Thursday, June 11, 2015

ताप्लेजुङमा भीषण पहिरो कैयन स्थानीय बेपत्ता, ३६ जनाको शव भेटियो

जेठ २८।
पहिरो झरेको १४ घन्टा बितिसक्दा पनि ताप्लेजङको पहिरो प्रभावित क्षेत्रमा अझै उद्धारटोली पुग्न सकेको छैन ।

प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुग्न नसक्दा पहिरोमा पुरिएका बेपत्ता र घाइतेको उद्धारमा कठिनाइ भएको स्थानीयले बताएका छन् ।

नेपाली सेनाका मेजर अभिषेक कार्कीको टोली पैदलमार्ग हुँदै प्रभावित क्षेत्रमा प्रस्थान गरेको छ । सशस्त्र र जनपद प्रहरी टोली पनि पहिरो झरेको प्रभावित क्षेत्रमा गएका छन् । घटनास्थल सदरमुकामबाट करिब ९ घण्टाको पैदल दुरीमा पर्दछ ।
बाढी पहिरो प्रभावित गाउँसम्म पुग्ने बाटो पहिरोले पुरिएका छन् । बाटो अवरुद्ध भएको तथा साना ठूला खोलामा बाढी आएकाले उद्धारकर्मीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भैरहेको छ ।
पहिरोमा परेका मध्ये १५ जनाको शव अहिलेसम्म भेटिइसकेको छ । अरु १५ जनाबढी वेपत्ता भएको जानकारी आएको छ । प्रभावित क्षेत्रमा उद्धार टोली पठाइए पनि हेलिकोप्टर पठाउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले जानकारी दिए
स्थानीयबासीले भने विहानैदेखि उद्धारकार्य जारी राखेका छन् । स्थानीयका अनुसार सान्थाक्रा गाविसमा १० जना अझै वेपत्ता छन् ।  

No comments:

Post a Comment