दैलेख मुलुकको २५ औं खुला दिशामुक्त जिल्ला घोषणा भएको छ । खुल्ला रुपमा दिसापिसाव गरेकै कारण झाडापखाला फैलिएर पटक पटक धेरैले ज्यान गुमाएपछि आफु र आफ्नो घर आँगन सफा गर्ने अभियानलाई स्थानीयहरुले तिब्रता दिएका थिए ।।
Showing posts with label स्वास्थ्य. Show all posts
Showing posts with label स्वास्थ्य. Show all posts
Monday, June 22, 2015
ग्यास्ट्रिक होला’ भन्दै बस्दा क्यान्सर
सिन्धुपाल्चोक ।
रोग लुकाएर समयमै उपचार नगर्दा दुर्गम तथा विकट क्षेत्रमा पर्ने
सुनखानी गाविस–२ सिन्धुपाल्चोककी ४१ वर्षीया
सञ्चमायाँ तामाङ अहिले आन्द्रमा क्यान्सर भएपछि पछुताउँछिन् ।
गत ०७१ असारमा पेट दुख्ने समस्याले पिरल्थो उनलाई ।
‘ग्यास्ट्रिक होला’ भनेर लामो
समयसम्म रोग लुकाएर उपचार नगरेपछि अहिले त्यही रोग अहिले आन्द्राको
मेरो क्यान्सर बनेको भक्तपुर क्यान्सर अस्पतालमा उपचार गर्दै गरेकी
सञ्चमायाँ बताउँछिन् ।
‘यसअघि बेला बेलामा पेट दुख्न थालेको थियो, ग्यास्ट्रिक भन्दै वास्ता गरिएन । अलि गाह्रो
भएपछि अस्पतालमा गएर स्वास्थ्य परिक्षण गर्दा आन्द्रामा क्यान्सर भएको रिपोर्ट
आयो,’ उनले भनिन् । असार महिनादेखि दुख्न थालेको पेट पुस महिनासम्म दुखिरह्यो ।
ओम अस्पताल चावहिलमा स्वास्थ्य परिक्षण गर्न गएका बेला सिटीस्क्यान
गरेर हेर्दा आन्द्रामा क्यान्सर भएको स्वास्थ्यकर्मीले सुनाए । क्यान्सर
भएको सुन्नेवित्तिकै उनलाई झन् चिन्ता थपियो । १२ उर्तिण गरिसकेकी २४
वर्षीया छोरी शर्मिला, स्नातक तहमा पढ्दै गरेकी २०
वर्षीय छोरा युवराज र १८ वर्षीया अर्की
छोरी प्रमिलाको भविष्यले निकै सताउँछ सञ्चमायालाई ।
‘म त आर्थिक अवस्था
कमजोर भएका कारणले उपचार नभएर मर्छु तर म मरे भने मेरो श्रीमान र
छोरा‐छोरीको बिच्चली हुन्छ,’ भक्तपुर क्यान्सर अस्पतालको
३०२ नम्बर बेडमा उपचार गर्र्दै गरेकी सञ्चमायाले भनिन् ।
गरिवी र अशिक्षाका कारण ग्यास्ट्रिक भयो भनेर ग्यास्ट्रिकको
औषधी र ब्रुफिन खाएपछि क्यान्सर रोगले ग्रसित सञ्चमायालाई
पीडामाथि पीडा थपिएको छ । गएको वैशाख १२ गते र २९ गतेको
भूकम्पका कारण सिन्धुपलाञ्चोक जिल्लामा मानविय र घर पूर्ण क्षति भएपछि झन् उनको
मन भत्केको छ । आफ्नो घर र भत्केको जिल्लाको अवस्थाबारे उनले देख्न पाएकि छैनन् ।
बेला‐बेला आएको पराकम्पनका कारण काठमाण्डौमा बस्दै आएकी
छोरी र त्रिपालमा एक्लै बसेका श्रीमान नक्कलबहादुर लामाको
चिन्ता छ उनलाई । विरामी आमाको स्याहार सुसार छोरा युवराजले गरिरहेछन् ।
खेतवारी बेचेर आमाको उपचारमा दिनरात खटिरहेका उनी उपचारलाई
कसरी पैसा जुटाउने होला भन्छन् । ‘आमाको मात्र उपचार भयो भने सडकमै
विस्थाीपत भएर बसौँला तर पैसा खोज्दा खोज्दै हैरान भइसके,’ युवराजले भने ।
६ महिना बितिसक्यो, ६ लाख खर्च भैसक्यो तर अझै थप ६ महिना अस्पतालमा राख्नुपर्ने
सल्लाह दिन्छन् चिकित्सकहरु । खेतबारी सक्दा पनि निको नभएकाले यो परिवार
थप तनाबमा छ ।
श्रीमतीलाई क्यान्सर भएर पीडामा परेका
नक्कलबहादुरलाई भूकम्पले झन झड्का दिइरहेको छ । बिहान बेलुकाको छाक टार्न समेत
धौ–धौँ उनलाई भोक न निन्द्रा भएको छ ।
आर्थिक अवस्था कमजोर भएका कारणले अहिले
उनले टहरा समेत बनाउन सकेका छैनन् ।
यसैबीच अस्पतालमा छटपट्याई रहेकी
क्यान्सरपीडित सञ्चमायालाई प्रवासी तामाङ एकता समाज मलेसिया
केन्द्रबाट संकलित २१ हजार रकम उक्त समाजका निवर्तमान अध्यक्ष अमर लामा,
तामाङ एकता प्रवासी महासंघ नेपालका अध्यक्ष फूर्पा ग्याल्पो लामा र
केन्द्रिय सदस्य धनबहादुर ग्लानले हस्तान्तरण गर्दा गलिएको शरीर र
न्याउरो अनुहारमा उनले लामो सास फेरिन् । उनले उनीहरुलाई आग्रह गरिन्,
‘मेरो ज्यान बचाउनुस् र बाँच्न चाहान्छु ।’
Sunday, June 21, 2015
चटपटेमा एसिड हाल्ने गरिएको खुलासा, चटपटे खानेको अान्द्रामा घाउ
अधिकांश चटपटे पसलले सर्वसाधारणको स्वास्थ्यमाथि नराम्रो ढङ्गले खेलबाड गरिरहेको पाइएको छ, यो इलामको खबर हो ।
चटपटेमा कागतीको अमिलोको सट्टा मिसाइने भेनेगर नामक अमिलोले चटपटे खानेहरुमा गम्भीर समस्या निम्त्याइरहेको छ । बिहानदेखि बेलुकैसम्म चटपटेको अगाडि साना नानीदेखि युवायुवतीको लर्काे लाग्छ । चटपटेले हाम्रो स्वास्थ्यमा नराम्रो असर पुर्याइरहेको छ ।
भेनेगरको अमिलोका कारण आन्द्रामा घाउ हुन थालेपछि यसको असरबारे सर्वत्र चर्चा हुन थालेको छ । चिकित्सकको एक अध्ययनले चटपटेमा भेनेगर (एसिड) अमिलो हालेर खाएका कारण आन्द्रामा विभिन्न घाउ हुन थालेको देखिएको छ ।
जथाभावी खुलेका चटपटे पसलमा नछोपी राखेको खानेकुरा, भेनेगरको अमिलोले स्वास्थ्यमा गम्भीर असर पु¥याउन थालेपछि जिल्ला प्रशासन कार्यालय इलामले समेत यसमाथि निगरानी बढाउन थालेको छ सेतोपाटीडटकममा खबर छ ।
तनावले रोग बढाउँछ, होसियार !
आफूले आँटेको केही काम पूरा नहुँदा वा सोचेको कुरा नपुग्दा मानिसलाई तनाव हुने गर्छ । आफुले केही राम्रो गर्न खोज्दा खोज्दै पनि त्यो नहुँदा तनाव हुनु स्वभाविक हो तर धेरै तनाव लिएपछि विभिन्न प्रकारका रोग लाग्ने देखिएको छ ।
बढी तनाव लिँदा अल्सर जस्ता रोग लाग्न सक्ने भएकाले सचेत हुन विज्ञले सुझाएका हुन् । मनोविमर्शकर्ता दृष्टि गुरुङका अनुसार मन र शरीरबीच सम्बन्ध हुने भएकाले बढी तनाव हुँदा एसिडिटी, उच्च रक्तपात लगायतका समस्या उत्पन्न हुन्छ र यसले अल्सर र मुटुको रोग पनि लाग्न सक्छ । त्यसैले आफ्नो दैनिकीमा हानी गर्ने गरी तनाव बढ्नु अघि नै यसको उपचार खोज्नु आवश्यक छ ।
तनाव बढेको कसरी थाहा पाउने ?
निद्रा नलाग्ने, खाना नरुच्ने, शरीरको विभिन्न भाग दुख्ने, जोर्नी दुख्ने, वाकवाक लाग्ने, मुटु ढुकढुक हुने, एक्लै भएको मशसुश हुने, धेरै रिस उठ्ने, चिटचिटापन बढ्ने, सुत्न नसक्ने र खान समस्या हुनु तनावका लक्षण हुन् ।
जीवनमा हुने उतारचढावका कारण पनि धेरैले तनाव लिने गरेका छन् । तनाव धेरै हुँदा व्यक्तिमा विभिन्न प्रकारका परिवर्तन आउँछ । चाहेर होस् वा नचाहेर उसको व्यवहार, सोचाई र शारीरिक रुपमा परिवर्तन हुन्छ ।
व्यवहारिक परिवर्तन
काम गर्न मन नलाग्ने, मन लागेपनि ध्यान दिन गाह्रो हुने, जीवनप्रति हरेस खाने, मादक पदार्थ धेरै खान थाल्ने । सबैभन्दा पहिले त समस्याको समाधान खोज्नु नै उपयुक्त हुन्छ । तर समयमा उपाय ननिस्किए तनाव बढ्नु स्वभाविक हो । यहि तनाव बढ्दा एसिडिटी, उच्च रक्तपात, अल्सरसँगै मुटु सम्बन्धी समस्या सुरु हुने भएकाले सचेत हुनु आवश्यक छ । तनावबाट मुक्त हुन के गर्न सकिन्छ त ?
तनाव कम गर्ने उपाय पनि व्यक्तिको इच्छा र व्यवहारमा भर पर्छ । उसको रुची अनुसारका काम गर्दा पनि तनाव कम हुन्छ । त्यसैले आफुलाई खुसी मिल्ने कामको पहिचान गर्ने । तनाव कम गराउन यसले मद्दत गर्छ । मनको भार, दुःख, पीडा बिर्साउन सहयोग हुने काम गर्दा पनि तनाव कम हुन्छ ।
योसँगै अरु के गर्ने त ?
सकेसम्म पहिले कै दैनिकीमा फर्कने ।
समस्याबाट भाग्ने भन्दा पनि जुध्न सिक्नुपर्छ ।
आफ्नो मनमिल्ने व्यक्तिसँग कुरा साट्ने ।
आफुलाई सन्तुष्टि मिल्ने काम गर्ने ।
घुम्न जाने, रमाइलो गर्ने, पहिलेका कुरा सम्झने, साथीभाई भेट्ने, गीत सुन्ने, चित्र बनाउने, अरुलाई सहयोग गर्ने, जुन काम गर्दा तपाईंलाई आत्मसन्तुष्टि मिल्छ त्यहि काम गर्ने ।
ध्यान, योग वा आफुलाई मनपर्ने कुनै काम गर्दा अथवा आप्mनो समस्या अरुसँग साट्दा पनि तनाव कम हुने मनाविमर्शकर्ता गुरुङको भनाई छ । दैनिकीमा परिवर्तन आउने गरी एक महिना भन्दा धेरै समय तनाव बढे मनोचिकित्सक वा मनोविमर्शकर्ताकोमा सल्लाहको लागि जानुपर्छ ।

। उज्यालोअनलाइन
Monday, June 15, 2015
भारतमा प्रतिबन्ध लगाएको चाउचाउ नेपालमा खान पाइने
असार १ ।
सरकारले नेस्ले इण्डिया लिमिटेडको उत्पादन 'म्यागी' चाउचाउ नेपालमा बिक्री फुकुवा गर्ने तयारी गरेको छ। भारत सरकारले भने विभिन्न स्थानीय प्रदेशमा उक्त चाउचाउमा आवश्यक मापदण्डभन्दा बढी परिमाणमा सिसा(लिड)को मात्रा पाइएको र अजिनोमोटो(मोनोसोडियम ग्लूटामेट-एमएसजी) पाइएको भन्दै बिक्री गर्न रोग लगाएको छ।
विभागका महानिर्देशक संजिवकुमार कर्णले नेस्ले इण्डियाले म्यागी ब्रान्डको प्याकेटमा 'नो एडेड एमएसजी' (चाउचाउमा अजिनोमोटो मिसाइएको छैंन्) भन्ने सन्देश लेखेर उपभोक्तालाई 'भ्रमपूर्ण' विज्ञापन गरेको दावी गरेका छन्।
चाउचाउ सरकारले तोकेको मापदण्ड नजिक रहेको भन्दै फुकुवाको तयारी थालिएको हो। बाहिर जे जस्तो हल्ला आए पनि प्रयोगशालामा परीक्षण गर्दा चाउचाउमा मापदण्डभित्रै सिसाको परिमाण र अजिनोमोटो पाइएको दाबी गर्दै विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने,'यो मात्रालाई अखाद्य र अस्वस्थ्य खाद्य पदार्थ मान्न सकिन्न्।
म्यागी चाउचाउलाई खान अयोग्य छ भनेर भन्न सकिँदैन्। गोलभेंडा, मासु र च्याउमा पनि प्राकृतिक रूपमा अजिनोमोटो पाइन्छ। यसमा पनि त्यही हो।' अन्नपुर्णपोष्टमा खबर छ ।
भ्रमपूर्ण विज्ञापन गरेको अभियोगमा खाद्य ऐनअनुसार एकहजार रुपैयाँ जरिवाना गराएर फुकुवा गर्न सकिने विभागले जनाएको छ।
'तर तत्कालका लागि केही दिन अझै बिक्री वितरणमा लागेको 'रोक' कायमै हुन्छ,' महानिर्देशक कर्णले भने। विभागले परीक्षणका लागि लिएको नमूनामध्ये म्यागी, वाइवाई र यमयम चाउचाउमा मापदण्डभित्रै सिसाको परिमाण भेटिएको दाबी गरेको छ।
भारतीय सञ्चारमाध्यमकाअनुसार १३ वटा नमूनामध्ये १० वटामा सिसाको मात्रा अत्यधिक परिमाणमा भेटिएको थियो।
म्यागीमा सिन्थेटिक खाद्य रंगका साथै अजिनोमोटोको मात्रा पनि तोकिएको मापदण्डभन्दा बढी भेटिएको भन्दै भारतका विभिन्न ठूला सहरमा बिक्रीरोक लगाएर उक्त चाउचाउ विरू द्ध मुद्दा दायर गर्ने तयारी गरिएको छ। म्यागीमा बीएचए र बिएचटीजस्ता रसायन पनि भेटिएको छ। यो रसायन म्यागीको तेलमा पाइएको छ।
'भारतका विश्व बिख्यात प्रयोगशालाले त्यही ब्रान्डको चाउचाउमा अजिनोमोटो र सिसाको धेरै परिमाण भेटिएको प्रतिवेदन दिएको छ,' खाद्य विभागका वरिष्ठ एक वैज्ञानिकले भने,'तर विभागको प्रयोगशालाले सामान्य भएको निष्कर्ष दिएको छ। विभागको प्रतिवेदनमा सन्तोष गर्ने स्थान छैन्।
विभागको प्रतिवेदन 'शंका' को घेरामा छ।' वैज्ञानिकका अनुसार विभागको प्रयोगशाला पूर्णरूपमा सुविधासम्पन्न छैन्। उनले भने,'सामान्य परीक्षण गर्ने क्षमताको प्रयोगशाला भए पनि सुक्षम परीक्षण गर्ने क्षमताको प्रयोगशाला पनि छैन्।'
विभागले अन्य चाउचाउको परीक्षण भइरहेकाले तत्कालै केही जानकारी दिन नसक्ने बताएको छ। भारतमा म्यागी चाउचाउको प्रकरण बाहिर आए लगत्तै विभागले जेठ २१ गतेदेखि नेपालमा पनि बिक्रीमा रोक लगाएको थियो।
त्रिभुवन विश्व विद्यालयका खाद्य प्रविधि वैज्ञानिक तथा प्राध्यापक डा.दीलीप सुब्बाका अनुसार अजिनोमोटोयुक्त खाद्य पदार्थको नियमित सेवनका कारण क्यान्सर, ह्रदयाघात, मस्तिक्स शून्य अवस्थामा पुगेर केही वा धेरै बेरसम्मका लागि सुस्त हुने, आँखा दुख्ने, बिर्सने, टाउको दुख्ने, उच्च रक्तचापलगायतका समस्या आउँछन्।
यस्तै खाद्य पदार्थमा पाइने सिसा रक्तनलीमा पुगेर रातो रक्त कोशिकालाई मार्ने,रक्त कोशिका मृत भए पनि रगतको अभाव भएर अक्सिजनको मात्रा घट्ेर सेवनकर्ताको मृत्यु हुने सम्भावना हुन्छ।
सिसाले मृगौलामा असर पुर्याउनुका साथै छारेरोग, मस्तिक्स, स्नायुप्रणाली, पेट दुख्ने, तौल घट्ने, कब्जियत हुने, अनिद्रा लगाउने रोग निम्त्याउन सक्छ। म्यागी विश्वका एक सय ३० देशमा बिक्री हुन्छ।
प्रत्येक वर्ष औसतमा आठ अर्बभन्दा बढी प्याकेट म्यागी चाउचाउ विश्वभरिका उपभोक्त ाले उपभोग गर्दै आएका छन्।
Subscribe to:
Posts (Atom)