Saturday, June 13, 2015
तातोपानी नाका भूकम्प पछाडि ठप्प, करोडौको समान बाटोमै अलपत्र
तातोपानी(सिन्धुपाल्चोक), जेष्ठ ३० - नेपाललाई उत्तरी छिमेकी चीनसँग जोड्ने प्रमुख नाका तातोपानी बैशाख–१२ गते आएको भूकम्प यता ठप्प भएको छ । आधाशताब्दीअघि निर्माण भएको नेपाल—चीन सीमाको मितेरी पुल भूकम्पले सवारी सधान आवत–जावत नहुने गरी क्षतिग्रस्त भएपछि महत्वपूर्ण व्यापारिक नाका ठप्प भएको हो ।
पुलको दायॉबायॉ छेउको वारको संरचनाको करिव एक—एक मिटर भाग भत्केर भोटेकोसीमा खसेको छ । पुल चर्केको र सवारी साधन आवत—जावत गर्न नहुने भएपछि चिनियॉ सेना र प्रहरीले नेपालतर्फको तल्लो भागबाट फलामको ‘टेको’ लगाएका छन् ।
चीन सरकारको सहयोगमा कोदारी राजमार्गस‘गै उक्त पुल निर्माण भएको थियो । तातोपानी गाविसका पूर्व अध्यक्ष अमृतकमार खड्काका अनुसार २०१७ सालमा निर्माण सुरु गरको पुललाई २०२० सालमा सञ्चालनमा ल्याईएको थियो । उक्त पुल नेपाल चीन आवत—जावत गर्ने प्रमुख मार्गको भोटेकोसीमा रहेको छ । यसैगरी मितेरी पुलबाट करिव पॉच किमी पश्चिम अरनिको राजमार्गको लार्चा स्थित फुलपिङ पुलको तल्लो भागमा पनि चिनियॉले फलामको ‘टेको’ लगाएका छन् । उक्त पुल पनि सोही समयमा निर्माण भएको हो । दुवै पुलमा क्षति पुगेपछि ‘हेभी’ सवारी साधन आवत—जावत गर्न नहुने जानकारी चिनियॉ अधिकारीले दिएका छन् ।
चीनतर्फको खासा गोदाम र रमिते सडकमा रहेको कन्टेनरमा ‘लोड’ गरिएको करोडौं रुपैंयॉका व्यापारिक सामान नेपाल भित्रन सकेको छैन । चीनले पुलबाट ‘हेभी’ सवारी साधन आवत—जावत गराउन नहुने वताएको छ । सोही कारणले उक्त सामान भित्रन सकेको छैन ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर खत्रीले नाकामा रोकिएको करोडौंको सामान ल्याउने वातावरण मिलाउन सरकारलाई आग्रह गरिएको बताए । व्यापारीका तीन सय कन्टेनर सामान अलपत्र छ, उनले भने । चीनले भने बेलीब्रीज राखेर मात्र सामान ल्याउन दिने वताउँदै आएको छ । प्राविधिक पक्ष चीनले हेरिरहेकोले तत्काल सोही पुल सञ्चानमा आउने संभावना कम छ, स्रोतले भन्यो ।
नेपालद्धारा पुल बनाउन आग्रह
............................
सरकारले मितेरी र फुलपिङ पुलको बनाउन चीन सरकारलाई आग्रह गरेको छ । चीनले मितेरी पुलबाट तत्काल हेभी सवारी साधन आवत जावत गर्न रोक लगाएको छ । अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाले नेपाललाई चीनले वर्षेनी दि‘दै आएको सहयोगबाट कट्टिने गरी पुल निर्माणको प्रक्रिया अघि बढाउन परराष्ट्रलाई पत्राचार गरेको छ । अर्थ स्रोतका अनुसार चिनियॉले भने बमोजिमको भाषा प्रयोग गरेर पत्राचार गरिएको हो । परराष्ट्रले पनि सोही व्यहोराको पत्र चीन सरकारलाई पठाएको छ । चिनियॉ अधिकारीले भने तत्कालका लागि बेलीब्रीज राख्ने मौखिक जानकारी दिएका छन् । रसुवामा पनि बेलीब्रीज राखेकाले सोही अनुरुप गर्न लागको परराष्ट्रले स्रोतले बतायो ।
सडक विभागका महानिर्देशक माधव कार्कीले चीनलाई भूकम्प आउनु अगावै सीमा क्षेत्रको सडक बनाउन अनुरोध गरिएको थियो । भूकम्पपछि मितेरी पुल पनि जोडिएको छ, कार्कीले भने, ‘उक्त पुलको प्राविधिक पक्ष चिनियॉ पक्षलाई बढी जानकारी भएकाले पनि उनीहरुको संलग्नता अपरिहार्यछ ।’
#ekantipur
Labels:
सिन्धुपाल्चोक
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment