मोबाइलको ब्याट्री पड्किने घटना हाम्रो लागि नयाँ होइन। यसैकारणले कति मानिसले आफ्नो ज्यान समेत गुमाइसकेको खबर हामीले सुन्दै आएका छौँ। तर यो सब हुँदाहुँदै पनि हामीले आवश्यक सावधानी भने अपनाइरहेका हुँदैनौँ।
मोबाइलको ब्याट्री सबैभन्दा पड्किने अवस्था भनेको मोबाइलमा कुरा गर्दा र चार्ज गर्दा हो। कहिलेकाँही भने यसै राखेको ठाँउमा, गोजीमा पनि ब्याट्री पड्केको पाइएको छ। यस्ता घटनाहरु हेर्दा नयाँ भन्दा पुरानो र नक्कली ब्याट्री बढी पड्केको पाइएको छ।
मोबाइलको ब्याट्री पड्किन नदिन र ब्याट्रीको लाइफ बढाउन निम्न कुरामा पनि विचार पुर्याउनु पर्छः
– सुत्ने समयमा मोबाइल आफ्नो साथमा नराख्ने।
–मोबाइल चार्जमा भएको बेलामा फोन नचलाउने वा कुरा नगर्ने।
–चार्ज गर्दा चाहिने समयसम्म मात्र चार्ज गर्ने, पुरा रात वा घन्टौँ चार्ज नगर्ने। गर्नैपर्ने अवस्था भएमा मोबाइल अफ गर्ने।
–आफ्नो मोबाइल जुन कम्पनीको हो त्यसकै मात्र चार्जर प्रयोग गर्ने। नक्कली चार्जरको प्रयोग कहिल्यै नगर्ने।
–जुन कम्पनी र ब्राण्डको मोबाइल हो त्यसकै ब्याट्रीमात्र प्रयोग गर्ने। सस्तो वा नक्कलीे ब्याट्री खतराजनक हुन्छ।
–मोबाइल चार्ज गर्दा तातो स्थानमा नराख्ने। यस्तो अवस्थामा ओभर हिटिङको समस्या हुनसक्छ।
–अल्ट्रा फास्ट चार्जरहरुको प्रयोगले हाम्रो मोबाइल चाँडो चार्ज सक्छौँ तर यसले ब्याट्रीको लाइफ कम गरिदिनुका साथै टक टाइम र स्ट्याण्डबाई टाइम पनि कम गराएको पाइएको छ। त्यसैले मोबाइल चार्ज गर्दा आफ्नो सामान्य चार्जरले नै चार्ज गर्नुपर्छ।
–चार्ज गरिसकेपछि चार्जरलाई प्लगबाट निकालेर राख्नुपर्छ। चार्जरको अवस्थाले ब्याट्रीको लाइफमा असर गर्छ।
–मोबाइललाई ० डिग्री सेल्सियसभन्दा कम र ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा नराख्ने। यसले ब्याट्री चाँडो सकिन्छ। त्यस्तै मोबाइललाई सिधा घाममा पर्ने गरी पनि नराख्ने।
यसप्रकारले मोबाइलको ब्याट्रीको बचावका लागि प्रयोगकर्ताले अलिकतिमात्र ध्यान दिएमा ब्याट्री धेरै समयसम्म टिकाउन सकिन्छ र पड्किने सम्भावना पनि कम गर्न सकिन्छ।
No comments:
Post a Comment