जेठ २८ ।
बैशाख १२ गतेको शक्तिशाली भुकम्पका कारण क्षतिग्रस्त बनेको ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्र बिहीबारबाट अान्तरिक पर्यटकका लागि खुला गरिएको छ ।
बैशाख १२ गतेको शक्तिशाली भुकम्पका कारण क्षतिग्रस्त बनेको ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्र बिहीबारबाट अान्तरिक पर्यटकका लागि खुला गरिएको छ ।
भूकम्पले दरबार क्षेत्रमा क्षति पुगेकाले
कमजोर सुरक्षाका कारणले गर्दा बन्द गरिएको थियो । पाटन सङ्ग्रहालय खुला
गर्न भने अझै एक हप्ता लाग्ने सङ्ग्रहालयका सूचना अधिकृत सुरेशमान लाखेले
बताउनुभयो । उहाँका अनुसार भूकम्पबाट पाटन सङ्ग्रहालयभित्र पर्ने
चारनारायण, हरिशङ्कर मन्दिर र मणिमण्डप पाटीा पूर्ण रुपमा क्षति तथा
विश्वनाथ, भीमसेन र ज्यासीदेग मन्दिरमा आंशिक रुपमा क्षति पुगेको छ ।
सङ्ग्रहालयका भवन केही चर्किएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री
विमलेन्द्र निधिले दरबार क्षेत्रको अवलोकन गर्दै दरबार क्षेत्र वरपर
साँगुरो रहेको हुँदा चर्केका घर भत्काएर अवलोकनकर्तालाई सुरक्षा दिनुपर्ने
बताउनुभयो । वैशाख १२ गतेदेखि नै बन्द बङ्गलामुखी र कुम्भेश्वर मन्दिर पनि
आजदेखि खुला भएको छ । बङ्गलामुखी मन्दिरमा आज शिक्षामन्त्री चित्रलेखा
यादवले भ्रमण गरी प्रसाद ग्रहण गर्नुभएको छ रासस को खबरमा उल्लेख गरिएको छ ।
No comments:
Post a Comment