Thursday, September 03, 2015

तत्काल एमआरपी बनाउन आग्रह

सरकारले मंसिर पहिलो सातादेखि हस्तलिखित पासपोर्ट संसारभर मान्य नहुने हुनाले तत्काल मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन आग्रह गरेको छ । राहदानी विभागले एक सूचना जारी गर्दै विदेशमा भएका आफन्तलाई त्यस्तो पासपोर्ट बनाउन खबर गर्न पनि आग्रह गरेको हो ।
सरकारले २०६७ पुसमा एमआरपी जारी गरेयता करिब ३७ लाखले बनाइसकेको भए पनि अझै केहीसँग हस्तलिखित पासपोर्ट हुनुपर्ने सरकारको अनुमान छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को बाध्यकारी नियमअनुरूप एमआरपी जारी गरिएको हो । हस्तलिखित पासपोर्ट लिएर यात्रा गर्नेलाई कुनै पनि विमानस्थलले रोक्ने वा फर्काउन सक्ने भएकाले तत्काल एमआरपी बनाउन विभागले आग्रह गरेको हो । पटक-पटक यस्तो सूचना जारी गरे पनि दूतावासमार्फत उल्लेख्य आवेदन नआएपछि सरकारले पुनः सूचना जारी गरेको हो ।

अब एमआरपीका लागि चाहिँदैन आवेदन फाराम र फोटो
--------------------------------------------------------------
काठमाडौं । यदि तपाँई पासपोर्ट बनाउदै हुनुहुन्छ भने असोज दोस्रो सातादेखि आवेदन फारम भर्ने र फोटो खिच्ने झन्झटबाट मुक्त हुनुहुने भएको छ । नागरिकता र यसअघि पासपोर्ट बनाएको भए पुरानो पासपोर्टसहित राहदानी विभाग र विदेश स्थित आठ नियोग पुगे त्यहीँ प्रत्यक्ष दर्ता -लाईभ इन्रोलमेन्ट) प्रणाली अन्तरगत कम्प्युटरमा नै फारम भर्ने, औठाछाप दिने, इलेक्ट्रोनिक हस्ताक्षर गरेर आए पुग्ने भएको छ ।

सरकारले फ्रान्सेली कम्पनी ओवथैरसंग ५० प्रत्यक्ष दर्ता प्रणाली लागू गने सहित २५ लाख पासपोर्ट छाप्न सम्झौता गरेपछि त्यसको काम अघि बढेको हो । सबै तयारी भइरहेको परराष्ट्र अधिकारीले जानकारी दिए । पहिलो चरणमा राहदानी विभागमा आठ प्रत्यक्ष दर्ता प्रणाली काउन्टर, कतार, यूएई, मलेसिया, कुवेत, साउदी अरेविया, अमेरिका, बेलायतमा यस्तो प्रत्यक्ष दर्ता प्रणाली राखिने विभागमा महानिर्देशक लोकबहादुर थापाले कान्तिपुरलाई दिए । 'असोज दोस्रो या तेस्रो साता देखी नै नयाँ सेवा नै आरम्भ हुनेछ, त्यही अनुरुप काम अघि बढेको छ' उनले भने ।
नेपालीको धेरै चाप हुने आठ नियोगमा राहदानी वितरणका लागि 'लाइभ इन्रोलमेन्ट प्रणाली' लागू गर्ने निर्णय एक महिना अघि भएको हो । अब ती देशमा बस्ने नेपालीले फाराम भरेर दूतावासमा पुगेर फारम बोकेर लाइन बस्नु पर्दैन भने विभिागमा आउनेले पनि फारम बोकेर आउनु पर्दैन, महनिर्देशक थापाले भने । इन्टरनेट वा फोनबाट टाइम लिई राहदानी र नागरिकता लिएर गएपुग्छ । यस प्रणालीअनुसार कम्प्युटरबाट सिधै फोटो खिचेपछि फाराम पनि त्यहीं बसेर भर्ने र इलेक्ट्रोनिक हस्ताक्षर तथा औंठाछाप दिनुपर्ने हुन्छ ।
फाराम भर्नेबित्तिकै पासपोर्ट बनाउने विभागमा तत्काल पुग्नेहुनाले नियोगमा राहदानी पनि छिटो पुग्ने पनि उनले बताए । सरकारले यो प्रणाली २ वर्षदेखि लागू गनर्ेे प्रयास गरिरहेको थियो तर नया टेण्डरमा गएपछिमात्र लागू गर्नपर्ने भएपछि केही ढिलो भएको, उनको दावी छ । नयाँ टेन्डरबाट लागू गर्ने भनिए पनि समयको अभाव भन्दै सरकारले अन्तरिम व्यवस्था र परीक्षणका लागि यस्तो सम्झौता गरेको अधिकारीहरु बताउछन । सरकारले तत्काल ग्लोबल टेन्डर गर्न सक्ने अवस्था नरहेकाले राहदानी विभागले तयार पारेको तीन विकल्पमध्ये मध्यमार्गी बाटोका रूपमा ८ नियोगमा ५० वटा लाइभ इन्रोलमेन्ट प्रणाली आरम्भ गर्ने प्रावधानलाई मन्त्रीपरिषदबाट पारित गरेपछि सम्झौता भएर काम अघि बढेको हो ।
यस प्रणालीअन्तर्गत छापिने राहदानी अहिलेको भन्दा १ दशमलव ३० अमेरिकी डलर महँगो पर्नेछ । तर, लाइभ इन्रोलमेन्ट विदेशी नियोगमा कम्पनीले नै जडान गर्ने र त्यसको जनशक्तिलाई पनि कम्पनीले प्रशिक्षण दिने हुनाले घाटा नरहेको दाबी परराष्ट्र मन्त्रालयको छ । हाल ओर्वथरले ३ दशमलव ५९ अमेरिकी डलरमा राहदानी छाप्दै आएको छ । नेपालभर 'लाइभ इन्रोलमेन्ट प्रणाली' राख्न भने प्राविधिक कठिनाई हुनसक्ने र महंगो पनि हुने हुनाले तत्कालको लागि परिक्षण भनेर विभाग र नेपालीको चाप हुने नियोगमा लागू गर्न लागेको हो । यो प्रणाली लागू भएपछि फोटो कहाँ खिच्ने, फाराम कसले भरिदिने जस्ता समस्याबाट सर्वसाधारण मुक्त हुनेछन् । दूतावासले फाराम नखुम्चाईकन विभागमा पठाउने झन्झट गर्नुपर्दैन । यसबाट पनि खर्च बचत हुने सरकारी धारणा छ ।
यो सँगै सरकारले तत्काल ग्लोबल टेन्डर प्रक्रिया अघि बढाएको छ । परराष्ट्रका कामुसचिव शंकरदास बैरागीले पनि यो व्यवस्था अन्तरिम भएको जानकारी दिँदै ग्लोवल टेन्डरमा जाने जानकारी यसअघि संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिलाई जानकारी दिएका थिए । सन् २०१० मा ओवर्थरसँग सम्झौता भएयता डाटा सेन्ट्रलाइज गर्न नसकेको र अहिलेको सम्झौताले डाटा समेत आफ्रनो नियन्त्रणमा ब्यवस्थित हुने उल्लेख छ । डाटा प्रणाली लिन सकेको भए अहिले नै पनि अन्तर्राष्ट्रिय टेन्डरमा जान सकिने भए पनि त्यसमा ओवर्थर माथि रहेकोले यस्तो मध्यमार्ग अपनाउन परेको एक अधिकारीले बताए । करिव ३८ लाख एमआरपी छपाई गरिसकेको राहदानी विभागले अव मंसिर पहिलो साता भित्र हस्तलिखित विस्थापित गर्नपर्नेहुन्छ ।

फोटोकपि मेसिन प्रयोग गरेर नक्कली नोट

तस्करहरूले कलर पिन्टरको माध्यमबाट नक्कली नोट छपाउने गरेको पाइएको छ । फोटोकपी मेसिन, कलर प्रिन्टर र फोटोकपी पेपरबाट नेपाली नक्कली नोट छाप्ने गरेको रहस्य खुलेको हो ।
मंगलबार १ लाख ४८ हजार नक्कली नोटसहित पक्राउ परेका नुवाकोटका दीपेन्द्र न्यौपानेले प्रहरीसँगको बयानमा चाँडै धनी हुने लोममा जाली नोट छपाउँदै आएको स्वीकार गरेका छन् । नक्कली नोट बजारसम्म पुर्याउन तस्करले भरियालाई १ हजार रुपैयाँबात २ देखि ३०० रुपैयाँसम्म कमिसन दिने गरेको पनि खुलेको छ ।
प्रहरीले १३५ थान छापिसकेको र १३ थान फोटोकपी पेपरमा एकातर्फ प्रिन्ट गरिएको अवस्थामा बरामद गरेको आजको कारोबार दैनिकमा खबर छ ।

विश्व वरियतामा नेपाल एक स्थान तल झर्‍यो



१७ भदौ । विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको नयाँ वरियता क्रममा नेपाल एक स्थान तल झरेको छ ।

बिहीबार सार्वजनिक वरियता क्रममा नेपाल १८५ औं स्थानमा छ । नेपाल सार्क देशहरुमा सबैभन्दा पछाडि छ ।



सार्क देशको शीर्ष स्थानमा अफगानिस्तान छ । अफगानिस्तान १३० औं स्थानमा छ । भारत एक स्थानमाथि उक्लिएर १५५ औं नम्बरमा पुगेको छ ।

भुटान १६४ औं स्थानमा कायमै छ । पाकिस्तान एक स्थान माथि उक्लिएको छ र १७० औं नम्बरमा छ । तीन स्थान तल झरेको बंगलादेश १७३, दुई स्थानतल झरेको माल्दिभ्स १७७ र दुई स्थान तल झरेको श्रीलंका १८४ औं स्थानमा छ ।

फिफाको विश्व वरियतामा शीर्ष सात टीममा कुनै परिवर्तन भएको छैन । अर्जेन्टिना शीर्ष स्थानमा छ । बेल्जियम दोस्रो, जर्मनी तेस्रो, कोलम्बिया चौथो, ब्राजिल पाँचौ, पोर्चुगल छैटौं र रोमानिया सातौं स्थानमा छ ।

चिली दुई स्थानमाथि उक्लिएको छ र आठौं नम्बरमा छ । वेल्स नवौं नम्बरमा छ भने दुई स्थान तल झरेको इंग्ल्याण्ड दशौं नम्बरमा छ । फिफा वरियतामा वेल्सले इंग्ल्याण्डलाई उछिनेको यो पहिलो पटक हो ।

भूकम्प प्रभावित क्षेत्रमा एनजीओहरु असफल

सिन्धुपाल्चोक । 

भूकम्पले भत्किएको विद्यालयहरुमा अस्थायी टहरा निर्माणको जिम्मेवारी लिएका संघ–संस्थाहरु काम गर्न असफल भएको छ । संघ–संस्थाहरुले जेजति अस्थायी टहरा निर्माण गरेका छन् त्यसमा पनि व्यापक अनियमितता भएको आरोप लागेको छ । 

 अस्थायी टहरा निर्माणको जिम्मेवारी लएका संघ–संस्थाहरुले अस्थायी टहरा निर्माणमा लागेको विद्यालयगत खर्च विवरण पेश गर्न नसकिएको र आगामी २४ गते जिल्ला दैवीप्रकोप समितिको बैठकमा अनिवार्य रुपमा आर्थिक विवरण पेश गर्न जिल्ला शिक्षा कार्यालयले पत्रचार समेत गरेको छ । 
 भूकम्पले भवन ध्वस्त भएको विद्यालयहरुमा अस्थायी टहरा निर्माणको जिम्मेवारी लिएका संघ–संस्थाहरुले काम गर्न नसकेपछि अधिकाँश विद्यालयहरुले एउटै कक्षाकोठामा बहुकक्षा संचालन गर्नु परेको जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 
 जिल्लाका ५ सय ४७ वटा विद्यालयका ४ हजारभन्दा वढी भवन निर्माणका लागि ५१ वटा संघ–संस्थाहरुले जिम्मेवारी लिएका थिए । अस्थायी टहरा निर्माणका लागि बेटास फाउण्डेशन, चाइल्डफण्डक्यारिटस नेपाल, क्यारिटस स्वीजरल्याण्ड, चाईल्ड फण्ड जापान,  क्रिष्टिन एड मिनिष्ट्रज, जीएमएसपी, हैबुङ्ग युथ, हेलम्बु एजुकेशन एण्ड लाईभहुड, किरडाक, प्लान इन्टरनेशनल, सेफ द चिल्ड्रेन  लगायतका संघ संस्थाहरु अस्थायी टहरा निर्माणका लागि असफल भएको जनाएको छ । 
 अस्थायी टहरा निर्माणको जिम्मेवारी लिएका संघ संस्थाहरुले तोकिएको समयमा अस्थायी टहरा निर्माण गर्न नसकेपछि अब अस्थायी टहरा निर्माणको कुनै अर्थ नभएको जनाएदै जिल्ला शिक्षा कार्यालयले अस्थायी टहरा निर्माणमा रोक रोक लगाएको छ । बर्षादको समय सक्नै लागेकाले अस्थायी टहरा निर्माणको कुनै अर्थ नभएको र अब स्थायी संरचना निर्माणमा जुट्नु पर्ने जिल्ला शिक्षा कार्यालयको भनाई छ ।
 जिल्ला शिक्षा कार्यालयसँग च्वाईस नेपाल नामक संस्थाले १६ वटा विद्यालयमा टेण्डको व्यवस्था गर्ने सम्झौता गरिएको तर कुनैपनि विद्यालयमा टेण्ड उपलब्ध नगराएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विभिन संघ–संस्थाहरुले भूकम्प प्रभावित सिन्धुपाल्चोक जिल्लामा अस्थायी टहरा, सौचालय, खानेपानीको व्यवस्था, शैक्षिक सामग्री जस्ता विविभन्न १३ किसिमका वस्तुहरु उपलब्ध गराउने सम्झौता गरेका थिए । 
 भूकम्प प्रभावित विद्यालयहरुमा अस्थायी टहरा निर्माण गर्न 
 रिभ्यू एण्ड लेसनलर्न वर्कसप एजुकेशन क्लष्टर विषयक उक्त कार्यक्रममा अस्थायी टहरा निर्माणको जिम्मेवारी लएका संस्थाहरुले बिना संकोच प्रगति विवरण पेश गर्दै लक्ष्य बमोजिम कार्यक्रम सम्पन्न गर्न नसक्नुमा अनेक बहाना रचेका थिए पाँचपोखरीन्युजमा खबर छ । । जिल्लाको विभिन्न भागमा कार्यक्षेत्र तोकी जिम्मेवारी लिएका संघ–संस्थाहरुले व्यापक अनियमितता गरेको स्थानीय वासिन्दाहरुको समेत भनाई छ । 
यसै सन्दर्भमा जिल्ला शिक्षा कार्यालयमा सम्पर्क गर्दा अस्थायी टहरा निर्माणको जिम्मेवारी लिएका संघ–संस्थाहरुले जिम्मेवारी पूरा नगरेको र अस्थायी टहरा निर्माण गरेका संघ–संस्थाहरुले पनि आर्थिक पारदर्शिता अपनाउन नसकिएको जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकका सहायक जिल्ला शिक्षा अधिकारी सेमन्तराज कोइरालाले बताएका छन् । अस्थायी टहरा निर्माण लगायतका विविभन्न भौतिक संरचना निर्माणको जिम्मेवारी लिएका संस्थाहरुले विद्यालयगत खर्च विवरण पेश गर्न नसकिएको जनाएको छ । 
 भूकम्पले भौतिक संरचना ध्वस्त भएका सिन्धुपाल्चोकको विकटवस्तीस्थित गोल्चे, तातोपानी, फुल्पिङकट्टी र घोर्थली गाविसमा अस्थायी टहरा निर्माणका लागि कुनै संस्था नगएकाले उक्त गाविसका विद्यालयको अवस्था अत्यन्तै नाजूक रहेको समेत शिक्षा कार्यालयले जनाएको छ ।

नसकेपछि जिल्ला शिक्षा कार्यालयले हालै जिम्मेवारी लिएका ५१ वटा संघ–संस्थाहरु बोलाएर एक अन्तरक्रिया कार्यक्रम आयोजना गरिए तापनि जम्मा १७ वटा मात्र संस्था सहभागी भएको जनाएको छ । शिक्षा कार्यालयले भनेको छ– ‘गर्छु भनेको काम पनि गरेनन् र समिक्षा बैठकमा समेत सहभागी भएन ।’ 

Wednesday, September 02, 2015

सिन्धुपाल्चोकमा बिहानै भुकम्प


भदै १७, सिन्धुपाल्चोक 
बिहीबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।
बिहान ५: १० बजे ४.३ म्याग्निच्यूड क्षमताको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बैशाख १२ गते बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको चार महिना पुग्न लाग्दासमेत परकम्प जाने क्रम रोकिएको छैन ।
भूकम्पपछि चार रिक्टरमाथिका ३८६ परकम्प गइसकेका भूकम्प मापन केन्द्रले जनाएको छ ।

Tuesday, July 28, 2015

उपचारका लागि आर्थिक सहयोगको अपिल गर्दै दीपेन्द्र मोक्तान, यौनाङ्गमा इन्फेक्सन हुँदा पाइपबाट पिसाब फेर्न बाध्य

काठमाडौँ : रामेछाप  घर भएका २७ वर्षीया दीपेन्द्र मोक्तानले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन् ।दुर्घटनामा परी सक्त घाइते भएका मोक्तानको शरीर चल्दैन । अहिले उनी ह्वीलचेयरको साहारामा वीर  अस्पतालमा बाँचीरहेका छन् ।
काठको काम गर्दा दुर्घटनामा परी अपाङ्ग भएका मोक्तानको यौनाङ्गमा इन्फेक्सन हुँदा पाइप मार्फत पिसाब गर्न बाध्य छन् । मोक्तानले पिसाब फेर्नका लागि अहिले प्रयोग गरेको पाइप १५  दिनमा फेर्नु पर्ने डाक्टरले बताएका छन् । तत्काल पाइप फेर्न नसक्दा उनको यौनाङ्गमा इन्फेक्सन हुँदा विभिन्न समस्या आइपरेको कलाकार एंव समाजसेवी गीता अधिकारीले बताइन् । एक महिनाको लागि औषधी लिएर रामछाप फर्किएका छन् । उनलाई अधिकारीले एक महिनाको लागि औषधी किनेर सहयोग गरेकी हुन् ।

गरिब परिवारका मोक्तानको घर भूकम्पले भत्किएको छ । मोक्तानको उपचारका लागि अहिले महंगो औषधी प्रयोग गरिरहेका छन् । उनलाई सहयोग गर्न उनको फोन नम्बर ९८०८२३९१९४ मा सम्पर्क गर्न सकिनेछ ।

यी ५ कुरा फेसबुकमा राख्दा तपाँर्इ जेल सजाँयको भागिदार हुनसक्नुहुन्छ

यी ५ कुरा झुक्किएर पनि फेसबुकमा नहाल्नुस् ! जेल सजाय हुन सक्छ
फेसबुकले मानिसलाई धेरै सजिलो बनाइदिएको छ । मानिसहरुले यसको सही हिसाबले पनि प्रयोग गरेका छन् र दुरुपयोग पनि गरिरहेका छन् ।फेसबुक ट्वीटरमा जे पायो त्यही पोष्ट गर्ने वा सन्देश पठाउने मानिसहरु सावधान हुन जरुरी छ । सामाजिक सञ्जालका प्रयोगकर्ता बढेका र अपराध पनि बढ्दै गएकाले यसबारे विभिन्न कानुन बन्दै गएका छन् । केही समय पहिले भन्दा अहिले मानिसहरु सचेत पनि भएका देखिन्छन् । 

नक्कली अकाण्ट बनाउने, भद्दा र अश्लिल कमेन्ट गर्ने आपत्तिजनक पोष्ट गर्ने, अनलाइनबाटै मानिसहरुलाई धम्काउने वा सताउने गर्छन् कतिपय मानिसले । आफ्नो फेसबुक हो भन्दैमा जे गर्न पनि पाइन्छ भन्ने ठान्नु भएको छ भने समस्यामा पर्नु होला । भविष्य नै बरवाद समेत हुन सक्छ ।
जोशमा होश नगुमाउनुस् :
कुनै पनि सामाजिक सञ्जालमा साम्प्रदायिक भड्काव ल्याउने वा अफवाह फैलाउने ब्यक्ति पनि कानूनी कारवाहीको दायरामा पर्छन् । यस्ता ब्यक्तिलाई पनि सार्वजनिक अपराधकै मुद्धामा सजाय हन सक्छ ।
नक्कली अकाण्टबाट बँच्नुस् :
कुनै पनि ब्यक्तिले नक्कली अकाण्ट बनाउनु र त्यसको प्रयोग वा दुरुपयोग गर्नु कानूनी कारवाहीको दायरमा पर्छ । यसो गर्दा तपाइँ प्रहरीको फन्दामा पर्न सक्नु हुन्छ । कुनै पनि ब्यक्तिको अकाण्टबाट अरुलाई घोंचपेच वा दुरुपयोग गर्नेलाई पनि सजाय हुन सक्छ ।
अश्लिल सामग्रीबाट टाढै रहनुस् :
सामाजिक सञ्जालमा अश्लिल सामग्री आदान प्रदान गर्ने वा कुनै अश्लिल कमेन्ट वा कुराकानी गर्ने बानी छ भने आजै देखि छोड्नुस् । अझ कुनै केटा केटीलाई यस्तो गर्नै हुँदैन । यसो गर्दा अनलाइन यौन दुर्व्यवहार वा शोषणको मुद्धामा जेल जान सक्ने खतरा हुन्छ ।
कमेन्ट गर्दा ध्यान दिनुस् :
सामाजिक सञ्जालमा कुनै पनि पोष्ट देख्नु भो भने त्यसलाई लाइक गर्नु वा कमेन्ट गर्नु अघि एक पटक राम्ररी पढ्नुस् । कुनै पनि कन्टेन्ट आपत्तिजनक छ भने त्यसलाई लाइक वा कमेन्ट नगर्नुस् । कुनै पनि ब्यक्तिले राखेको आपत्तिजनक पोष्ट वा सामग्रीमा तपाइँले लाइक वा कमेन्ट गर्नु भो भने साइवर कानूनले तपाइँलाई समेत जेलको हावा खुवाउन सक्छ ।
पोष्ट गर्नु अघि सोंच्नुस् :
कुनै पनि सामग्री वा स्ट्याटस फेसबुकमा वा ट्वीटरमा राख्नु अघि एक पटक विचार गर्नुस् । तपाइँको पोष्ट अश्लिल वा भडकाउ अथवा मानहानी गर्ने खालको छ वा कसैको मानमर्दन र निजि कुराको खुलासा गर्ने किसिमको छ भने तपाइँ समस्यामा पर्न सक्नु हुन्छ । त्यसैगरी कसैको पोष्टमा अश्लिल सामग्री राखिदिनु वा अश्लिल कमेन्ट गर्दा पनि समस्या आउन सक्छ ।

बालकको बलि दिइएको घटनापछि नवलपरासीको एउटा गाउँ अातंकित बनेको छ । भिडियो हेराै ।

घटनाको भिडियो देखाएर व्याख्या गर्नुपूर्व प्रेम बानियाले भने तपाईलाई डर लाग्छ भने कृपया च्यानल परिवर्तन गर्नुहोला अनि भने लौ हेर्नुहोस १० बर्षिय अबोध बालकलाई यिनिहरुले कसरी बलि दिए ।
नवलपरासीमा बलि दिइएका बालक र उनलार्इ बलि दिइएको स्थान




 के एकको ज्यान बचाउनको लागि अर्को हत्या गर्नुपर्छ ? किन कसरी मारियो अबोध बालकलाई ? न्युज २४ टिभिको कार्यक्रम 'पावरन्युज'मा प्रसारण गरिएको  भिडियो हेराैँ । 


Saturday, June 27, 2015

सिन्धुवासी: साहस र धैर्यका धनी

सिन्धुपाल्चोक- महाभूकम्पको शनिबार दुई महिना पूरा भएको छ। विनासकारी भूकम्पबाट सर्वाधिक क्षति व्यहोरेको सिन्धुपाल्चोकमा अहिलेसम्म त्यस्तो बस्ती भेटिएको छैन त्यो सग्लो होस्, त्यस्तो एउटा गाउँ जुन शोकमा नडुबेको होस्।

भूकम्पमा मृत्युको मुखैबाट बाँचेर फर्किएको अनुभूति छ हरेक सिन्धुवासीसँग। अहो! त्यो क्षण चलचित्रको भीमकाय दृश्य हेरेभन्दा कयौँ गुणाबढी कहाली लाग्दो थियो। कुञ्चोक गाविसका महिलाले शब उठाएर झ्याडी खोलामा लस्करै शद्गद् गरेको दृश्य होस् या घुम्थाङका स्थानीयलाई एउटै खाडलमा पुरेको क्षण। सुनकोसी र इन्द्रावती बगरमा सल्किएको दागबत्तीको लप्का र सिन्धुका डाँडाकाँडा धुवाएका ती दिन सम्झँदा अहिले पनि आङ जिरिङ—जिरिङ हुन्छ। लगातारका धक्का, एकसरो लुगा, भोको पेटमा महिला, केटाकेटीको क्रन्दन, बुढाबुढीको हारगुहार कसरी सम्झनु त्यो क्षण?
जत्रै ठूलो विपत्तिमा पनि सम्हालिनुको विकल्प थिएन। सायद यही सत्य बुझेका थिए सिन्धुवासीले। ६० दिनको यो छोटो समयमा अदम्य साहस र धैर्यद्धारा सम्हालिएका सिन्धुवासी मुस्कुराउन सिक्दैछन्, दुई महिने बच्चाले हाँस्न खोजे जस्तै गरी। व्यक्तिगत यत्न, सरकारको अभिभावकत्व र सहयोगी हातको मल्हमपट्टीले लुटिएको त्यो मुस्कान फर्काउँदै छ। आफ्नै बलबुतामा ठडिएको जस्ताको टहरोमार्फत उठेको सन्देश प्रवाह गरेका जिल्लावासीले योसँगै विपद्को पहिलो चरण पार गरेका छन्।
खुला आकाश, त्रिपालको वास हुँदै बर्खा थेग्ने अस्थायी टहरोमा छिरिसकेका भूकम्प पीडित फरक्क सामान्य दिनचर्यामा फर्किसकेका छन्। काँधमा कोदोलो, कोदाली भिरेर मानो खाइ मुरी उब्जाउन खेतीपातीको काममा निस्कन थालेका छन्। लेकमा अगौटे कोदो लगाउने चटारो छ, बेँसीमा हिउँदे धान भित्र्याउने व्यस्तता। फाँटहरुमा सुरिलो लयमा होहोरी होहोको भाका गुञ्जिन सुरु भएको छ। फाँटमा देखिने लाठे र रोपाहारको असारे दोहोरी, हिलोको छ्यापाछ्यापको दृश्यले लाग्छ, भूकम्प पीडित जिल्लावासी सँधैभरिको शोक र दुःखको मानशिकताबाट धेरै माथि उठिसकेका छन्।
महाभूकम्पपछि उद्धार तथा राहतमा खासगरी तीन तहको सहयोग जुट्यो। पहिलो सरकार र उसका च्यानलमार्फत, दोस्रो गैरसरकारी संस्था तेस्रो जनस्तरबाट। यही सहयोगले जिल्लावासीलाई अहिलेसम्म खान लाउन दुःख छैन। सुरुमा केही अल्मलिएको सरकारले त्यसपछि अभिभावककै भूमिका निर्वाह गर्योा। महाभूकम्पको दुई साता निबत्दै सरकारले एलजीसीडीपीमार्फत अस्थायी आवास, खाद्यन्न, सरसफाई र स्वास्थ्यमा खर्च गर्ने गरी प्रतिगाविस ९ लाखका दरले ६ करोड ६० लाख रुपैयाँ उपलब्ध गरायो। त्यतिञ्जेल राष्टि̭य तथा अन्तराष्टि̭य गैरसरकारी संस्थाले जिल्ला घेरेर राहतको काम थालिसकेका थिए। व्यक्तिगत पहलमा जनस्तरबाट ज्यादै ठूलो सहयोग गाउँ—गाउँ पुग्यो।
सडक, हवाईमार्गबाट तत्काल राहत सामग्री पुर्यायइँदा केही पाइएन भन्ने गुनासो अन्त्य भयो। जिल्ला दैवी प्रकोप उद्दार समितिले देशी, विदेशी दाता संस्थालाई सम्झौता गरेर मात्र गाउँ जाने नीति अघि सारेपछि डुब्लिेकेशन हुन पाएन। कुन दुर्गम, सुगम सबैतिर संस्था पुगे। अहिले ६५ यस्ता संस्था राहतमा क्रियाशील छन्। आकस्मिक राहतका कार्यक्रम सकेर तिनीहरु आवास लगायत अल्पकालीन कार्यक्रमसहित दोस्रो चरणमा प्रवेश गरेका छन्। 'संघसंस्थाले दोस्रो चरणको सहयोग कार्यक्रम ४० गाविसमा विस्तार गरिसकेका छन्,' उद्दार समितिका सदस्य सचिव स्थानीय विकास अधिकारी महेश बरालले भने।
केही संस्थाको काम भन्दा बढी भड्किलो प्रचार र व्यवस्थापनमै भारी खर्च देखिएपनि धेरैको काम सह्रानीय छ। सरकारी गोदाममा मात्रै ३० लाखभन्दा बढी किलो चामल प्राप्त भयो। योमध्ये अहिले २ लाख केजी चामल मौज्दात छ। सरकारका तर्फबाट मात्रै प्रतिघरपरिवार ४३ केजी चामल उपलब्ध भयो। संघ, संस्था र जनस्तरबाट त्यसको दोब्बर चामल सहयोग भएको अनुमान छ। 'बर्खालाई ध्यान दिँदै विश्व खाद्य कार्यक्रमले दोस्रो चरणमा प्रतिपरिवार ३५ केजी चामल, पाँच केजी दाल र दुई लिटर तेल बितरण गर्दैछ,' बराल भन्छन्, 'खानाको समस्या हुँदैन।'
भूकम्पपछि सरकारले राहत, उद्दार र आकस्किम व्यवस्थापनका लागि मात्र सिन्धुपाल्चोकमा १ अर्ब रुपैयाँ निकासा पठाएको छ। शुक्रबारसम्म ९० करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको उद्दार समितिले जनाएको छ। प्रतिमृतकका आफन्तलाई किरिया खर्च बापत ४० हजार रुपैयाँका दरले उपलब्ध गराइएको छ। काजकिरिया बापत मात्रै झण्डै सवा १४ करोड रुपैयाँ खर्च भइसकेको छ। अस्थायी आवासका लागि जस्ता किन्न १५ हजार अनुदानका दरले हालसम्म ४० गाविसमा ५० करोड रुपैयाँ खर्च भएको स्थानीय विकास अधिकारी बराल बताउँछन्, नागरिकन्युजमा खबर छ । 
अनुदान, राहत लगायत अन्य सुविधाको लोभमा नक्कली अंशबण्डा गरी भूकम्प पीडित परिचयपत्र दाबी गर्दा १५ हजारले भने रडाको मच्चाइरहेको छ। १२ दिनभित्र सक्ने गरी थालिएको अनुदान वितरण तीन साता बित्दा पनि सकिएको छैन। बरालका अनुसार यही रडाकोको कारण जिल्लाको घरधुरी संख्या १ लाख नाघ्ने अनुमान छ। अहिले मृतकका प्रतिपरिवारलाई १ लाख रुपैयाँका दरले क्षतिपूर्ति खर्च वितरण थालिएको छ। चोरिने डरले पीडितको बैंक खाता खोली रकम जम्मा गर्ने प्रक्रिया अघि बढाइएको उद्दार समितिले जनाएको छ।


क्षति भएका घर मर्मतका लागि २५ हजार रुपैयाँका दरले सरकारले रकम पठाएको छ। चर्केको र सामान्य क्षति पुगेको घर मर्मत गरी बस्नका लागि यो रकम निकासा भएको हो। तर मर्मत खर्च दाबी गर्न अहिलेसम्म एक जनापनि नआएको बराल बताउँछन्। मर्मत खर्च बुझ्नेले पछि नयाँ घर बनाउँदा र स्थानान्तरण हुँदा कुनै रकम सरकारसँग दाबी गर्न पाउँदैनन्। वैशाख १७ गते नै सरकारले मर्मत खर्च दिने निर्णय गरेको थियो। 'खान र बस्न अब कुनै समस्या छैन। लत्काल जोखिममा परेका बस्ती स्थानान्तरण र भग्नावशेष हटाउने चुनौति मात्र हामीसामू छन्,' बरालले भने।

Thursday, June 25, 2015

नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन : नेपालका लागि साढे तीन खर्बभन्दा बढीको सहयोग

काठमाडौ, असार १० - भूकम्पपछिको पुनःस्थापना, पुनःनिर्माण र नवनिर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक, भौतिक एवम् नैतिक सहयोग एवम् समर्थन जुटाउने उद्देश्यले आयोजित ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ मा साढे तीन खर्ब रुपैयाँभन्दा बढी सहयोग रकम जुटेको छ ।
राजधानीमा जारी सम्मेलनमा विभिन्न देशले भूकम्पपछि नेपालको पुनर्निर्माण गर्न सहयोगको प्रतिवद्धता जनाउँदै उक्त रकम घोषणा गरेका हुन् ।  


सम्मेलनमा सबैभन्दा ठूलो राशीको सहयोग गर्ने छिमेकी देश भारत छ । उसले १ खर्ब रुपैयाँ बराबरको सहयोग गर्ने जनाएको छ । यसमा ७५ अर्ब सहुलियतपूर्ण ऋण र २५ अर्ब अनुदान सहयोग रहने छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा घोषणा गरेको १ खर्ब सहुलियत ऋणको ४० प्रतिशत अर्थात ४० अर्बलाई अनुदान सहयोगमा बदलिएको छ ।

मोबाइलको ब्याट्रीको सुरक्षा कसरी गर्ने

मोबाइलको ब्याट्री पड्किने घटना हाम्रो लागि नयाँ होइन। यसैकारणले कति मानिसले आफ्नो ज्यान समेत गुमाइसकेको खबर हामीले सुन्दै आएका छौँ। तर यो सब हुँदाहुँदै पनि हामीले आवश्यक  सावधानी भने अपनाइरहेका हुँदैनौँ। 
 


मोबाइलको ब्याट्री सबैभन्दा पड्किने अवस्था भनेको मोबाइलमा कुरा गर्दा र चार्ज गर्दा हो। कहिलेकाँही भने यसै राखेको ठाँउमा, गोजीमा पनि ब्याट्री पड्केको पाइएको छ। यस्ता घटनाहरु हेर्दा नयाँ भन्दा पुरानो र नक्कली ब्याट्री बढी पड्केको पाइएको छ। 

मोबाइलको ब्याट्री पड्किन नदिन र ब्याट्रीको लाइफ बढाउन निम्न कुरामा पनि विचार पुर्‍याउनु पर्छः
– सुत्ने समयमा मोबाइल आफ्नो साथमा नराख्ने।
 
–मोबाइल चार्जमा भएको बेलामा फोन नचलाउने वा कुरा नगर्ने।
 
–चार्ज गर्दा चाहिने समयसम्म मात्र चार्ज गर्ने, पुरा रात वा घन्टौँ चार्ज नगर्ने। गर्नैपर्ने अवस्था भएमा मोबाइल अफ गर्ने। 
 
–आफ्नो मोबाइल जुन कम्पनीको हो त्यसकै मात्र चार्जर प्रयोग गर्ने। नक्कली चार्जरको प्रयोग कहिल्यै नगर्ने। 
 
–जुन कम्पनी र ब्राण्डको मोबाइल हो त्यसकै ब्याट्रीमात्र प्रयोग गर्ने। सस्तो वा नक्कलीे ब्याट्री खतराजनक हुन्छ।
 
–मोबाइल चार्ज गर्दा तातो स्थानमा नराख्ने। यस्तो अवस्थामा ओभर हिटिङको समस्या हुनसक्छ।
 
–अल्ट्रा फास्ट चार्जरहरुको प्रयोगले हाम्रो मोबाइल चाँडो चार्ज सक्छौँ तर यसले ब्याट्रीको लाइफ कम गरिदिनुका साथै टक टाइम र स्ट्याण्डबाई टाइम पनि कम गराएको पाइएको छ। त्यसैले मोबाइल चार्ज गर्दा आफ्नो सामान्य चार्जरले नै चार्ज गर्नुपर्छ।
 
–चार्ज गरिसकेपछि चार्जरलाई प्लगबाट निकालेर राख्नुपर्छ। चार्जरको अवस्थाले ब्याट्रीको लाइफमा असर गर्छ।
 
–मोबाइललाई ० डिग्री सेल्सियसभन्दा कम र ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा नराख्ने। यसले ब्याट्री चाँडो सकिन्छ। त्यस्तै मोबाइललाई सिधा घाममा पर्ने गरी पनि नराख्ने।
 
यसप्रकारले मोबाइलको ब्याट्रीको बचावका लागि प्रयोगकर्ताले अलिकतिमात्र ध्यान दिएमा ब्याट्री धेरै समयसम्म टिकाउन सकिन्छ र  पड्किने सम्भावना पनि कम गर्न सकिन्छ। 

Tuesday, June 23, 2015

भूकम्पले सात सय आयोजना प्रभावित

सिन्धुपाल्चोक । 
असार ८ - भूकम्पबाट सिन्धुपाल्चोकमा सञ्चालित तथा पुराना ७ सय ५० भन्दा बढी खानेपानी आयोजनामा क्षति पुगेको छ । यसबाट अर्बभन्दा बढीको नोक्सान भएको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । उसका अनुसार सदरमुकामसहित दुई नगरपालिका र ६८ गाविसमा सञ्चालित ठूला तथा साना सबैजसो आयोजना प्रभावित भएका छन् ।

सबैभन्दा बढी चौतारा नगरपालिकाका लागि सञ्चालित थालखर्क, मजुवा र होल्चेको पाइप लाइन तथा इन्टेक गएको छ । यसबाट नगरपालिकामा खानेपानी अभाव भयो, डिभिजन प्रमुख अरुणकुमार सिम्खडाले भने, ‘पाइप फेरेर केही सुधार गरेका छौं ।’ झन्डै तीन किमि पाइप फेर्न र संरचना निर्माणका लागि २ करोड लाग्ने अनुमान सिम्खडाको छ । थालखर्क तेस्रो र चौथो आयोजनाको ‘लाइन’ चलाएर तत्काललाई व्यवस्था मिलाइएको छ"इकान्तिपुरमा खबर छ। 
 जिविस, गाविस, गैरसरकारी संघसंस्थाले निर्माण गरेका ११ सय ६८ आयोजनामध्ये आधाभन्दा बढीमा क्षति पुगेको छ । स्थानीयले आफ्नै पहलमा निर्माण भएका आयोजनाको विवरण प्राप्त भएको छैन, उनले भने, ‘त्यो पनि हेर्ने हो भने क्षति बढ्न सक्छ ।’ जिल्लाभर ५८ आयोजना सञ्चालन भइरहेका छन् । चालू आवमा मात्र २७ सञ्चालन भएका छन् । ठूलोपाखर, थुम्पाखर, टेकानपुर, सिपापोखरे, जलवीरे, बाह्रबीसेलगायत स्थानमा सञ्चालन भइरहेका ठूला आयोजनामा बढी क्षति छ, उनले भने, ‘केही गाउँबाट अझै सूचना आउन बाँकी छ ।’ कार्यालयले तत्काल पाइप फेरर भए पनि खानेपानी पुर्‍याउन कोसिस भइरहेको जनाएको छ । अहिले सबै प्राविधिक जनशक्ति गाउँ पठाएको उनी बताउँछन् । थोरै खर्च गरेर तत्काल पाइपमात्र फेर्न सक्ने आयोजना सञ्चालनमा ल्याइरहेको छ । खासगरी पहिरो चलिरहेको तातोपानी, भोताङ, गोल्चे, गुम्बा, बरुवालगायत गाविसको यथार्थ जानकारी अझै प्राप्त भएको छैन । कतिपय ठाउँमा तत्काल जान नसक्ने र स्थानीय पनि विस्थापित भएको अवस्था छ ।
६० प्रतिशत शौचालय क्षतिग्रस्त
सन् २०१७ सम्म खुला दिसा मुक्त बनाउने अभियानअनुरूप जिल्लामा ९९ प्रतिशतले शौचालय बनाइसकेका थिए । ०६९ बाट सुरु अभियानअन्तर्गत शौचालय निर्माण र सरसफाइका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट मात्र करिब १० करोडभन्दा बढी खर्च भइसकेको थियो । स्थानीयले व्यक्तिगत खर्च जोड्ने हो भने करोडौंको नोक्सानी भएको छ, प्राविधिकको प्रारम्भिक रिपोर्टमा उल्लेख छ ।
डिभिजनका अनुसार भूकम्पले ६० प्रतिशत शौचालय प्रयोगविहीन बनाएको छ । जिल्लाको सबै दुई नगरपालिका र ६८ गाविसलाई खुला दिसा मुक्त बनाउने अभियान अन्तर्गत सञ्चालित कार्यक्रम अन्तिम चरणमा पुगेका बेला भूकम्पले क्षति पुर्‍याएको हो । कार्यक्रम सफल बनाउन ग्लोबल सेनिटेसन फन्ड र यूएन ह्याबिट्याटको सहयोग र जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समितिको समन्वयमा जिल्लाभर अभियान सञ्चालन भइरहेको छ । स्वच्छन्दता समितिका अनुसार अभियान सुरु गर्नुअघि जिल्लाका ३६ प्रतिशतले मात्र शौचालय प्रयोग गर्थे । समितिका सदस्यसचिव तथा डिभिजन प्रमुख सिम्खाडाका अनुसार अभियानपछि मात्र जिल्लाभर ३५ हजार शौचालय निर्माण भएका थिए ।

निरन्तरको वर्षापछि तातोपानीमा नदि थुनियो

सिन्धुपाल्चोक, असार ८ - वर्षाका कारण चीनसँगको सीमा तातोपानीको लिपिङ खोला थुनिएर मध्यान्ह बाढी आएपछि भोटेकोसीको पानीकोसतह बढ्ने भएकाले प्रहरीले तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आब्हान गरेको छ । भूकम्पबाट अति प्रभावित उक्त क्षेत्रमा जमिनको धाँजा फाटिरहेको अवस्थामा वर्षासँगै पहिरो सुरु भएको छ । मितेरी पुल भन्दा करिव एक किमी पश्चिम नेपालतर्फको भूभागमा पहिरोले ठाडो खोलामा बाढी आएको छ ।

उक्त खोला भोटेकोसीमा मिसिने भएकाले बढीको खतरा देखिएको भन्दै अरनिको राजमार्गको बाह्रबिसे, खाडिचौरलगायत ३० किमी क्षेत्रका वासिन्दालाई सतर्क रहन भनिएको हो । इलाका प्रहरी कार्यालय बाह्रबिसेका अनुसार कुनै पनि बेला कोसी बढ्न सक्ने खतरा देखिएपछि राजमार्ग आसपासका वासिन्दालाई सतर्क रहन भनिएको हो ।  स्थानीय कुमार श्रेष्ठका अनुसार खोलामा पहिरो झेरर केही बेर पानी रोकिएपनि क्रमशः बग्न थालेको बताए । बसपार्क नजिकैको अरनिको राजमार्गकै लिपिङ पुल नजिकै पहिरो झरेको र पुलमुनीबाट पानी बग्न थालेको श्रेष्ठले जानकारी दिएको इकान्तिपुरमा खबर छ । 

तातोपानीमा भीषण वर्षा, पहिरो जाने त्रासले स्थानीय बासिन्दा आतंकित

असार ८, सिन्धुपाल्चोक । 
महाभूकम्पबाट धाँजा र चिरैचिराले थिलथिलो उत्तर सीमानाको तातोपानीमा भीषण वर्षा भइरहेको छ। वर्षासँगै भोटेकोशी नदीको सतह बढेपछि आसपासका स्थानीय बासिन्दा आतंकित बनेका छन्। प्रहरीले बाह्रबिसे क्षेत्रसम्मका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन माइकिङ गरिरहेको छ। 'तातोपानीमा भीषण वर्षा भइरहेको छ, 'इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मन्जुल मुकारुङले भने, 'प्रहरी आफैं भाग्न तयारी अवस्थामा छ।' उनले पहिरो गएको जानकारी प्राप्त नभए पनि खोलामा धमिलो पानी बगिरहेको बताए। आसपासका बासिन्दालाई माइकिङ गरेर सतकर्ता अपनाउन आग्रह गरिएको उनले बताएको नागरिकन्युजमा खबर छ । 

प्रहरीको अनुरोधसँगै स्थानीय बासिन्दा पनि सम्भावित खतराबाट जोगिन भाग्नलाई तयारी अवस्थामा छन्।

तातोपानीमा सुरक्षा निकायको उपस्थिति छैन। वैशाख १२ गतेको महाभूकम्पले स्थानीय बजार नै विलय भएपछि प्रहरी युनिट चौकी डाँडामा तैनाथ भएको छ। तातोपानी बजार भने मानवविहीन अवस्थामा छ।

भूकम्पपछि सो क्षेत्रमा सुख्खा पहिरो गइरहेको छ। नदी आसपास धाँजाधाँजा परेकाले भीषण वर्षासँगै पहिरो जाने खतरा बढेको स्थानीयहरुले बताएका छन्। लार्चादेखि लिपिङ बजारसम्मका बासिन्दा राजधानी स्थानान्तरण भएपछि सो क्षेत्र मानवविहीन अवस्थामा छन्। -

बि एड पहिलो वर्षको नतिजा प्रकाशित

काठमाण्डाै, असार ८ ।
त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयले गत वर्ष सञ्चालित शिक्षा शास्त्र संकाय अन्तर्गत स्नातक तह पहिलो वर्षको नतिजा प्रकाशन गरेको छ ।


 त्यस्तै विज्ञान संकाय अन्तर्गत बि एस सी तेश्रो वर्षको पोषण तथा खाद्य विषयको नतिजा समेत प्रकाशित गरिएको छ ।  मोबाइलमा सिम्बोल नम्बर टाइप गरि ४९४९ मा पठाइ नतिजा प्राप्त गर्न सकिने छ ।  

बिल तिर्न नसकेपछि नायक भुवन केसीको कार होटलको नियन्त्रणमा

पोखरा, ८ असार – पोखराको एक होटलमा समयमै रकम तिर्न नसके पछि नायक भुवन केसीको आफ्नै कार तथा ड्रिम्स को गाडी सहितका सामानहरु होटलले आफ्नो नियन्त्रणमा लिएको छ ।
कारोबार दैनिकको अनलाइमा प्रकाशित खबर अनुसार नायक भुवन केसी सहितको टोलीले पोखरा ड्यामसाईड स्थित पिस फुल होटलमा करीब एक महिना देखि बस्दै आएका थिए । करिब ४० जनाको टोलीले होटलमा बस्दा तथा खाना खाजासहित करिब ५ लाख रुपैयाँ बराबरको विल उठेको छ । उक्त रकम समयमै तिर्न नसके पछि होटलले नायक केसीको निजी कार तथा ड्रिम्स फिल्मको छायाङकनको लागि ल्याएको दुई वटा वस र सामानहरु नियन्त्रणमा लिएको गोप्य श्रोतले जनाएको छ ।
नायक केसी सहितको टोलीले होटलको पैसा तिर्न आज भोलि भन्दा भन्दै धेरै दिन विती सकेको कारणले गर्दा होटलले बाध्य भएर उक्त गाडी सहितको सामानहरु नियन्त्रणमा लिएको बताईन्छ ।


तिमालमा बोधिचित्तको सुरक्षा गर्न प्रहरी गस्ती

बोधिचित्तमालाको खेती गर्ने कृषक र व्यापारीलाई काभ्रेपलाञ्चोकमा प्रहरीले सुरक्षा दिन थालेको छ । केही दिनयतादेखि उनीहरुले असुरक्षा महसुस गरी सुरक्षा माग गरेपछि सुरक्षा दिन थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तिमाल र रोसी क्षेत्रमा पाइने बोधिचित्तमालाको सुरक्षाका लागि प्रहरीले गस्ती गर्दै आएको छ । 
 


कृषक र व्यापारीले सुरक्षाका लागि जिल्ला प्रसासन र जिल्ला प्रहरी कार्यालयमा सुरक्षाका लागि छवटा निवेदन दर्ता गराएका छन् । प्रहरीले विगत वर्षमा समेत बोधिचित्तमालाको सुरक्षा दिने गरेको थियो । व्यापारीका लागि वन कार्यालयको छुटपुर्जी, कम्पनी रजिष्टार कार्यालयको कागजातलगायतका सबै कागजात प्रहरीलाई उपलब्ध भएपछि मात्रै सुरक्षा दिनका लागि योग्य मानिन्छ । 
 
जिल्ला प्रहरी उपरीक्षक पूजा सिंहका अनुसार बोधिचित्तमालाको पैठारी गर्ने बेलामा समेत सुरक्षा माग भएको र विगत वर्षमा समेत बोधिचित्तको मालालाई काठमाडौँ लैजादा प्रहरीले स्कटिङ गरेर सुरक्षा दिएको थियो, सेतोपाटी डकटकममा खबर छ ।  
 
बोधिचित्तमालाको नर्सरी गरेका नासिकास्थान गाविसस्थित बुद्ध फलफूल नर्सरीका सञ्चालक शम्भु घिसिङ, तामाङले एउटा रुखमा करिब ३० देखि ६० किलोग्राम माला उत्पादन हुने जानकारी दिए। फल ठूलो आकारको भए करिब ६० हजार र सानो आकारको भए सात लाखसम्म तथा ठूलो र सानो दुबै आकारको भए ३५ लाखसम्म पर्ने उनले बताए।  

बालबालिकालार्इ गुलाफ


सिन्धुपाल्‍चोकको
 बाह्रबिसे-४ फलडाडाँमा भूकम्‍पले भत्‍काएको स्कुल पुननिर्माण गरिदिएपछि 
डा.सुशील कोइरालाले दिएको गुलाफको फूल लिँदै स्थानीय बालबालिका। तस्विर:अन्नपुर्ण पोष्ट