Thursday, June 11, 2015

सोलुखुम्बुमा हिमताल फुट्यो

जेठ २९ । 

सोलुखुम्बुको होङगु गाविसमा बिहीवार हिमताल फुटेर तल्लो क्षेत्रमा बाढी आएपछि जल तथा मौसम विज्ञान विभागले स्थलगत अध्ययन गर्न शुक्रवार प्राविधिक टोली पठाउँदैछ । 
विभागका महानिर्देशक डा.ऋषिराम शर्माले शुक्रवार बिहान दुई  प्राविधिकसहितको टोली होङ्गु पठाउन लागेको जानकारी दिए ।


लुक्लाभन्दा तलको हुँगा खोलामा बिहीवार अकस्मात बाढी आएको थियो । पानी नपरेकै बेला अकस्मात बाढी आएपछि तल्लो तटीय क्षेत्रका बासिन्दा त्रसित भएका थिए कान्तिपुर दैनिकमा खबर छ ।

‘होङ्गु गाविसमा लहरै ५ वटा हिमताल रहेछन्’, महानिर्देशक डा.शर्माले बिहीवार कान्तिपुरलाई भने, ‘तीमध्येकै एक/दुई  साना हिमताल फुटेको हाम्रो अनुमान छ ।’

गृह मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले पनि बाढी आएको खबर सार्वजनिक हुने वित्तिकै स्थलगत अध्ययन गर्न विहीवार विभागको ध्यानाकर्षण गराएका थिए । लगत्तै विभागको बाढी पूर्वानुमान महाशाखाका प्राविधिकलाई २४ सै घण्टा निगरानीमा खटाइएको छ ।

No comments:

Post a Comment