असार १ । उच्च माध्यमिक शिक्षा परिषद्को लिएको पहिलो चरणको परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीलाई दोस्रो चरणमा माैका दिइने भएकाे छ । जेठ २० बाट सुरु भएको कक्षा १२ र सोमबारबाट सञ्चालन भएको कक्षा ११ को परीक्षामा सहभागी नभएका विद्यार्थीलाई यस्तो अवसर दिइएको हो ।
भूकम्प प्रभावित गोरखा, धादिङ्ग, रसुवा, धादिङ्ग, रसुवा नुवाकोट, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, मकवानपुर, काठमाण्डौं, ललितपुरमा अध्ययनरत विद्यार्थीलाई यो सविधा लिन पाउछन । त्यस्तै यि जिल्लामा स्थायी बसोबास भई अन्य जिल्लामा अध्ययनरत विद्यार्थीको पनि परीक्षा छुट भएमा परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको परीक्षा नियन्त्रक अर्यालले जानकारी दिए ।
यी विद्यार्थीहरुले असार १४ गते बाट सञ्चालन हुने कक्षा १२ र असार २४ बाट हुने कक्षा ११ को दोश्रो चरणको बाषिर्क परीक्षामा सहभागी हुने अवसर पाउछन । परीक्षार्थी सहभागी हुन अध्ययनरत उच्च माध्यमिक विद्यालयको सिफारिस र आफनो प्रवेश पत्रको प्रतिलिपि संलग्न गरी उच्च माध्यमिक शिक्षा परिषद्, परीक्षा नियन्त्रण कार्यालय र काठमाण्डौं कार्यालय, भीमसेनगोलामा असार ७ सम्म निवेदन दिनु पर्ने हुन्छ । विद्यालयको सिफारिस साथ पेश गरिने निवेदनमा के कारणले परीक्षामा सहभागि हुन नसकेको प्रमाण समेत पेश गर्नु पर्ने व्यवस्था गरेको छ कान्तिपुर दैनिकमा खबर छ ।
यी विद्यार्थीहरुको परीक्षा केन्द्र सानोठिमी स्थित एसओएस हरमन हरमन माइनर उच्च माविमा तय गरिएको परिषद्ले जनाएको छ । प्रथम चरणमा सञ्चालित परीक्षामा सहभागि भएका विद्यार्थी यो परीक्षामा सहभागी हुन पाउदैनन । 'यदि पाईएमा दुवै परीक्षा रद्ध गर्छौ,'अर्यालले भने ।
No comments:
Post a Comment