जेठ २९ ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर बाँडफाँट आज हुने भएको छ। सेयरका लागि आवेदन दिएका सम्पूर्णले कम्तीमा ५० कित्ता पाउने छन्। ५० कित्ताभन्दा माथिका लागि भने अनुपातिक रुपमा सेयर बाँडफाँड गरिने नागरिक लगानी कोषले जनाएको छ।
माथिल्लो तामाकोसीको सेयर कम्पनीका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी तथा सञ्चय कोषका वचतकर्ताबाट सेयर आवेदन माग गरिएको थियो । २ अर्ब ५५ करोड रुपैयाँको सेयर माग गरिएकोमा १८ अर्ब ३० करोड रुपैयाँ बराबरको आवेदन परेको थियो।
No comments:
Post a Comment