छ ।
व्यवहारिक परिवर्तन

काम गर्न मन नलाग्ने, मन लागेपनि ध्यान दिन गाह्रो हुने, जीवनप्रति हरेस खाने, मादक पदार्थ धेरै खान थाल्ने । सबैभन्दा पहिले त समस्याको समाधान खोज्नु नै उपयुक्त हुन्छ । तर समयमा उपाय ननिस्किए तनाव बढ्नु स्वभाविक हो । यहि तनाव बढ्दा एसिडिटी, उच्च रक्तपात, अल्सरसँगै मुटु सम्बन्धी समस्या सुरु हुने भएकाले सचेत हुनु आवश्यक छ । तनावबाट मुक्त हुन के गर्न सकिन्छ त ?

तनाव कम गर्ने उपाय पनि व्यक्तिको इच्छा र व्यवहारमा भर पर्छ । उसको रुची अनुसारका काम गर्दा पनि तनाव कम हुन्छ । त्यसैले आफुलाई खुसी मिल्ने कामको पहिचान गर्ने । तनाव कम गराउन यसले मद्दत गर्छ । मनको भार, दुःख, पीडा बिर्साउन सहयोग हुने काम गर्दा पनि तनाव कम हुन्छ ।
योसँगै अरु के गर्ने त ?
सकेसम्म पहिले कै दैनिकीमा फर्कने ।
समस्याबाट भाग्ने भन्दा पनि जुध्न सिक्नुपर्छ ।
आफ्नो मनमिल्ने व्यक्तिसँग कुरा साट्ने ।
आफुलाई सन्तुष्टि मिल्ने काम गर्ने ।
घुम्न जाने, रमाइलो गर्ने, पहिलेका कुरा सम्झने, साथीभाई भेट्ने, गीत सुन्ने, चित्र बनाउने, अरुलाई सहयोग गर्ने, जुन काम गर्दा तपाईंलाई आत्मसन्तुष्टि मिल्छ त्यहि काम गर्ने ।

ध्यान, योग वा आफुलाई मनपर्ने कुनै काम गर्दा अथवा आप्mनो समस्या अरुसँग साट्दा पनि तनाव कम हुने मनाविमर्शकर्ता गुरुङको भनाई छ । दैनिकीमा परिवर्तन आउने गरी एक महिना भन्दा धेरै समय तनाव बढे मनोचिकित्सक वा मनोविमर्शकर्ताकोमा सल्लाहको लागि जानुपर्छ ।

। उज्यालोअनलाइन

भुकम्पपछि सिन्धुपाल्चोकका ३४ हजार स्थानीय उच्च जोखिममा

सिन्धुपाल्चोक 
भूकम्पको विपत्तिले सिन्धुपाल्चोकमा ३४ हजारजनालाई जोखिममा पारेको छ। भूकम्पले चर्काएको जमिनमा पहिरो जाने खतराले ६८ गाविस र दुई नगरपालिकामध्ये ५८ गाविसका बस्ती जोखिममा परेका हुन्।
 
भूकम्प प्रभावित संसदीय क्षेत्रमा राहत पुनस्र्थापनामा सघाउन, अनुगमन गर्न र सरकारलाई सुझाव दिन तयार गरिएको प्रतिवेदनमा आठ हजार ६५ घरधुरीका ३४ हजार दुई सय ६५ जना जोखिममा रहेको उल्लेख छ। 



 
गाविसस्तरीय सर्वदलीय संयन्त्र, गाउँमा खटिएका सुरक्षाकर्मी, गाविससचिव, सभासद्सहित विज्ञको टोलीको स्थलगत भ्रमण र स्थानीय बासिन्दाको रायसुझावका आधारमा जोखिममा रहेका बस्ती पहिचान गरिएको हो।
 
सभासद् अग्नि सापकोटा, मोहनबहादुर बस्नेत, शेरबहादुर तामाङ, अमृतकुमार बोहोरा, ल्हाक्र्याल लामा, रमेशकुमार लामा, प्रमुख जिल्ला अधिकारी बलभद्र गिरी, स्थानीय विकास अधिकारी महेश बरालसहित विज्ञ र अन्य सरोकारवालाले जोखिममा रहेका बस्ती पहिचान गरी प्रतिवेदन तयार पारेका हुन्।
 
प्रतिवेदनमा जोखिममा रहेका मानिसलाई स्थानान्तरण गर्न सम्बन्धित गाविस वा नजिकको गाविसमा सिफारिस गरिएको छ। 
 
त्यस्तै चार महिनालाई पुग्ने खाद्यान्न सम्बन्धित निर्वाचन क्षेत्रमा भण्डारण गर्न पनि सरकारलाई सुझाव दिइएको खबर अन्नपुर्णपोष्टले छापेको छ । 
 
सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ का २५ मध्ये १२ गाविसका ४२ वटा बस्तीका एक हजार आठ सय ४६ घरधुरीका चार हजार दुई सय १० जनालाई स्थानान्तरण गर्न सिफारिस गरिएको छ। 

त्यसैगरी क्षेत्र नम्बर १ का पाँच हजार दुई सय ११ घरधुरीका २५ हजार १५ जना र क्षेत्र नम्बर ३ का २० गाविसका एक हजार आठ घरधुरीका पाँच हजार ४० जनालाई स्थानान्तरण गर्न सुझाव दिइएको छ। 
 
फुलपिङकट्टी गाविसका नौवटै वडाका तीन हजार नौ सयजनालाई स्थानान्तरण गर्न सुझाइएको छ।
 
'वर्षात्को पानी चिरा परेका ठाउँबाट भित्र पसेपछि जान सक्ने पहिरोलाई ख्याल गर्दै हामीले स्थानान्तरण गर्न सिफारिस गरेका हौं', आफ्नो निर्वाचन क्षेत्रका २५ वटै गाविसको स्थलगत भ्रमण गरेका सभासद् सापकोटाले भने। 

Saturday, June 20, 2015

गलत विवरण टिपाएर राहत लिने कर्मचारी खोरमा



असार ५ मेलम्ची । 
गलत विवरण दिएर राहत रकम लिएको आरोपमा सिन्धुपाल्चोकको स्याउले गाबिसका कार्यलय सहायक राज बहादुर श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले गलत विवरण दिएर छोराको नाममा परिचय पत्र लिएको प्रशासनले जनाएको समाचार रेडियो मेलम्चीले प्रकाशन गरेको छ । गलत बिबरण दिएर भुकम्प पिडीत परिचय पत्र तथा अस्थायी बासस्थानका लागी १५ हजार रुपैया रकम लिनेको सिन्धुपाल्चोकमा लर्को लाग्न थालेपछि प्रशासनले कारबाही थालिएको हो ।



जिल्ला दैबी प्रकोप उद्धार समिति सिन्धुपाल्चोकद्धारा गठित अनुगमन तथा स्थानीयले दिएको जानकारीका आधारमा प्रशासनले कारबाही प्रकृया सुरु गरेको हो । सिन्धुपाल्चोकका बिभिन्न गाबिस तथा नगरपालिकाका वडाहरुमा समेत अनुगमन समितिले अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा गलत बिबरण दिएर परिचय पत्र लिने र १५ हजार रुपैँया राहत लिनेलाई ठगी मुद्धा चलाउने प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले जानकारी दिए । सरकारले अन्यत्र घर भएका वा आँशिक क्षती भएकालाई क वर्गको परिचय पत्र दिने ब्यबस्था गरेको छ । सिन्धुपाल्चोकमा राजनीतिक दलका प्रतिनीधि, वडा नागरिक मञ्च र गाउँका अगुवाहरुलेनै भिन्न नभएकाहरुलाई भिन्नै बसेको भनि सिफारिस गर्ने र परिचय पत्र दिन दबाब दिने गरेपछि अनुगमन गर्न थालिएको हो । गलत ब्यक्तिलाई परिचय पत्र दिन सिफारिस गर्ने र परिचय पत्र लिने दुबैलाई कारबाही गरिने जिल्ला दैबि प्रकोप उद्धार समिती सिन्धुपाल्चोकले जनाएको छ । 

दृष्टिविहिन निरबहादुरले ल्याए ८३ प्रतिशत, सुमित्राले ल्याइन ७९ प्रतिशत

असार ५ चौतारा । 
सिन्धुपाल्चोकका एक दृष्टि बिहिन छात्रले बिशिष्ट श्रेणीमा प्रवेशिका परिक्षा उत्तिर्ण गरेका छन् ।जिल्लाको लिसंखु ५ निबासी निर बहादुर श्रेष्ठले ८३ प्रतिशत अंक सहित बिशिष्ट श्रेणिमा एसएलसी उत्तीर्ण गरेका हुन् ।  अशक्तहरूका लागि सञ्चालीत बिशेष शिक्षा कार्यक्रम अन्तर्गत बनदेबी माबि चौताराबाट श्रेष्ठले बिशिष्ट श्रेणीमा उत्तीर्ण गरेको खबर रेडियो मेलम्चीको अनलाइनमा प्रकाशित भएको छ ।  साधारण परिक्षार्थीहरुसंगै परिक्षामा सहभागी श्रेष्ठको उच्च शिक्षा अध्ययनमा विज्ञान विषय छनोट गर्ने विचार भएपनि विज्ञान बिषय त्यति सहज भने नभएको सिन्धुपाल्चोक नेत्रहिन संघका अध्यक्ष सोमकुमार दुलालले जानकारी दिए। श्रेष्ठको पारिबारिक अबस्था पनि अत्यन्त नाजुक रहेको बताउँदै दुलालले उनको अस्थायी आबास निर्माणका लागी संघले फलामे छड, जस्तापाता, निर्माण सामाग्री  बितरण गरेको छ । यस्तै कुबिण्डे निबासी अर्का दृष्टि बिहीन सुमित्रा ढ्ङगाना पनि ७९ प्रतिशत नम्बरका साथ उत्तिर्ण हुनुभएको छ ।









मामा नै दलाल भएपछि ..


असार ०५ , सिन्धुपाल्चोक इचोक गाविसका निमा तामाङ, सूर्यमान तामाङ र मङ्गले तामाङले आफ्ना छोरीहरु हराएको भन्दै खोजिदिन गत जेठ २४ गते माइती नेपालमा निवेदन दिएका थिए ।


घरबाट सहमतिमै दुबई जाने भनेर स्थानीय दलाल नातामा मामा पर्ने अशोक तामाङको साथ लगाएर उनीहरुले आफ्ना छोरीहरु कान्छीमाया तामाङ, आरती तामाङ, मायाँ तामाङ, सुष्मा तामाङ, सुनिता तामाङलगायत आठ जनालाई काठमाडौँ पठाएका थिए । 


काठमाडौँ आएलगत्तै सम्पर्कविहीन भएपछि अभिभावकले छोरी खोजिदिन निवेदन दिएर प्रहरीको सहायताले खोज्दै जाँदा दुबई लैजाने भन्दै झुक्याएर भारततर्फ लैजान लागेको अवस्थामा हेटौँडाबाट नेपाल प्रहरी, माइती नेपाल मानव बेचबिखनसम्बन्धी सञ्जालले नियन्त्रणमा लिएको माइती नेपालका निर्देशक विश्वराम खड्काले जानकारी दिए।

उनले हेटौँडा बसपार्कमा केही शङ्कास्पद युवती देखेर प्रहरी र आफूहरुले सोधखोज गर्नथालेपछि उनीहरुलाई त्यहाँसम्म पुर्‍याउने अशोक भने फरार भएको र युवतीलाई बिहीबार काठमाडौँ ल्याई आफूहरुको संरक्षणमा राखिएको जानकारी दिए।

विभिन्न प्रलोभनमा पारेर भूकम्प प्रभावित जिल्लाका युवतीलाई अहिले अवैधरुपमा भारत र तेस्रो मुलुक लैजान थालेपछि माइती नेपालले अहिले काठमाडौँबाट बाहिरिने नाका र भन्सार नाकामा आफ्नो गतिविधि बढाउँदै लगेको छ । यस क्रममा भूकम्पपछि मात्र अवैधरुपमा विदेश लैजान आगेको अवस्थामा अहिलेसम्म ३२२ जनाको उद्धार गरिसकेको जनाएको छ ।

युवतीका अनुसार उनीहरुलाई काठमाडौँबाट भैंसे मकवानपुर हुँदै हेटौँडा पुर्‍याइएको र त्यहाँबाट काँकडभिट्टा हुँदै भारतको बैङ्गलोर जाने र त्यहाँका १५÷२० दिन बसेपछि सम्पूर्ण प्रवेशाज्ञा प्रक्रिया पूरा गरी दुबई लैजाने भनिएको थियो । उनीहरुको सबैको राहदानी समेत अशोकले नै लिएर फरार भएका छन् ।

काठमाडौँ दक्षिणकाली हुँदै हेटौँडा लैजाँदा कसैले पनि शङ्का नगर्ने र पक्राउ नपर्ने भएकाले दलालले नयाँ बाटो प्रयोग गरेको प्रहरीको भनाइ छ । पछिल्लो समयम दक्षिणकाली हेटौँडा तथा विपी राजमार्गको बनेपा बर्दिवास हुँदै पनि युवतीको तस्करी बढेकाले उक्त ठाउँमा समेत नयाँ अस्थायी चेकपोस्ट खडा गरी जाँचमा कडाइ गरिएको प्रहरीको भनाइ छ ।

पीडित आरती तामाङले शुक्रबार माइती नेपालको कार्यालयमा सञ्चारकर्मीसँग भनिन्, “भूकम्पपछि नेपालबाट विदेश जान नमिल्ने भन्दै अशोकले सबै प्रक्रिया भारत गएर गर्नुपर्ने भएकाले भारत जानुपर्ने बताएको थियो ।”

उनले भनिन्, “मामाको विश्वासमा परी बुबाले हामीलाई पठाउनुभयो, तर, उहाँको नियत खराब रहेछ अहिले आएर थाहा भयो, अब यतै बस्ने सिकाइ सिक्ने अनि गाउँका अन्य दिदीबहिनीलाई पनि दलालको लहैलहैमा लागेर विदेश नजान सचेत गराउँछु ।”

किशोरीहरुको राहदानीसमेत तिनै दलाल अशोक तामाङले नै बनाइ दिएको पीडित युवतीले बताए ।

उनीहरु परिवारकै सहमतिमा जान लागेका भनिएपनि दलालमार्फत गैरकानुनी तरिकाले भारतको बैङलोर हुँदै दुबई लैजान खोजिएकाले उद्धार गरिएको माइती नेपालले जनाएको छ ।

माइती नेपालका निर्देशक खड्काले आफन्त पर्ने दलाल अशोकमार्फत आठजना विदेश जान लागेका र काभ्रे अनिकोटकी कान्छीमाया तामाङलाई भने दलालले घुम्न जाउँ भनेर फकाएको पाइएको बताइन्।

कान्छीमाया यसअघि पनि मलेसिया बसेर आएकाले घुम्न नभई उनीहरुलाई विदेश पठाउन सहयोगीको भूमिका खेलेको आशङ्का माइती नेपाल र प्रहरीले गरे पनि उक्त कार्यमा उनको संलग्नता भए नभएको यकिन भएको छैन । रासस

मर्माहत अाफन्त, शोकमा विद्यालय


सिन्धुपाल्चोक । कालीदेवी उच्च माध्यमिक विद्यालय गातीबाट यस वर्षको एसएलसी परीक्षामा सिम्बोल नम्बर ०२३३९२३ ‘ए’ भएका समीर श्रेष्ठ प्रथम श्रेणीमा उत्तीर्ण भए । उनी ६३ दशमलव ६ प्रतिशत ल्याएर उत्तीर्ण त भए तर विडम्बना समीरले आफू एसएलसीमा उत्तीर्ण भएको अब कहिल्यै थाहा पाउनेछैनन् । समीरले साथीहरूसँग भन्ने गर्थे, ‘परीक्षा राम्रो भएको छ, विशिष्ट श्रेणी आउँछ होला ।’ विशिष्ट श्रेणी त उनले ल्याउन सकेनन् तर प्रथम श्रेणीमा उत्तीर्ण भएको खुसी साट्न नपाउँदै समीरले संसार छाडे । १२ वैशाखमा गएको विनाशकारी भूकम्पमा परी उनले ज्यान गुमाए ।

गाती–९ का श्रेष्ठ विद्यालयका उत्कृष्ट छात्र रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुप्पा श्रेष्ठले जानकारी दिए । ‘एसएलसीमा विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएको खुसी छु । तर पनि एक होनाहार विद्यार्थी गुमाउनुपर्दा खुसीभन्दा बढी पीडा थपिएको छ,’ अध्यक्ष श्रेष्ठले भने ।कालीदेवीका मात्रै होइन, इन्द्रश्वरे उमाविबाट एसएलसीमा सहभागी दुवाचौर गाविसकी अञ्जना अधिकारीले पनि द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् ।

सिम्बोल नं। ०२३११७० ‘डी’ भएकी अधिकारी विद्यालयकी रामै्र छात्रा थिइन् । शुक्रबार एसएलसीको नतिजा आउँदा विद्यालयका शिक्षकहरूलाई अरूको भन्दा अञ्जनाको नै बढी चासो थियो । ‘उनको रिजल्ट के भयो होला भनेर रिजल्ट हेरियो, उनी पास भएकी रहिछन्, त्यसपछि त विद्यालयको वातावरण नै स्तब्ध भयो,’ विद्यालयका प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठले भने । विद्यालयबाट एसएलसीमा सहभागी ६२ परीक्षार्थीमध्ये ३३ जना उत्तीर्ण भएका छन् । राजधानी दैनिकमा समाचार छ ।

अञ्जनाजस्तै सोही विद्यालयकी पूर्णमाया दनुवारको पनि भूकम्पमा परी मृत्यु भएको छ । क्षेत्रपालेश्वरी माविकी रमिता श्रेष्ठ पनि शुक्रबार सार्वजनिक भएको एसएलसीमा उत्तीर्ण त भइन् तर उनले पनि आफू प्रथम श्रेणीमा उत्तीर्ण भएको खबर कहिल्यै पनि थाहा नपाउने गरी सधैका लागि छाडेर गइन् । एसएलसीको नतिजा सार्वजनिक भएपछि परीक्षामा उत्तीर्ण भए पनि भूकम्पमा परी मृत्यु भएपछि विद्यालय र आफन्तहरू मर्माहत भएका थिए ।

Thursday, June 18, 2015

नियमविपरित राहत कार्ड लिनेलाई ठगी मुद्दा

सिन्धुपाल्चोक । 
निर्देशिका विपरित भूकम्पपीडितका नाममा नक्कली कागजात बनाई राहत कार्ड लिनेलाई स्थानीय प्रहरी प्रशासनले ठगी मुद्दा चलाउने तयारी गरेको छ।
जिल्लामा नक्कली भूकम्पपीडितको विगविगी बढेपछि जिल्ला दैवी प्रकोप उद्धार समिति सिन्धुपाल्चोकले यस्तो निर्णय गरेको हो।


अस्थायी टहरा निर्माणका लागि जिल्लामा अहिले राहत स्वरुप १५ हजार रुपैयाँ वितरण भइरहेको छ। वितरणका क्रममा गाउँभरि नक्कली कागजात बनाई राहत लिनेको संख्या बढेको छ। त्यसलाई रोकथाम गर्नका लागि ठगी मुद्दा चलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले जानकारी दिए।
राहत वितरणमा बदमासी बढेपछि त्यसको अनुगमनका लागि एउटा समिति बनेको छ।  बैठकले नापी कार्यालयका प्रमुख शरद मैनालीको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो। गाउँमा गएर अनुगमन गरिने टोलीमा पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष युवराज पुरी, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य सोम सापकोटा, जिल्ला विकास समितिका शुसासन विज्ञ सुवास शिवाकोटी र जिल्ला हुलाक कार्यालयका प्रमुख पवन अर्याल छन्।
जिल्लैभर अहिले १५ हजार रुपैयाँ वितरणमा समस्या आइरहेको छ। एकआधघरमा पनि दुई वा सो भन्दा बढी राहत कार्ड बनेको उदाहरण छ। शक्तिशाली भूकम्प आउनुअघि आफ्ना परिवारबाट नछुट्टिएकाहरुले पनि अहिले भिन्दै बसेको लगत विवरण भरेको गाविससचिवहरू बताउँछन्। गाविसहरुमा अहिले ३० प्रतिशतभन्दा बढी घरधुरी बढेको छ। २०६८ को जनगणनाअनुसार साढे ६ सय घरधुरी रहेको जिल्लाको उत्तरी गाउँ सुनखानीमा अहिले झण्डै साढे आठसय पुगेको छ। त्यस्तै ठूलोसिरुवारी गाविसमा १ हजार ८ सय ४१ घरधुरी पुगेको छ। त्यहाँ १ हजार ३ सय ७६ मात्र घरधुरी थियो। भुकम्पपछि घर ढलेको वापत सरकारले दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेपछि एक्कासी घर संख्या बढेको हो।
वैशाख १२ मा गएको शक्तिशाली भूकम्पपछि सँगै बसेका श्रीमान्, श्रीमतिसमेत छुट्टिएका छन्। एउटा मात्र छोरा भएकाहरुले पनि छोरा र बाबुको नाममा छुट्टाछुट्टै राहत कार्ड बनाएका छन्। क्षतिको लगत संकलन तथा राहत कार्ड वितरणमा गएका अधिकारीहरुकै मिलेमतोमा यस्तो भएको स्थानीय बताउँछन्। लगत संकलन तथा कार्ड वितरण गर्न राजनीति संयन्त्र,  शिक्षकहरुलाई परिचालन गरिएको छ।
हरेक गाउँमा समस्या रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिका सदस्यसचिव एवम् स्थानीय विकास अधिकारी महेश बरालले जानकारी दिए। ‘गल्ती गरेको पाइएमा कारवाही हुनेछ,’ बरालले भने, ‘यस्तै अवस्था हो भने जिल्लामा १ लाख घरधुरी हुनसक्छ।’ २०६८ को जनगणनाअनुसार जिल्लामा ६६ हजार ६ सय ३५ घरधुरी थियो।
सेतोपाटीबाट

झापाबाट बाँस बोकेर मेलम्ची पुगे विद्यार्थीहरू

असार २ । 

सिन्धुपाल्चोकको मेलम्चीस्थित तेर्से उच्च माध्यमिक विद्यालयको भवन भूकम्पले भत्किएपछि झापाका विद्यार्थीले पठनपाठनका लागि अस्थायी कक्षाकोठा बनाउने भएका छन् ।
 
अस्थायी कक्षाकोठा निर्माणका लागि एमालेनिकट अनेरास्ववियुको टोली एक हजार एक घना बाँस लिएर बिहीबार सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेका छन् ।
 




अनेरास्ववियुका केन्द्रीय प्रचार विभाग प्रमुख अशेष घिमिरेको नेतृत्वमा सिन्धुपाल्चोक गएको टोलीले विद्यालयका लागि २२ कोठाको अस्थायी भवन निर्माण गर्ने जनाएको छ ।
 
सिन्धुपाल्चोक लैजानका लागि झापाको मेचीनगर, बाहुनडाँगी र शान्तिनगरक्षेत्रबाट स्थानीय विद्यार्थीले बाँस सङ्कलन गरेका थिए । बाँसलाई ट्रकमा हालेर लगिएको छ । विद्यार्थी टोलीले बाँसको घर बनाउन सिपालु चारजना दक्ष कामदारसमेत आफूसँगै लगेको छ । रासस  

Wednesday, June 17, 2015

अारू बखडा मन पर्छ ? जान्नुहोस् यसका गुण र अवगुण


स्वादिलो र रसिलो हुने भएकाले धेरैले आरुवखडा रुचाउँछन्। तर यसको फाइदा र बेफाइदाका बारे धेरैलाई थाहा नहुन पनि सक्छ।  आरुवखडाका फाइदाहरु निम्न छन्ः
१. पाचन प्रणालीमा मद्धतः 
आरुवखडामा पर्याप्त फाइबर र सोर्विटोल तथा इसाटिन भन्ने तत्वहरु हुनाले यसले प्राकृतिकरुपमै हाम्रो पाचन प्रणाली राम्रो राख्न मद्धत पुर्‍याउँछ। यसले कब्जियत र अपच हुने जस्ता समस्याहरु रोक्छ। 
 
२.मुटुको सुरक्षा गर्नमा सहयोगीः 
एउटा मध्यम आकारको आरुवखडामा ११३ मिलिग्राम पोटासियम रहेको हुन्छ जसले हाम्रो रक्तचापलाई सन्तुलनमा  राख्छ र हृदयघात हुने सम्भावनालाई पनि कम गर्छ।
 
३. क्यान्सर र कोष बिग्रिने सम्भावना कम गर्छः
रातो–निलो देखिने आरुवखडामा एन्थोसायनिन नामको तत्व पाइन्छ जसले क्यान्सरको कारण मानिने हानीकारक फ्रि  र्‍याडिकल्सहरुको सफाई गर्छ। 
 
४. मधुमेह कम गर्नमा सहयोगीः
आरुवखडामा ग्लुकोजको मात्रा कम हुने भएकाले मधुमेह नियन्त्रण गर्न पनि मद्धत पुर्‍याउँछ। क्यानेडाका डाइटिसियनहरुका अनुसार यसले दोस्रो प्रकारको मधुमेहको सम्भावना पनि कम गर्छ। 
 
५. स्तन क्यान्सरका कोषहरु नष्ट गर्छः
आरुवखडाले स्वस्थ्य कोषहरुमा हानी नपुर्‍याई स्तन क्यान्सरका कोषहरु नष्ट गर्नमा पनि मद्धत गर्ने बताइएको छ। 
 
६. स्मरण शक्तिमा वृद्धिः 
आरुवखडामा धेरै मात्रामा एन्टिअक्सिडेन्ट हुने भएकाले यसले अल्जाइमर (विर्सने रोग)को सम्भावना कम गर्छ। हावर्ड हेल्थ रिसर्च विश्वविद्यालयका अनुसार आरुवखडामा हुने एन्थोसायनिन र क्वेरसेटिनले मस्तिष्कका कोषहरु बिग्रिनबाट पनि जोगाउँछ। 
 
यी बाहेक पनि आरुवखडाका धेरै फाइदाहरु रहेका छन्। आरुवखडामा पर्याप्त मात्रामा भिटामिन सी रहेको हुन्छ जसले हाम्रो प्रतिरोधात्मक क्षमताको विकास गर्छ। 



 
कम क्यालोरी हुनाले यसले मोटोपना घटाउन पनि मद्धत गर्छ। त्यस्तै छालाको लागि यो फाइदाकारी हुनुका साथै रगत जम्ने, तनाव हुने, कोलस्ट्रोलको बढ्ने जस्ता समस्याका लागि पनि यो लाभदायक मानिन्छ।
 
आरुवखडामा यसमा भिटामिन सी, ए, के,  बी ६, का साथै पोटासियम, बेटा–कारोटिन, खनिज आदि तत्वहरु पाइन्छन् जो हाम्रो स्वास्थ्यका लागि अपरिहार्य छन् । 
 
आरुवखडका धेरै फाइदा भएपनि यो खाँदा केही कुरामा भने ध्यान दिनुपर्छ। 
 
–काँचो भन्दा राम्ररी पाकेको  आरुवखडा पखालेर मात्र खाने। जस्तो पायो त्यस्तै आरुवखडा खानाले मासी पर्ने, झाडापखाला लाग्ने आदी समस्या हुनसक्छ। 
 
–यसमा अक्सालेट्स भन्ने तत्व हुने भएकाले पत्थरी र मृगौला तथा पिसाब सम्बन्धी समस्या भएकाले नखाँदा राम्रो हुन्छ। आरुवखडा खाएपछि उपयूक्त मात्रामा पानी पिउनुपर्छ। 
। सेतोपाटीबाट

Tuesday, June 16, 2015

मलमास महिना प्रारम्भ, याे महिनामा के के गर्ने क ेक नगर्न? े

असार २ । धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास मंगलबार राति ११:२३ बजेदेखि सुरु भएकाे छ। मलमासभर शुभकार्य गर्न नहुने धार्मिक मान्यता पनि छ । अधिकमास यही असार ३१ गते बिहीबार बिहान ६:२२ बजेसम्म कायम रहने छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार सौर्यमान र चन्द्रमानबीच हुने अन्तरका कारण प्रत्येक ३२ महिना १६ दिन ४ घडी पछि मलमास पर्छ । सौर्यमानअन्तर्गत ३ सय ६५ दिनको एक वर्ष र चन्द्रमानअन्तर्गत ३ सय ५४ दिनको एक वर्ष हुने भएकाले प्रत्येक १२ महिनामा ११ दिनको अन्तर पर्ने उनले बताए ।यसरी ३२ महिना १६ दिन ४ घडीपछि थपिने एक महिना अधिकमास अर्थात् मलमासका रुपमा रहने र किंवदन्तीअनुसारअन्य समयमा १२ महिनाको अधिपति अरुण, सूर्य, भानु नाममा सूर्य रहने तर अधिकमासको अधिपत्य सूर्यले स्वीकार नगरेका र यस्को अधिपत्य स्वयम् भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ । मलमासमा भगवान् नारायणको पूजा, पुरुषोत्तम महात्म्य सुन्ने र दान गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थहरूमाउल्लेख छ ।'मलमासमा शुभकार्य गर्नुहुँदैन र यो कालमा साइत पनि हुँदैनन् । त्यसैले महिनाभर विवाह, व्रतबन्धजस्ता शुभकार्य गरिँदैन । दैनिक रूपमा गरिने स्नान, ध्यान, सन्ध्या, काज किरिया गर्न छेकथुन हुँदैन,' अध्यक्ष गौतमले भने ।विवाह पछिको पहिलो वा विवाह गरेको वर्षमा पर्ने मलमासमा पतिको घरमा श्रीमती बसेमा सासूलाई कष्ट हुने, पतिपत्नीको संसर्गबाट गर्भधारण भई जन्मने शिशु रोगी हुने, पतिलाई कष्ट हुने धर्मग्रन्थमा उल्लेख गरिएकाले नवविवाहिताले मलमास बार्नुपर्ने मान्यता रहेको उनले बताए ।यसैबीच, पुरुषोत्तम महिनाको अवसर पारी कृष्ण सञ्जीवनी तुलसी सेवा समिति, राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति, सनातन धर्म सेवा समिति, नेपाल तथा आर्य समाजको संयुक्त आयोजनामा भूकम्पमा ज्यान गुमाएकाको मुक्तिको कामना गर्दै पुरुषोत्तम अनुष्ठान हुने भएको छ ।

पराकम्पन आउने क्रम रोकिएन, मंगलबार विहानै तीनवटा धक्का

आषाढ २ । महाभूकम्प गएको डेढ महिनापुग्न लागे पनिभूकम्पको पराकम्पन आउने क्रम भने रोकिएको छैन ।वुधबार बिहान काठमाडौं र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर तीन वटा पराकम्पन गएका छन् ।५ बजेर ५८ मिनेट जाँदा काठमाडालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ म्याग्नेच्यूटको पराकम्पनगएको छ भने त्यसको केहीबेरमै ६ बजेर १४ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्नेच्यूटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।त्यसैगरी ६ बजेर २६ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएरै४ म्याग्नेच्युटको पराकम्पन गएको छ ।बिहानै लगातार पराकम्पन गएपछि सर्वसाधारण त्रसित हुँदै घरबाहिरको खुला ठाउँमा निस्किएका थिए ।यसअघि गएराति ९बजेर ५६ मिनेट जाँदासमेत दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्नेच्युडको पराकम्पन गएको थियो ।