'पिढीँमा बसेर मेरै बाटो हेरेर' 'घाँस काट्ने खुर्केर गयो जोबन हुर्केर, 'गाई त बाँध्ने पाटाको दाम्लो',
'तिम्रो र मेरो मायाको डोरो', कुनै समयका चर्चित गीत गाएका बुद्धिकृष्ण लामिछानेको
रमाइलो शैली थियो।
गायक बुद्धिकृष्ण लामिछाने हिजोआज पिँढीमा बसेर नै दिन कटाउँछन्। शरीरको दाहिने भाग चल्दैन। लठ्ठीको सहारामा अलिअलि हिँडडुल गर्छन् र थाममा अडेस लागेर पिँढीमा बस्छन्।
गायक बुद्धिकृष्ण लामिछाने हिजोआज पिँढीमा बसेर नै दिन कटाउँछन्। शरीरको दाहिने भाग चल्दैन। लठ्ठीको सहारामा अलिअलि हिँडडुल गर्छन् र थाममा अडेस लागेर पिँढीमा बस्छन्।
भक्तपुरको बागेश्वरी गाउँमा भूकम्पपछि बनाइएको जस्ताको अस्थायी घरको
पिंढीमा बुधबार दिउँसो उनी सुस्ताउँदै थिए। 'रोगले पनि च्याप्यो,
भुइँचालोले घर पनि भत्काइदियो, उनले भने।
चार वर्षदेखि रक्तचाप, मधुमेह, युरिक एसिडले सताएको थियो। चार महिनाअघि
पक्षाघात भएपछि शरीरको एक पाटो चल्नै छोड्यो। कहिलेकाहीँ अस्पतालबाहेक
घरबाहिर निस्कन सकेका छैनन्।
'घाँस काट्ने खुर्केर गयो जोबन हुर्केर, 'गाई त बाँध्ने पाटाको दाम्लो',
'तिम्रो र मेरो मायाको डोरो', कुनै समयका चर्चित गीत गाएका बुद्धिकृष्णको
रमाइलो शैली थियो। उनले एक सयभन्दा बढी गीत रेकर्ड गराएका छन्।
मञ्चमा गाउँदा गीतभन्दा नाच आकर्षक हुन्थ्यो। होचो कद र मोटो ज्यानका उनी
गीत गाउँदा उफ्रीउफ्री नाच्थे। स्टेजको प्रस्तुति र भिडियो हेरेपछि कतिले त
उनलाई 'नेपालको माइकल ज्याक्सन' पनि भनेछन्।
६० वर्षका बुद्धिकृष्णले पुराना दिन सम्झिए र कुराकानीको बीचबीचमा आफ्ना
चर्चित गीत गुनगुनाउन थाले। पक्षाघात भएपछि उनको स्वर पनि लयमा रहेनछ।
'आज त राम्रो गाउनुभयो', साथमा रहेकी श्रीमती दुर्गादेवीले भनिन्, 'धेरै
दिन भएको थियो नगुनगुनाउनुभएको, आज अलि स्वर पनि खुलेछ।' गीतसँगै उनले
आफ्नो नाच पनि देखाउने कोसिस गरिरहे तर सकेनन्।
नाचीनाची गीत गाउने आफ्नो शैलीको सुरुआतका बारेमा पनि उनले सुनाए। बुद्धिकृष्ण गीत गाउँदा लयअनुसार अलिअलि हल्लिँदा रहेछन्।
'एक दिन यसरी नै गीत गाउँदा नीर शाहले देख्नुभयो', उनले सम्झिए, 'उहाँले
अझ नाच्दै गीत गाउन प्रेरणा दिनुभयो, अरू साथीहरूले पनि यो शैली मन पराए।'
गाउँघरमा बाख्रा चराउन र खेतबारीमा काम गर्दा गीत गाउने उनी २२ वर्षको
उमेरमा रेडियो नेपाल पुगेछन्। 'त्यस बेला स्वर परीक्षा पास गर्न सोर्सफोर्स
पनि चाहिन्छ भन्ने सुनेको थिएँ', उनले भने, 'मचाहिँ एकैपटकमा पास भएँ।'
४० को दशकको सुरुमा उनको स्वरमा रेकर्ड भएको पहिलो गीत 'घाँस काट्ने खुर्केर' धेरै चर्चित भयो।
महजोडीले यो गीतलाई टेलिशृंखलामा भूतको पात्रले गाउन लगाएपछि यो गीत
सुन्दा बालबालिका डराउन पनि थाले। 'मेरा गीतहरू सोचेभन्दा धेरै चर्चित भए',
उनले भने, 'त्यो समय कम्तीमा दिनको एकपटक रेडियोले मेरो गीत बजाएकै
हुन्थ्यो।'
गाउँघर, सहरबजार, बाटोघाटो जतासुकै आफ्नो गीत घन्कँदा उनी गद्गद् हुन्थे।
'म छेवैमा हुँदा पनि मलाई नचिनी मेरो गीत सुन्दै रमाइलो भन्दै कुरा गर्थे',
उनले भने, 'असाध्यै राम्रो लाग्थ्यो।
दुई दशकभन्दा बढी नेपाली सेनामा जागिर खाएर अवकाश पाएका उनी पछिल्लो समय
लोकगीत संकलन र लेखनमा जुटेका रहेछन्। 'अझै केही गर्न मन थियो', उनले
सुस्केरा हाले, 'खोइ अब त सक्छु कि सक्दिनँ।'
गायक, नृत्यकारपछि उनले अभिनेताको पनि छवि बनाए। हास्य टेलिशृंखला 'जिरे
खुर्सानी'मा २५ भागसम्म अभिनय गरे। 'एक दिन रेडियो नेपालमा जितु नेपालसँग
ख्यालख्यालमै मलाई पनि खेलाउनू भनेँ', उनले सम्झिए, 'लौ भोलिपल्टै आउनू
भन्नुभयो।
त्यसमा पनि राम्रै प्रतिक्रिया पाइयो।' आफ्नो समयमा चर्चा र लोकप्रियता
कमाएका उनी स्वास्थ्य अवस्था कमजोर हुँदा सरकारी तथा सरोकारवाला निकायले
चासो नदिएकामा त्यति खुसी छैनन् तर अनुहार उज्यालै छ।
आफ्ना रसिक गीतजस्तै वाक्यैपिछे मुस्काउँछन् र गीतको प्रसंग निस्कियो भने गुनगुनाउन थाल्छन् र नाच्ने पनि कोसिस गर्छन्।
No comments:
Post a Comment