Showing posts with label सिन्धुपाल्चोक. Show all posts
Showing posts with label सिन्धुपाल्चोक. Show all posts

Saturday, June 27, 2015

सिन्धुवासी: साहस र धैर्यका धनी

सिन्धुपाल्चोक- महाभूकम्पको शनिबार दुई महिना पूरा भएको छ। विनासकारी भूकम्पबाट सर्वाधिक क्षति व्यहोरेको सिन्धुपाल्चोकमा अहिलेसम्म त्यस्तो बस्ती भेटिएको छैन त्यो सग्लो होस्, त्यस्तो एउटा गाउँ जुन शोकमा नडुबेको होस्।

भूकम्पमा मृत्युको मुखैबाट बाँचेर फर्किएको अनुभूति छ हरेक सिन्धुवासीसँग। अहो! त्यो क्षण चलचित्रको भीमकाय दृश्य हेरेभन्दा कयौँ गुणाबढी कहाली लाग्दो थियो। कुञ्चोक गाविसका महिलाले शब उठाएर झ्याडी खोलामा लस्करै शद्गद् गरेको दृश्य होस् या घुम्थाङका स्थानीयलाई एउटै खाडलमा पुरेको क्षण। सुनकोसी र इन्द्रावती बगरमा सल्किएको दागबत्तीको लप्का र सिन्धुका डाँडाकाँडा धुवाएका ती दिन सम्झँदा अहिले पनि आङ जिरिङ—जिरिङ हुन्छ। लगातारका धक्का, एकसरो लुगा, भोको पेटमा महिला, केटाकेटीको क्रन्दन, बुढाबुढीको हारगुहार कसरी सम्झनु त्यो क्षण?
जत्रै ठूलो विपत्तिमा पनि सम्हालिनुको विकल्प थिएन। सायद यही सत्य बुझेका थिए सिन्धुवासीले। ६० दिनको यो छोटो समयमा अदम्य साहस र धैर्यद्धारा सम्हालिएका सिन्धुवासी मुस्कुराउन सिक्दैछन्, दुई महिने बच्चाले हाँस्न खोजे जस्तै गरी। व्यक्तिगत यत्न, सरकारको अभिभावकत्व र सहयोगी हातको मल्हमपट्टीले लुटिएको त्यो मुस्कान फर्काउँदै छ। आफ्नै बलबुतामा ठडिएको जस्ताको टहरोमार्फत उठेको सन्देश प्रवाह गरेका जिल्लावासीले योसँगै विपद्को पहिलो चरण पार गरेका छन्।
खुला आकाश, त्रिपालको वास हुँदै बर्खा थेग्ने अस्थायी टहरोमा छिरिसकेका भूकम्प पीडित फरक्क सामान्य दिनचर्यामा फर्किसकेका छन्। काँधमा कोदोलो, कोदाली भिरेर मानो खाइ मुरी उब्जाउन खेतीपातीको काममा निस्कन थालेका छन्। लेकमा अगौटे कोदो लगाउने चटारो छ, बेँसीमा हिउँदे धान भित्र्याउने व्यस्तता। फाँटहरुमा सुरिलो लयमा होहोरी होहोको भाका गुञ्जिन सुरु भएको छ। फाँटमा देखिने लाठे र रोपाहारको असारे दोहोरी, हिलोको छ्यापाछ्यापको दृश्यले लाग्छ, भूकम्प पीडित जिल्लावासी सँधैभरिको शोक र दुःखको मानशिकताबाट धेरै माथि उठिसकेका छन्।
महाभूकम्पपछि उद्धार तथा राहतमा खासगरी तीन तहको सहयोग जुट्यो। पहिलो सरकार र उसका च्यानलमार्फत, दोस्रो गैरसरकारी संस्था तेस्रो जनस्तरबाट। यही सहयोगले जिल्लावासीलाई अहिलेसम्म खान लाउन दुःख छैन। सुरुमा केही अल्मलिएको सरकारले त्यसपछि अभिभावककै भूमिका निर्वाह गर्योा। महाभूकम्पको दुई साता निबत्दै सरकारले एलजीसीडीपीमार्फत अस्थायी आवास, खाद्यन्न, सरसफाई र स्वास्थ्यमा खर्च गर्ने गरी प्रतिगाविस ९ लाखका दरले ६ करोड ६० लाख रुपैयाँ उपलब्ध गरायो। त्यतिञ्जेल राष्टि̭य तथा अन्तराष्टि̭य गैरसरकारी संस्थाले जिल्ला घेरेर राहतको काम थालिसकेका थिए। व्यक्तिगत पहलमा जनस्तरबाट ज्यादै ठूलो सहयोग गाउँ—गाउँ पुग्यो।
सडक, हवाईमार्गबाट तत्काल राहत सामग्री पुर्यायइँदा केही पाइएन भन्ने गुनासो अन्त्य भयो। जिल्ला दैवी प्रकोप उद्दार समितिले देशी, विदेशी दाता संस्थालाई सम्झौता गरेर मात्र गाउँ जाने नीति अघि सारेपछि डुब्लिेकेशन हुन पाएन। कुन दुर्गम, सुगम सबैतिर संस्था पुगे। अहिले ६५ यस्ता संस्था राहतमा क्रियाशील छन्। आकस्मिक राहतका कार्यक्रम सकेर तिनीहरु आवास लगायत अल्पकालीन कार्यक्रमसहित दोस्रो चरणमा प्रवेश गरेका छन्। 'संघसंस्थाले दोस्रो चरणको सहयोग कार्यक्रम ४० गाविसमा विस्तार गरिसकेका छन्,' उद्दार समितिका सदस्य सचिव स्थानीय विकास अधिकारी महेश बरालले भने।
केही संस्थाको काम भन्दा बढी भड्किलो प्रचार र व्यवस्थापनमै भारी खर्च देखिएपनि धेरैको काम सह्रानीय छ। सरकारी गोदाममा मात्रै ३० लाखभन्दा बढी किलो चामल प्राप्त भयो। योमध्ये अहिले २ लाख केजी चामल मौज्दात छ। सरकारका तर्फबाट मात्रै प्रतिघरपरिवार ४३ केजी चामल उपलब्ध भयो। संघ, संस्था र जनस्तरबाट त्यसको दोब्बर चामल सहयोग भएको अनुमान छ। 'बर्खालाई ध्यान दिँदै विश्व खाद्य कार्यक्रमले दोस्रो चरणमा प्रतिपरिवार ३५ केजी चामल, पाँच केजी दाल र दुई लिटर तेल बितरण गर्दैछ,' बराल भन्छन्, 'खानाको समस्या हुँदैन।'
भूकम्पपछि सरकारले राहत, उद्दार र आकस्किम व्यवस्थापनका लागि मात्र सिन्धुपाल्चोकमा १ अर्ब रुपैयाँ निकासा पठाएको छ। शुक्रबारसम्म ९० करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको उद्दार समितिले जनाएको छ। प्रतिमृतकका आफन्तलाई किरिया खर्च बापत ४० हजार रुपैयाँका दरले उपलब्ध गराइएको छ। काजकिरिया बापत मात्रै झण्डै सवा १४ करोड रुपैयाँ खर्च भइसकेको छ। अस्थायी आवासका लागि जस्ता किन्न १५ हजार अनुदानका दरले हालसम्म ४० गाविसमा ५० करोड रुपैयाँ खर्च भएको स्थानीय विकास अधिकारी बराल बताउँछन्, नागरिकन्युजमा खबर छ । 
अनुदान, राहत लगायत अन्य सुविधाको लोभमा नक्कली अंशबण्डा गरी भूकम्प पीडित परिचयपत्र दाबी गर्दा १५ हजारले भने रडाको मच्चाइरहेको छ। १२ दिनभित्र सक्ने गरी थालिएको अनुदान वितरण तीन साता बित्दा पनि सकिएको छैन। बरालका अनुसार यही रडाकोको कारण जिल्लाको घरधुरी संख्या १ लाख नाघ्ने अनुमान छ। अहिले मृतकका प्रतिपरिवारलाई १ लाख रुपैयाँका दरले क्षतिपूर्ति खर्च वितरण थालिएको छ। चोरिने डरले पीडितको बैंक खाता खोली रकम जम्मा गर्ने प्रक्रिया अघि बढाइएको उद्दार समितिले जनाएको छ।


क्षति भएका घर मर्मतका लागि २५ हजार रुपैयाँका दरले सरकारले रकम पठाएको छ। चर्केको र सामान्य क्षति पुगेको घर मर्मत गरी बस्नका लागि यो रकम निकासा भएको हो। तर मर्मत खर्च दाबी गर्न अहिलेसम्म एक जनापनि नआएको बराल बताउँछन्। मर्मत खर्च बुझ्नेले पछि नयाँ घर बनाउँदा र स्थानान्तरण हुँदा कुनै रकम सरकारसँग दाबी गर्न पाउँदैनन्। वैशाख १७ गते नै सरकारले मर्मत खर्च दिने निर्णय गरेको थियो। 'खान र बस्न अब कुनै समस्या छैन। लत्काल जोखिममा परेका बस्ती स्थानान्तरण र भग्नावशेष हटाउने चुनौति मात्र हामीसामू छन्,' बरालले भने।

Tuesday, June 23, 2015

निरन्तरको वर्षापछि तातोपानीमा नदि थुनियो

सिन्धुपाल्चोक, असार ८ - वर्षाका कारण चीनसँगको सीमा तातोपानीको लिपिङ खोला थुनिएर मध्यान्ह बाढी आएपछि भोटेकोसीको पानीकोसतह बढ्ने भएकाले प्रहरीले तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आब्हान गरेको छ । भूकम्पबाट अति प्रभावित उक्त क्षेत्रमा जमिनको धाँजा फाटिरहेको अवस्थामा वर्षासँगै पहिरो सुरु भएको छ । मितेरी पुल भन्दा करिव एक किमी पश्चिम नेपालतर्फको भूभागमा पहिरोले ठाडो खोलामा बाढी आएको छ ।

उक्त खोला भोटेकोसीमा मिसिने भएकाले बढीको खतरा देखिएको भन्दै अरनिको राजमार्गको बाह्रबिसे, खाडिचौरलगायत ३० किमी क्षेत्रका वासिन्दालाई सतर्क रहन भनिएको हो । इलाका प्रहरी कार्यालय बाह्रबिसेका अनुसार कुनै पनि बेला कोसी बढ्न सक्ने खतरा देखिएपछि राजमार्ग आसपासका वासिन्दालाई सतर्क रहन भनिएको हो ।  स्थानीय कुमार श्रेष्ठका अनुसार खोलामा पहिरो झेरर केही बेर पानी रोकिएपनि क्रमशः बग्न थालेको बताए । बसपार्क नजिकैको अरनिको राजमार्गकै लिपिङ पुल नजिकै पहिरो झरेको र पुलमुनीबाट पानी बग्न थालेको श्रेष्ठले जानकारी दिएको इकान्तिपुरमा खबर छ । 

Monday, June 22, 2015

ग्यास्ट्रिक होला’ भन्दै बस्दा क्यान्सर

सिन्धुपाल्चोक ।
रोग लुकाएर समयमै उपचार नगर्दा दुर्गम तथा विकट क्षेत्रमा पर्ने सुनखानी गाविस–२ सिन्धुपाल्चोककी ४१ वर्षीया सञ्चमायाँ तामाङ अहिले आन्द्रमा क्यान्सर भएपछि पछुताउँछिन् । गत ०७१ असारमा पेट दुख्ने समस्याले पिरल्थो उनलाई । 

‘ग्यास्ट्रिक होला’ भनेर लामो समयसम्म रोग लुकाएर उपचार नगरेपछि अहिले त्यही रोग अहिले आन्द्राको मेरो क्यान्सर बनेको भक्तपुर क्यान्सर अस्पतालमा उपचार गर्दै गरेकी सञ्चमायाँ बताउँछिन् । ‘यसअघि बेला बेलामा पेट दुख्न थालेको थियो, ग्यास्ट्रिक भन्दै वास्ता गरिएन । अलि गाह्रो भएपछि अस्पतालमा गएर स्वास्थ्य परिक्षण गर्दा आन्द्रामा क्यान्सर भएको रिपोर्ट आयो,’ उनले भनिन् । असार महिनादेखि दुख्न थालेको पेट पुस महिनासम्म दुखिरह्यो । ओम अस्पताल चावहिलमा स्वास्थ्य परिक्षण गर्न गएका बेला सिटीस्क्यान गरेर हेर्दा आन्द्रामा क्यान्सर भएको स्वास्थ्यकर्मीले सुनाए । क्यान्सर भएको सुन्नेवित्तिकै उनलाई झन् चिन्ता थपियो । १२ उर्तिण गरिसकेकी २४ वर्षीया छोरी शर्मिला, स्नातक तहमा पढ्दै गरेकी २० वर्षीय छोरा युवराज र १८ वर्षीया अर्की छोरी प्रमिलाको भविष्यले निकै सताउँछ सञ्चमायालाई । 
‘म त आर्थिक अवस्था कमजोर भएका कारणले उपचार नभएर मर्छु तर म मरे भने मेरो श्रीमान र छोरा‐छोरीको बिच्चली हुन्छ,’ भक्तपुर क्यान्सर अस्पतालको ३०२ नम्बर बेडमा उपचार गर्र्दै गरेकी सञ्चमायाले भनिन् । गरिवी र अशिक्षाका कारण ग्यास्ट्रिक भयो भनेर ग्यास्ट्रिकको औषधी र ब्रुफिन खाएपछि क्यान्सर रोगले ग्रसित सञ्चमायालाई पीडामाथि पीडा थपिएको छ । गएको वैशाख १२ गते र २९ गतेको भूकम्पका कारण सिन्धुपलाञ्चोक जिल्लामा मानविय र घर पूर्ण क्षति भएपछि झन् उनको मन भत्केको छ । आफ्नो घर र भत्केको जिल्लाको अवस्थाबारे उनले देख्न पाएकि छैनन् । बेला‐बेला आएको पराकम्पनका कारण काठमाण्डौमा बस्दै आएकी छोरी र त्रिपालमा एक्लै बसेका श्रीमान नक्कलबहादुर लामाको चिन्ता छ उनलाई । विरामी आमाको स्याहार सुसार छोरा युवराजले गरिरहेछन् । खेतवारी बेचेर आमाको उपचारमा दिनरात खटिरहेका उनी उपचारलाई कसरी पैसा जुटाउने होला भन्छन् । ‘आमाको मात्र उपचार भयो भने सडकमै विस्थाीपत भएर बसौँला तर पैसा खोज्दा खोज्दै हैरान भइसके,’ युवराजले भने । ६ महिना बितिसक्यो, ६ लाख खर्च भैसक्यो तर अझै थप ६ महिना अस्पतालमा राख्नुपर्ने सल्लाह दिन्छन् चिकित्सकहरु । खेतबारी सक्दा पनि निको नभएकाले यो परिवार थप तनाबमा छ । श्रीमतीलाई क्यान्सर भएर पीडामा परेका नक्कलबहादुरलाई भूकम्पले झन झड्का दिइरहेको छ । बिहान बेलुकाको छाक टार्न समेत धौ–धौँ उनलाई भोक न निन्द्रा भएको छ । 



आर्थिक अवस्था कमजोर भएका कारणले अहिले उनले टहरा समेत बनाउन सकेका छैनन् । यसैबीच अस्पतालमा छटपट्याई रहेकी क्यान्सरपीडित सञ्चमायालाई प्रवासी तामाङ एकता समाज मलेसिया केन्द्रबाट संकलित २१ हजार रकम उक्त समाजका निवर्तमान अध्यक्ष अमर लामा, तामाङ एकता प्रवासी महासंघ नेपालका अध्यक्ष फूर्पा ग्याल्पो लामा र केन्द्रिय सदस्य धनबहादुर ग्लानले हस्तान्तरण गर्दा गलिएको शरीर र न्याउरो अनुहारमा उनले लामो सास फेरिन् । उनले उनीहरुलाई आग्रह गरिन्, ‘मेरो ज्यान बचाउनुस् र बाँच्न चाहान्छु ।’

Sunday, June 21, 2015

पानी परेपछि निदाउँदैनन् भूकम्पपीडित


पाङताङ (सिन्धुपाल्चोक) कात्तिकेका धनबहादुर श्रेष्ठलाई राति पानी पर्न थालेपछि निद्रा लाग्दैन। 
 
ब्रह्मायणीमा बाढी आउँदा कात्तिके बजार थर्किएर हुने तनाव उनका लागि नयाँ होइन। तर वैशाख १२ गतेको भूकम्पले कात्तिके बजार क्षेत्रमा धाँजा मात्रै फाटेको छैन, ब्रह्मायणीमा पहिरो पनि खसिरहेको छ।
 
'बजारको तलतिर पहिरो र माथितिर धाँजा फाटेको छ। पानी पर्न थालेपछि निद्रा लाग्दैन, रातभरि जागै बस्नुपर्छ', श्रेष्ठ भन्छन्। 
 
कात्तिके बजारमा २० वर्षअघि पाँच घर मात्रै थिए, अहिले कात्तिकेमा सय घर छन्। ०३९ साउन १७ गते ब्रह्मायणी र सुब्लिङ खोलालाई पहिरोले पुरेपछि गोल्चे फलामसाँघुमा रहेको बजार बगाउँदा ९७ जनाले ज्यान गुमाएका थिए अन्नपुर्णपोष्टमा खबर छ । 
 
'त्यतिबेला त्यहाँ बगाएका मानिस पनि निकाल्न सकिएन', स्थानीय अगुवा रामबहादुर गुभाजु सम्झन्छन्। त्यसअघि पाङताङ, गोल्चे र गुम्बा गाविसको बजार त्यही गोल्चे फलामसाँघुमा थियो। 

फाइल फोटो

 
गोल्चे फलामसाँघुमा प्रहरी चौकी, हुलाकसहितका सरकारी कार्यालय र व्यक्ति गत घरहरू बगाएपछि करिब पाँच सय मिटरमाथि कात्तिकेमा बस्ती बस्न थालेको हो।
 
०४१ देखि कात्तिकेमा घरहरू बन्न थालेका हुन्। 'म ०५१ मा यो बजारमा आउँदा पाँचवटा मात्रै घर थिए', भूकम्पपछि पनि कपडा पसल सञ्चालन गर्दै आएका रामबहादुर गुभाजुले भने। 
 
अहिले त्यहि कात्तिके बजार पनि पहिरोको जोखिममा परेको छ। कात्तिकेमा भूकम्पले घरहरू ढलाएको मात्रै छैन, तीनजनालाई सधैंका लागि बिदा गरेको छ। पाङताङ गाविसको वडा नम्बर १ मा पर्ने कात्तिके तीनवटा गाविसको केन्द्र हो। 
 
स्थानीय रामहादुर गुभाजूका अनुसार भूकम्पको कम्पनले पाङताङ गाविसमा ३१ जनाले ज्यान गुमाएका छन्। सो क्षेत्रको अवलोकन गरेका सभासद अग्नि सापकोटाका अनुसार कात्तिके बजारलाई स्थानान्तरण गर्नुपर्ने अवस्था छ। 
 
सापकोटा भूकम्प गएको एक साताभित्रै कात्तिके बजार पुगेका थिए। रामबहादुर गुभाजू भने सकेसम्म कात्तिकेबाट स्थानान्तरण हुने पक्षमा छैनन्। '०४५ मा मैले मधेसमा साढे दुई बिघा जग्गा किनेर पनि त्यत्तिकै छोडेर हिँडेको हुँ। 
 
म अहिले पनि कात्तिके छोड्नु हुन्न भन्ने अडानमा छु। मेरै अडानका कारण अरू पनि बसिरहेका छन्', रामबहादुर भन्छन्। 
 
उनको परिवारको सदस्य संख्या १२ जनाको छ। कात्तिके बजारदेखि माथितिर सडक पुगेको छैन। जलविद्युत् परियोजनाले केही वर्षअघि कात्तिकेसम्म सडक खनेको हो। कात्तिकेबाट दुई दिन हिँडेपछि बल्ल गुम्बा गाविसको तेम्बाथान पुगिन्छ। 
 
तेम्बाथान मानव बस्ती रहेको अन्तिम गाउँ हो। भूकम्प आएयता तेम्बाथानका शेर्पाहरू कात्तिके बजारमा देखिएका छैनन्। 'त्योभन्दा पहिला तेम्बाथानका मानिसहरू सामान किन्न यहीं आउँथे, अहिले देखिएका छैनन्', रामबहादुर भन्छन्। 
 
गुम्बा गाविसका सामाजिक परिचालक प्रेम तामाङका अनुसार तेम्बाथानका एक सय ६, बोल्देका दुई सय २४, तापगाउँका ३३ र गोन्डेगाउँका ३४ घरधुरी स्थानान्तरण गर्नुपर्नेछ।
 
परकम्पले गुम्बा गाविसमा ३५ जनाले ज्यान गुमाएका छन् भने एक सय ५० जना घाइते भएका छन्। गुम्बा गाविसमा मात्रै करिब दुई सय खसीबोका र भेडा-च्याङग्रा, ३५ वटा चौरी र ५० वटा गाईभैंसी मारिएका छन्।
 
तामाङका अनुसार तेम्बाथानबाट कात्तिके झर्ने नेसङखोलाको झोलुंगे पुल पहिरोले चुडालिदिएकाले त्यस क्षेत्रका मानिस कात्तिके आउन नसकेका हुन्। 'तेम्बाथान सम्पर्क-विच्छेद छ। तिब्बत जान पनि हिमालले छेक्छ।
 
तेम्बाथानबाट चौतारा पुग्न पाँचपोखरी हुँदै पाँच दिन पैदल यात्रा गर्नुपर्छ', तामाङ भन्छन्, 'गुम्बाका मानिसहरू आफ्नो बस्ती छोडेर अन्यत्र बसेका छन्। गाउँको तलमाथि नै धाँजा फाटेको छ।'
 
गुम्बाको तेम्बाथानमा राहत पुर्‍याउन हेलिकोप्टरबाहेक अरू माध्यम छैन। हेलिकोप्टरले पु:याएको राहतका आधारमा त्यहाँका बाँकी मानिस त्रासदीपूर्ण जीवन बिताइरहेका छन्। पाँच हजार ७० जनासंख्या रहेको गुम्बा भौगोलिक रूपमा सिन्धुपाल्चोकको सबैभन्दा ठूलो गाविस पनि हो।
 
गुम्बा गाविसको वडा नम्बर ६ बोल्देका हिराबहादुर तामाङका अनुसार कुनै ठाउँमा पानीका मुहान सुकेका छन् भने कुनै ठाउँमा पानीको नयाँ मुहान देखिएको छ। 
 
'तलतिर पानी बढेको छ भने माथितिर पानी सुकेको छ', हिराबहादुर तामाङले भने 'त्रिपाल हावाले उडाइहाल्यो, वर्षा लागिसक्यो, अब कसरी बस्ने होला?', गुम्बाको जस्तै पाङताङ र गोल्चेमा पनि माथितिर पानीका मुहान सुकेका छन् भने तलतिर पानी बढेको छ। 

गोल्चे गाविस वडा नम्बर ७ खुन्द्रुकाका रोशन भुजेलका अनुसार १४ घर रहेको उनको गाउँको बस्ती जोखिममा परेको छ। 'तलमाथि दुवैतिर धाँजा फाटेको छ। खानेपानीको टयांकी फुटेको छ। झोलुंगे पुल भाँचिएको छ', भुजेल भन्छन्।

गोल्चेको वडा नम्बर ३ सन्चगाउँका लकबहादुर गोलेका अनुसार गाउँमा गाउँलेहरू कोही छैनन्, माथितिर पाखोबारीमा बसेका छन्। सन्चगाउँका एक सय ३५ घरधुरीलाई हेलिकोप्टरबाट राहत पु:याइएको छ। 'राति, दिउँसो जतिबेला पनि पहिरो जान्छ।
 
 सन्चगाउँबाट लिदी र निम्लुङ जाने बाटो छैन', गोले भन्छन्, 'भूकम्पको कम्पनले बाटो भत्किएपछि लिदी जान आउन डोरीमा झुन्डिनुबाहेक अर्को बाटो छैन।'
 
 कात्तिकेबाट पाँच घन्टा उकालो चढेपछि लिदी पुगिन्छ। 'तीनवटै गाविसमा बस्नलायक ठाउँ छैनन्। राति पहिरोको आवाज आउन थालेपछि निद्रा लाग्दैन। 
 
पहिरो गइहालेमा पनि भाग्ने ठाउँ छैन', कात्तिके वडा नम्बर १ का संयोजक कुलबहादुर गुभाजू भन्छन्। 
 
वैशाख १२ गते भूकम्प आएपछि सानी नातिनी च्यापेर उभिएको बारीको धाँजा देखाउँदै उनी भन्छन्, 'यसरी धाँजा फाटेको छ, तलतिरबाट खोलाले तानिरहेको छ। हामी कहाँ गएर कसरी बाँच्ने?'
 
गुम्बा, गोल्चे, पाङताङ मात्रै होइन, सिन्धुपाल्चोकको २ नम्बर क्षेत्रका स्याउले, हगाम, सिम्पाल काभ्रे, बराम्ची, जलबिरे, सेलाङ, बतासे, फुल्पिङकोट, कदमबासका विभिन्न बस्ती जोखिममा छन्। 
 
त्यस्तै सिन्धुपाल्चोक ३ नम्बर क्षेत्रका भोताङ, बरु वा, हैबुङ, इचोक, महाकाल, दुवाचौर, बाँसखर्च, किउल, बाँसबारी, हेलम्बू, थाङपालकोट, सिन्धुकोट, थाङपालधाप, थकनी, गुन्सा, तालामाराङ, भोटेनाम्लाङ, शिखरपुर र ज्यामिरे गाविसका विभिन्न बस्ती जोखिममा छन्। 
 
यसैगरी सिन्धुपाल्चोकको १ नम्बर क्षेत्रका तातोपानी, फुलपिङकट्टी, लिस्तीकोट, मार्मिङ, घुम्थाङ, गाती, मानेश्वारा, बाह्रबिसे, राम्चे, मांखा, फुल्पिङडाँडा, चोकटी, जेठल, पिस्कर, धुस्कुन, कर्थली, घोर्थली, ठूलोधादिङ, अत्तरपुर, सुनखानी, ठोकर्पा, पांग्रेटार, यमुनाडाँडा, कालिका, पेडकु, लिसंखु गाविसका विभिन्न बस्ती जोखिममा परेका छन्।
 
सिन्धुपाल्चोकका ६८ गाविस र दुई नगरपालिकामध्ये ५८ गाविसका आठ हजार ६५ घरधुरीका ३४ हजार दुई सय ६५ जनालाई स्थानान्तरण गर्नुपर्ने ठहर सभासद्सहित स्थानीय प्रशासनले गरेको छ। 
 
आफ्नो घर छोडेर हिँडेका मानिसहरू कतिपय गाउँनजिकै सुरक्षित मानिएका ठाउँमा छन् भने कतिपय काठमाडौं र भक्त पुरका विभिन्न स्थानमा छन। 
 
सिन्धुपाल्चोक मात्रै होइन, नेपालका १७ जिल्लाका विभिन्न गाउँका बस्तीलाई परकम्पले स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुर्‍याइदिएको गृह मन्त्रालयको प्रारम्भिक अनुमान छ। 
 
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार अत्यधिक प्रभावित १७ जिल्लामा तीन-तीन जनाको दरले परिचालित भएका भूगर्भविद्को टोलीले प्रतिवेदन ल्याएपछि स्थानान्तरण गर्नुपर्ने जनसंख्या र गाउँको यकिन विवरण थाहा हुनेछ।
 
 'त्यो रिपोर्ट नआई कति गाउँका कतिजनालाई स्थानान्तरण गर्नुपर्ने हो भन्न सकिँदैन', गृहप्रवक्ता ढकालले भने। मनसुन सुरु भइसकेपछि भूकम्पले जोखिममा पुर्‍याएका गाउँबस्तीमा मानसिक तनाव बढाउँदै लगेको छ। 
 
सदरमुकाम चौतारामा भूकम्पले मानसिक रोगी जन्माएको छ। चौताराका एकजना युवा प्रत्येक १० मिनेटमा 'आयो आयो आयो 'भनेर दौडन्छिन्।
 
 'बाहिर निस्कन्छन्, केही आएको हुँदैन अनि फेरि आफैं ओछ्यानमा सुत्छन्', स्थानीय शिक्षक दीपक राईले भने। भूकम्पले पु:याएको आर्थिक, भौतिक, सामाजिक, नैतिक र मानसिक क्षतिका बारेमा जति चासो हुनुपर्ने हो, त्यति भएजस्तो देखिएको छैन।
 
बास भत्किएको छ ,गाँस पुरिएको छ, आफन्त गुमेका छन्, आकाश ढाक्ने ओत छैन, पिउने पानीका मुहान सुकेका छन्, सरकारको उपस्थिति शून्य छ। 
 
भूकम्पले भत्काएका भौतिक संरचनाले किचेर भएको मानवीय क्षतिको परिपूर्ति हुन नसकेपछि अन्य क्षतिको परिपूर्ति गराउन चाहिने गतिलो योजना अहिलेसम्म सरकारले बनाउन सकेको छैन।
 
दाताहरूलाई भूकम्पप्रभावित क्षेत्रको स्थलगत भ्रमण गराएर सम्मेलन गर्ने योजनामा रहेको सरकारले पनि ग्रामिण क्षेत्रको वास्तविक अवस्था खिच्न सकेको छैन। 
 
विपत्तिको घडीमा गाउँ-सहर सबैतिरबाट हातमा हात र काँधमा काँध मिलाएर सबैजना एक ढिक्का भएर अघि बढ्दा मात्रै विपत्तिको सामना गर्न सकिन्छ। यही नै आजको आवश्यकता हो। 

भुकम्पपछि सिन्धुपाल्चोकका ३४ हजार स्थानीय उच्च जोखिममा

सिन्धुपाल्चोक 
भूकम्पको विपत्तिले सिन्धुपाल्चोकमा ३४ हजारजनालाई जोखिममा पारेको छ। भूकम्पले चर्काएको जमिनमा पहिरो जाने खतराले ६८ गाविस र दुई नगरपालिकामध्ये ५८ गाविसका बस्ती जोखिममा परेका हुन्।
 
भूकम्प प्रभावित संसदीय क्षेत्रमा राहत पुनस्र्थापनामा सघाउन, अनुगमन गर्न र सरकारलाई सुझाव दिन तयार गरिएको प्रतिवेदनमा आठ हजार ६५ घरधुरीका ३४ हजार दुई सय ६५ जना जोखिममा रहेको उल्लेख छ। 



 
गाविसस्तरीय सर्वदलीय संयन्त्र, गाउँमा खटिएका सुरक्षाकर्मी, गाविससचिव, सभासद्सहित विज्ञको टोलीको स्थलगत भ्रमण र स्थानीय बासिन्दाको रायसुझावका आधारमा जोखिममा रहेका बस्ती पहिचान गरिएको हो।
 
सभासद् अग्नि सापकोटा, मोहनबहादुर बस्नेत, शेरबहादुर तामाङ, अमृतकुमार बोहोरा, ल्हाक्र्याल लामा, रमेशकुमार लामा, प्रमुख जिल्ला अधिकारी बलभद्र गिरी, स्थानीय विकास अधिकारी महेश बरालसहित विज्ञ र अन्य सरोकारवालाले जोखिममा रहेका बस्ती पहिचान गरी प्रतिवेदन तयार पारेका हुन्।
 
प्रतिवेदनमा जोखिममा रहेका मानिसलाई स्थानान्तरण गर्न सम्बन्धित गाविस वा नजिकको गाविसमा सिफारिस गरिएको छ। 
 
त्यस्तै चार महिनालाई पुग्ने खाद्यान्न सम्बन्धित निर्वाचन क्षेत्रमा भण्डारण गर्न पनि सरकारलाई सुझाव दिइएको खबर अन्नपुर्णपोष्टले छापेको छ । 
 
सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ का २५ मध्ये १२ गाविसका ४२ वटा बस्तीका एक हजार आठ सय ४६ घरधुरीका चार हजार दुई सय १० जनालाई स्थानान्तरण गर्न सिफारिस गरिएको छ। 

त्यसैगरी क्षेत्र नम्बर १ का पाँच हजार दुई सय ११ घरधुरीका २५ हजार १५ जना र क्षेत्र नम्बर ३ का २० गाविसका एक हजार आठ घरधुरीका पाँच हजार ४० जनालाई स्थानान्तरण गर्न सुझाव दिइएको छ। 
 
फुलपिङकट्टी गाविसका नौवटै वडाका तीन हजार नौ सयजनालाई स्थानान्तरण गर्न सुझाइएको छ।
 
'वर्षात्को पानी चिरा परेका ठाउँबाट भित्र पसेपछि जान सक्ने पहिरोलाई ख्याल गर्दै हामीले स्थानान्तरण गर्न सिफारिस गरेका हौं', आफ्नो निर्वाचन क्षेत्रका २५ वटै गाविसको स्थलगत भ्रमण गरेका सभासद् सापकोटाले भने। 

Saturday, June 20, 2015

गलत विवरण टिपाएर राहत लिने कर्मचारी खोरमा



असार ५ मेलम्ची । 
गलत विवरण दिएर राहत रकम लिएको आरोपमा सिन्धुपाल्चोकको स्याउले गाबिसका कार्यलय सहायक राज बहादुर श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले गलत विवरण दिएर छोराको नाममा परिचय पत्र लिएको प्रशासनले जनाएको समाचार रेडियो मेलम्चीले प्रकाशन गरेको छ । गलत बिबरण दिएर भुकम्प पिडीत परिचय पत्र तथा अस्थायी बासस्थानका लागी १५ हजार रुपैया रकम लिनेको सिन्धुपाल्चोकमा लर्को लाग्न थालेपछि प्रशासनले कारबाही थालिएको हो ।



जिल्ला दैबी प्रकोप उद्धार समिति सिन्धुपाल्चोकद्धारा गठित अनुगमन तथा स्थानीयले दिएको जानकारीका आधारमा प्रशासनले कारबाही प्रकृया सुरु गरेको हो । सिन्धुपाल्चोकका बिभिन्न गाबिस तथा नगरपालिकाका वडाहरुमा समेत अनुगमन समितिले अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा गलत बिबरण दिएर परिचय पत्र लिने र १५ हजार रुपैँया राहत लिनेलाई ठगी मुद्धा चलाउने प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले जानकारी दिए । सरकारले अन्यत्र घर भएका वा आँशिक क्षती भएकालाई क वर्गको परिचय पत्र दिने ब्यबस्था गरेको छ । सिन्धुपाल्चोकमा राजनीतिक दलका प्रतिनीधि, वडा नागरिक मञ्च र गाउँका अगुवाहरुलेनै भिन्न नभएकाहरुलाई भिन्नै बसेको भनि सिफारिस गर्ने र परिचय पत्र दिन दबाब दिने गरेपछि अनुगमन गर्न थालिएको हो । गलत ब्यक्तिलाई परिचय पत्र दिन सिफारिस गर्ने र परिचय पत्र लिने दुबैलाई कारबाही गरिने जिल्ला दैबि प्रकोप उद्धार समिती सिन्धुपाल्चोकले जनाएको छ । 

दृष्टिविहिन निरबहादुरले ल्याए ८३ प्रतिशत, सुमित्राले ल्याइन ७९ प्रतिशत

असार ५ चौतारा । 
सिन्धुपाल्चोकका एक दृष्टि बिहिन छात्रले बिशिष्ट श्रेणीमा प्रवेशिका परिक्षा उत्तिर्ण गरेका छन् ।जिल्लाको लिसंखु ५ निबासी निर बहादुर श्रेष्ठले ८३ प्रतिशत अंक सहित बिशिष्ट श्रेणिमा एसएलसी उत्तीर्ण गरेका हुन् ।  अशक्तहरूका लागि सञ्चालीत बिशेष शिक्षा कार्यक्रम अन्तर्गत बनदेबी माबि चौताराबाट श्रेष्ठले बिशिष्ट श्रेणीमा उत्तीर्ण गरेको खबर रेडियो मेलम्चीको अनलाइनमा प्रकाशित भएको छ ।  साधारण परिक्षार्थीहरुसंगै परिक्षामा सहभागी श्रेष्ठको उच्च शिक्षा अध्ययनमा विज्ञान विषय छनोट गर्ने विचार भएपनि विज्ञान बिषय त्यति सहज भने नभएको सिन्धुपाल्चोक नेत्रहिन संघका अध्यक्ष सोमकुमार दुलालले जानकारी दिए। श्रेष्ठको पारिबारिक अबस्था पनि अत्यन्त नाजुक रहेको बताउँदै दुलालले उनको अस्थायी आबास निर्माणका लागी संघले फलामे छड, जस्तापाता, निर्माण सामाग्री  बितरण गरेको छ । यस्तै कुबिण्डे निबासी अर्का दृष्टि बिहीन सुमित्रा ढ्ङगाना पनि ७९ प्रतिशत नम्बरका साथ उत्तिर्ण हुनुभएको छ ।









मर्माहत अाफन्त, शोकमा विद्यालय


सिन्धुपाल्चोक । कालीदेवी उच्च माध्यमिक विद्यालय गातीबाट यस वर्षको एसएलसी परीक्षामा सिम्बोल नम्बर ०२३३९२३ ‘ए’ भएका समीर श्रेष्ठ प्रथम श्रेणीमा उत्तीर्ण भए । उनी ६३ दशमलव ६ प्रतिशत ल्याएर उत्तीर्ण त भए तर विडम्बना समीरले आफू एसएलसीमा उत्तीर्ण भएको अब कहिल्यै थाहा पाउनेछैनन् । समीरले साथीहरूसँग भन्ने गर्थे, ‘परीक्षा राम्रो भएको छ, विशिष्ट श्रेणी आउँछ होला ।’ विशिष्ट श्रेणी त उनले ल्याउन सकेनन् तर प्रथम श्रेणीमा उत्तीर्ण भएको खुसी साट्न नपाउँदै समीरले संसार छाडे । १२ वैशाखमा गएको विनाशकारी भूकम्पमा परी उनले ज्यान गुमाए ।

गाती–९ का श्रेष्ठ विद्यालयका उत्कृष्ट छात्र रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुप्पा श्रेष्ठले जानकारी दिए । ‘एसएलसीमा विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएको खुसी छु । तर पनि एक होनाहार विद्यार्थी गुमाउनुपर्दा खुसीभन्दा बढी पीडा थपिएको छ,’ अध्यक्ष श्रेष्ठले भने ।कालीदेवीका मात्रै होइन, इन्द्रश्वरे उमाविबाट एसएलसीमा सहभागी दुवाचौर गाविसकी अञ्जना अधिकारीले पनि द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् ।

सिम्बोल नं। ०२३११७० ‘डी’ भएकी अधिकारी विद्यालयकी रामै्र छात्रा थिइन् । शुक्रबार एसएलसीको नतिजा आउँदा विद्यालयका शिक्षकहरूलाई अरूको भन्दा अञ्जनाको नै बढी चासो थियो । ‘उनको रिजल्ट के भयो होला भनेर रिजल्ट हेरियो, उनी पास भएकी रहिछन्, त्यसपछि त विद्यालयको वातावरण नै स्तब्ध भयो,’ विद्यालयका प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठले भने । विद्यालयबाट एसएलसीमा सहभागी ६२ परीक्षार्थीमध्ये ३३ जना उत्तीर्ण भएका छन् । राजधानी दैनिकमा समाचार छ ।

अञ्जनाजस्तै सोही विद्यालयकी पूर्णमाया दनुवारको पनि भूकम्पमा परी मृत्यु भएको छ । क्षेत्रपालेश्वरी माविकी रमिता श्रेष्ठ पनि शुक्रबार सार्वजनिक भएको एसएलसीमा उत्तीर्ण त भइन् तर उनले पनि आफू प्रथम श्रेणीमा उत्तीर्ण भएको खबर कहिल्यै पनि थाहा नपाउने गरी सधैका लागि छाडेर गइन् । एसएलसीको नतिजा सार्वजनिक भएपछि परीक्षामा उत्तीर्ण भए पनि भूकम्पमा परी मृत्यु भएपछि विद्यालय र आफन्तहरू मर्माहत भएका थिए ।

Thursday, June 18, 2015

नियमविपरित राहत कार्ड लिनेलाई ठगी मुद्दा

सिन्धुपाल्चोक । 
निर्देशिका विपरित भूकम्पपीडितका नाममा नक्कली कागजात बनाई राहत कार्ड लिनेलाई स्थानीय प्रहरी प्रशासनले ठगी मुद्दा चलाउने तयारी गरेको छ।
जिल्लामा नक्कली भूकम्पपीडितको विगविगी बढेपछि जिल्ला दैवी प्रकोप उद्धार समिति सिन्धुपाल्चोकले यस्तो निर्णय गरेको हो।


अस्थायी टहरा निर्माणका लागि जिल्लामा अहिले राहत स्वरुप १५ हजार रुपैयाँ वितरण भइरहेको छ। वितरणका क्रममा गाउँभरि नक्कली कागजात बनाई राहत लिनेको संख्या बढेको छ। त्यसलाई रोकथाम गर्नका लागि ठगी मुद्दा चलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले जानकारी दिए।
राहत वितरणमा बदमासी बढेपछि त्यसको अनुगमनका लागि एउटा समिति बनेको छ।  बैठकले नापी कार्यालयका प्रमुख शरद मैनालीको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो। गाउँमा गएर अनुगमन गरिने टोलीमा पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष युवराज पुरी, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य सोम सापकोटा, जिल्ला विकास समितिका शुसासन विज्ञ सुवास शिवाकोटी र जिल्ला हुलाक कार्यालयका प्रमुख पवन अर्याल छन्।
जिल्लैभर अहिले १५ हजार रुपैयाँ वितरणमा समस्या आइरहेको छ। एकआधघरमा पनि दुई वा सो भन्दा बढी राहत कार्ड बनेको उदाहरण छ। शक्तिशाली भूकम्प आउनुअघि आफ्ना परिवारबाट नछुट्टिएकाहरुले पनि अहिले भिन्दै बसेको लगत विवरण भरेको गाविससचिवहरू बताउँछन्। गाविसहरुमा अहिले ३० प्रतिशतभन्दा बढी घरधुरी बढेको छ। २०६८ को जनगणनाअनुसार साढे ६ सय घरधुरी रहेको जिल्लाको उत्तरी गाउँ सुनखानीमा अहिले झण्डै साढे आठसय पुगेको छ। त्यस्तै ठूलोसिरुवारी गाविसमा १ हजार ८ सय ४१ घरधुरी पुगेको छ। त्यहाँ १ हजार ३ सय ७६ मात्र घरधुरी थियो। भुकम्पपछि घर ढलेको वापत सरकारले दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेपछि एक्कासी घर संख्या बढेको हो।
वैशाख १२ मा गएको शक्तिशाली भूकम्पपछि सँगै बसेका श्रीमान्, श्रीमतिसमेत छुट्टिएका छन्। एउटा मात्र छोरा भएकाहरुले पनि छोरा र बाबुको नाममा छुट्टाछुट्टै राहत कार्ड बनाएका छन्। क्षतिको लगत संकलन तथा राहत कार्ड वितरणमा गएका अधिकारीहरुकै मिलेमतोमा यस्तो भएको स्थानीय बताउँछन्। लगत संकलन तथा कार्ड वितरण गर्न राजनीति संयन्त्र,  शिक्षकहरुलाई परिचालन गरिएको छ।
हरेक गाउँमा समस्या रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिका सदस्यसचिव एवम् स्थानीय विकास अधिकारी महेश बरालले जानकारी दिए। ‘गल्ती गरेको पाइएमा कारवाही हुनेछ,’ बरालले भने, ‘यस्तै अवस्था हो भने जिल्लामा १ लाख घरधुरी हुनसक्छ।’ २०६८ को जनगणनाअनुसार जिल्लामा ६६ हजार ६ सय ३५ घरधुरी थियो।
सेतोपाटीबाट

झापाबाट बाँस बोकेर मेलम्ची पुगे विद्यार्थीहरू

असार २ । 

सिन्धुपाल्चोकको मेलम्चीस्थित तेर्से उच्च माध्यमिक विद्यालयको भवन भूकम्पले भत्किएपछि झापाका विद्यार्थीले पठनपाठनका लागि अस्थायी कक्षाकोठा बनाउने भएका छन् ।
 
अस्थायी कक्षाकोठा निर्माणका लागि एमालेनिकट अनेरास्ववियुको टोली एक हजार एक घना बाँस लिएर बिहीबार सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेका छन् ।
 




अनेरास्ववियुका केन्द्रीय प्रचार विभाग प्रमुख अशेष घिमिरेको नेतृत्वमा सिन्धुपाल्चोक गएको टोलीले विद्यालयका लागि २२ कोठाको अस्थायी भवन निर्माण गर्ने जनाएको छ ।
 
सिन्धुपाल्चोक लैजानका लागि झापाको मेचीनगर, बाहुनडाँगी र शान्तिनगरक्षेत्रबाट स्थानीय विद्यार्थीले बाँस सङ्कलन गरेका थिए । बाँसलाई ट्रकमा हालेर लगिएको छ । विद्यार्थी टोलीले बाँसको घर बनाउन सिपालु चारजना दक्ष कामदारसमेत आफूसँगै लगेको छ । रासस  

Tuesday, June 16, 2015

बाढीपीडितका लागि जम्मा भएको ४० करोड खर्च हुने कहिले ?

असार २ । 
 गतवर्ष मध्य र सुदूरपश्चिम क्षेत्रसाथै सिन्धुपाल्चोकमा बाढीले विस्थापित भएका सयौं घरपरिवारलको राहत र पुनस्र्थापनाका लागि स्वदेशी तथा विदेशी संघसंस्था र ब्यक्तिहरुले दिएको झन्डै ४० करोड रुपैयाँको सहयोग सरकारले अझैसम्म सम्बन्धित पीडितकालागि खर्च गरेको छैन ।
बाढीले मध्य र सुदूरपश्चिमका सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसाथै सिन्धुपाल्चोकको जुरेलगायत स्थानमा ठूलो भैतिक नोक्सानी भएको थियो ।
ती स्थानको पुनर्निर्माण र पीडितलाई राहतका लागि स्वदेशी र विदेशीबाट प्रधानमन्त्री राहत कोषमा ३९ करोड ९७ लाख ९ सय ३३ रुपैयाँ सहयोग जुटेको थियो ।
उक्त रकम अहिलेसम्म पनि सोही प्रयोजनमा खर्च नभई प्रधानमन्त्री राहत कोषको बैंक खातामा बचत भएर रहेको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प

असार २ । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।बिहान ६ बजेर १४ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर आजै बिहान ६ बजेर २६ मिनेटमा ४ म्याग्निच्युडको अर्को भूकम्प पनि गएको छ ।

Monday, June 15, 2015

भुकम्पले क्षति पुर्‍याएको विद्यालयलाई सहयोग


जेठ ३२
भुकम्पले ध्वस्त बनाएको चौतारा नगरपालिका–१स्थित सिद्धिकमला देवी माविलाई विभिन्न स्थानबाट सहयोग प्राप्त भएको छ। विद्यालयको भवन पुर्ननिर्माण, विद्यार्थीको क्षमता अभिवृद्धि तथा अक्षयकोष सञ्चालनका लागि दाताहरुले सहयोग गरेका छन्।
विद्यालयलाई सापकोटा समाजसहित विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग प्रदान गरेका हुन्। कक्षा १० सम्म सञ्चालित विद्यालयलाई १ लाख ९२ हजार १ सय ११ रुपैयाँ सहयोग आएको विद्यालय व्यवस्थापन समितिका सदस्य राजकुमार कुवँरले जानकारी दिए। उनकाअनुसार समाजले १ लाख २५ हजार एक सय ११ र गाउँकै दुई व्यक्तिले सहयोग गरेका हुन्।
गाउँका अगुवा नेता एवं विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सोम सापकोटाले भुकम्पमा परि मृत्यु भएकी आफ्नी नातिनी सबीको सम्झनामा ५१ हजार प्रदान गरेका थिए। त्यस्तै बीरबहादुर सापकोटाले आफ्ना स्वर्गीय बुबा लालबहादुरको सम्झनामा १६ हजार रुपैयाँ विद्यालयलाई सहयोग गरेका थिए।


समाजले प्रदान गरेको रकम जिविस महासंघका पूर्व सभापति कृष्णलाल सापकोटाले सोमबार विद्यालयमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरेका थिए। उनले विद्यालयका प्रधानाध्यापक पितम कुवँर र विव्यस अध्यक्ष गणेश सापकोटालाई रकम हस्तान्तरण गरेका हुन्। विद्यालयका प्रधानाध्यापक कुवँरले सहयोग गर्नेहरुप्रति धन्यवाद ज्ञापन गर्दै रकम दुरुपयोग नहुने प्रतिबद्धता जनाए।
बालविकासदेखि कक्षा १० सम्म सञ्चालित यो विद्यालयमा ३ सय ५० विद्यार्थी अध्यापनरत छन्। गएको बैशाख १२ गतेको शक्तिशाली भुकम्प र त्यसपछिका पराकम्पले यो विद्यालयलाई पूर्ण क्षति बनाएको थियो। विद्यालयमा रहेका कुल १४ कोठामध्ये १० वटामा पूर्ण क्षति भएको थियो ।
 अोखरेनी साप्ताहिक

Saturday, June 13, 2015

समाज सिन्धुपाल्चोकको शिखरपुरमा झापाका विद्यार्थीद्वारा ८ सय झुल वितरण

सिन्धुपाल्चोकको शिखरपुरमा झापाका विद्यार्थीद्वारा ८ सय झुल वितरण सिन्धुपाल्चोक, जेठ ३१- सिन्धुपाल्चोक जिल्लाको पश्चिम क्षेत्र शिखरपुर गाविस वडा नं ४ र ५ का भूकम्पपीडितलाई झुल वितरण गरिएको छ । सेन्ट जेभियर्स स्कुल देवनिया गरामनी–४ झापाका अध्ययनरत र पूर्व विद्यार्थीले संयुक्तरुपमा सहयोग रकम सङ्कलन गरी ८०० थान झुल वितरण गरेका हुन् । झुल वितरण कार्यक्रममा विपदमा परेका भूकम्पपीडित दाजुभाइ दिदीबहिनीलाई सानो भौतिक सहयोगले पहाड र तराईबीचको आत्मीय भावना बढाउनु र एक आपसमा नेपालीलाई परेको अप्ठयारोमा मद्दत गर्नु नै नेपालीपन भएको विद्यालयका प्रधानाध्यापक म्याथ्यु दासले बताउनुभयो । रासस
सिन्धुपाल्चोकको शिखरपुरमा झापाका विद्यार्थीद्वारा ८ सय झुल वितरण सिन्धुपाल्चोक, जेठ ३१- सिन्धुपाल्चोक जिल्लाको पश्चिम क्षेत्र शिखरपुर गाविस वडा नं ४ र ५ का भूकम्पपीडितलाई झुल वितरण गरिएको छ । सेन्ट जेभियर्स स्कुल देवनिया गरामनी–४ झापाका अध्ययनरत र पूर्व विद्यार्थीले संयुक्तरुपमा सहयोग रकम सङ्कलन गरी ८०० थान झुल वितरण गरेका हुन् । झुल वितरण कार्यक्रममा विपदमा परेका भूकम्पपीडित दाजुभाइ दिदीबहिनीलाई सानो भौतिक सहयोगले पहाड र तराईबीचको आत्मीय भावना बढाउनु र एक आपसमा नेपालीलाई परेको अप्ठयारोमा मद्दत गर्नु नै नेपालीपन भएको विद्यालयका प्रधानाध्यापक म्याथ्यु दासले बताउनुभयो । रासस

तातोपानी नाका भूकम्प पछाडि ठप्प, करोडौ‌को समान बाटोमै अलपत्र

तातोपानी(सिन्धुपाल्चोक), जेष्ठ ३० - नेपाललाई उत्तरी छिमेकी चीनसँग जोड्ने प्रमुख नाका तातोपानी बैशाख–१२ गते आएको भूकम्प यता ठप्प भएको छ । आधाशताब्दीअघि निर्माण भएको नेपाल—चीन सीमाको मितेरी पुल भूकम्पले सवारी सधान आवत–जावत नहुने गरी क्षतिग्रस्त भएपछि महत्वपूर्ण व्यापारिक नाका ठप्प भएको हो । पुलको दायॉबायॉ छेउको वारको संरचनाको करिव एक—एक मिटर भाग भत्केर भोटेकोसीमा खसेको छ । पुल चर्केको र सवारी साधन आवत—जावत गर्न नहुने भएपछि चिनियॉ सेना र प्रहरीले नेपालतर्फको तल्लो भागबाट फलामको ‘टेको’ लगाएका छन् । चीन सरकारको सहयोगमा कोदारी राजमार्गस‘गै उक्त पुल निर्माण भएको थियो । तातोपानी गाविसका पूर्व अध्यक्ष अमृतकमार खड्काका अनुसार २०१७ सालमा निर्माण सुरु गरको पुललाई २०२० सालमा सञ्चालनमा ल्याईएको थियो । उक्त पुल नेपाल चीन आवत—जावत गर्ने प्रमुख मार्गको भोटेकोसीमा रहेको छ । यसैगरी मितेरी पुलबाट करिव पॉच किमी पश्चिम अरनिको राजमार्गको लार्चा स्थित फुलपिङ पुलको तल्लो भागमा पनि चिनियॉले फलामको ‘टेको’ लगाएका छन् । उक्त पुल पनि सोही समयमा निर्माण भएको हो । दुवै पुलमा क्षति पुगेपछि ‘हेभी’ सवारी साधन आवत—जावत गर्न नहुने जानकारी चिनियॉ अधिकारीले दिएका छन् । चीनतर्फको खासा गोदाम र रमिते सडकमा रहेको कन्टेनरमा ‘लोड’ गरिएको करोडौं रुपैंयॉका व्यापारिक सामान नेपाल भित्रन सकेको छैन । चीनले पुलबाट ‘हेभी’ सवारी साधन आवत—जावत गराउन नहुने वताएको छ । सोही कारणले उक्त सामान भित्रन सकेको छैन । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर खत्रीले नाकामा रोकिएको करोडौंको सामान ल्याउने वातावरण मिलाउन सरकारलाई आग्रह गरिएको बताए । व्यापारीका तीन सय कन्टेनर सामान अलपत्र छ, उनले भने । चीनले भने बेलीब्रीज राखेर मात्र सामान ल्याउन दिने वताउँदै आएको छ । प्राविधिक पक्ष चीनले हेरिरहेकोले तत्काल सोही पुल सञ्चानमा आउने संभावना कम छ, स्रोतले भन्यो । नेपालद्धारा पुल बनाउन आग्रह ............................ सरकारले मितेरी र फुलपिङ पुलको बनाउन चीन सरकारलाई आग्रह गरेको छ । चीनले मितेरी पुलबाट तत्काल हेभी सवारी साधन आवत जावत गर्न रोक लगाएको छ । अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाले नेपाललाई चीनले वर्षेनी दि‘दै आएको सहयोगबाट कट्टिने गरी पुल निर्माणको प्रक्रिया अघि बढाउन परराष्ट्रलाई पत्राचार गरेको छ । अर्थ स्रोतका अनुसार चिनियॉले भने बमोजिमको भाषा प्रयोग गरेर पत्राचार गरिएको हो । परराष्ट्रले पनि सोही व्यहोराको पत्र चीन सरकारलाई पठाएको छ । चिनियॉ अधिकारीले भने तत्कालका लागि बेलीब्रीज राख्ने मौखिक जानकारी दिएका छन् । रसुवामा पनि बेलीब्रीज राखेकाले सोही अनुरुप गर्न लागको परराष्ट्रले स्रोतले बतायो । सडक विभागका महानिर्देशक माधव कार्कीले चीनलाई भूकम्प आउनु अगावै सीमा क्षेत्रको सडक बनाउन अनुरोध गरिएको थियो । भूकम्पपछि मितेरी पुल पनि जोडिएको छ, कार्कीले भने, ‘उक्त पुलको प्राविधिक पक्ष चिनियॉ पक्षलाई बढी जानकारी भएकाले पनि उनीहरुको संलग्नता अपरिहार्यछ ।’ #ekantipur