सिन्धुपाल्चोक, असार ८ - वर्षाका कारण चीनसँगको सीमा तातोपानीको लिपिङ खोला थुनिएर मध्यान्ह बाढी आएपछि भोटेकोसीको पानीकोसतह बढ्ने भएकाले प्रहरीले तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आब्हान गरेको छ । भूकम्पबाट अति प्रभावित उक्त क्षेत्रमा जमिनको धाँजा फाटिरहेको अवस्थामा वर्षासँगै पहिरो सुरु भएको छ । मितेरी पुल भन्दा करिव एक किमी पश्चिम नेपालतर्फको भूभागमा पहिरोले ठाडो खोलामा बाढी आएको छ ।
उक्त खोला भोटेकोसीमा मिसिने भएकाले बढीको खतरा देखिएको भन्दै अरनिको राजमार्गको बाह्रबिसे, खाडिचौरलगायत ३० किमी क्षेत्रका वासिन्दालाई सतर्क रहन भनिएको हो । इलाका प्रहरी कार्यालय बाह्रबिसेका अनुसार कुनै पनि बेला कोसी बढ्न सक्ने खतरा देखिएपछि राजमार्ग आसपासका वासिन्दालाई सतर्क रहन भनिएको हो । स्थानीय कुमार श्रेष्ठका अनुसार खोलामा पहिरो झेरर केही बेर पानी रोकिएपनि क्रमशः बग्न थालेको बताए । बसपार्क नजिकैको अरनिको राजमार्गकै लिपिङ पुल नजिकै पहिरो झरेको र पुलमुनीबाट पानी बग्न थालेको श्रेष्ठले जानकारी दिएको इकान्तिपुरमा खबर छ ।
No comments:
Post a Comment