जेठ ३१ ।
भूगर्भविद् तथा हिमतालविज्ञहरूको टोलीले दोलखाको च्छोरोल्पा हिमताल फुट्ने खतरा नरहेको निष्कर्ष निकालेका छन् । दूधकोसीमा बाढी आएको सूचनापछि हिमताल फुटेको आशंकामा विज्ञहरू शनिबार स्थलगत अध्ययनमा गएका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

जल तथा मौसम विज्ञान विभागको विज्ञ टोलीले १२ वैशाखको ठूलो भूकम्पयता पहिलोपटक च्छोरोल्पा हिमतालको अध्ययन गरेको हो । विभागका भूगर्भ तथा हिमतालविज्ञ राजेन्द्र शर्मा र प्रवीण मास्केको टोलीले तत्काल हिमताल फुट्ने खतरा नरहेको निष्कर्ष निकालेको छ ।
विज्ञहरूको अर्को टोलीले हिमतालमा खतरासम्बन्धी अर्को सूचना प्रणालीसमेत शनिबारै जडान गरेका छन् ।
‘च्छोरोल्पा हिमताल तत्काल फुट्ने कुनै खतरा भेटिएन,’ विज्ञहरूलाई उद्धृत गर्दै विभागका महानिर्देशक ऋषिराम शर्माले भने, ‘तालबाट पानीको निकास हुने ठाउँ पूर्ववत् सही अवस्थामा छ ।’
यसअघि इसिमोडलगायतका अन्तर्राष्ट्रिय संस्थाले पनि अमेरिकी भूउपग्रहमार्फत सन् २००९, २०१५ को जनवरी र भूकम्पपछि खिचिएका तस्बिर विश्लेषण गर्दै हिमताल फुट्ने सम्भावना नरहेको औँल्याएका थिए ।
नेपालका करिब दुई हजार तीन सय हिमतालमध्ये च्छोरोल्पा सबैभन्दा ठूलो हो । विज्ञहरूले च्छोरोल्पासहित २१ वटा हिमताल खतराको सूचीमा रहेको बताउँदै आएका छन् ।
No comments:
Post a Comment