Sunday, June 14, 2015

कक्षा १२ को परीक्षा सम्पन्न, रोकिएको परीक्षा १४ गतेबाट

भक्तपुर, ३१ जेठ । उच्च माध्यामिक शिक्षा परिषद्ले गत २० गतेदेखि ६८ जिल्लामा संचालन गरेको कक्षा १२ को परीक्षा आजबाट शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको परिषद्का उपाध्यक्ष चैतन्य शर्माले जानकारी दिए । कक्षा १२ को परीक्षामा ३ लाख ८४ हजार ४१३ परीक्षार्थीको सहभागिता रहेको थियो । परिषद्ले भूकम्पकाट अतिप्रभावित भएको ७ जिल्लाहरु गोरखा, धादिङ्ग नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापका परीक्षा भने असार १४ गतेदेखि संचालन गर्ने भएको छ । परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालले रोिकएको सात जिल्लाको कक्षा १२ को परीक्षा असार १४ गतेदेखि संचालन हुने बताए । सात जिल्लामा १९ हजार १९६ जना परीक्षार्थीको सहभागिता रहने भएको छ । त्यसैगरि परिषद्ले असार १ गतेदेखि १२ गतेसम्म कक्षा ११ को परीक्षा संचालन गर्ने भएको छ । कक्षा ११ को परीक्षामा ३ लाख ८६ हजार २९३ जना परीक्षार्थी रहने परीक्षा नियन्त्रक अर्यालले जानकारी दिए । भूकम्पबाट अति प्रभावित ७ जिल्लामा भने कक्षा ११ को परीक्षा असार २४ गतेदेखि सुरु हुने भएको छ । सात जिल्लामा परीक्षामा २१ हजार ५५८ जना परीक्षार्थीको सहभागिता रहने भएको छ । परीक्षाका लागि ८४६ वटा परीक्षा केन्द्र, ८४६ जना केन्द्राध्यक्ष, १०६९ जना सहायक केन्द्राध्यक्ष, ९१३ जना पर्यवेक्षक, ९ हजार ७६१ जना निरिक्षक, ८४६ जना कर्मचारी, १ हजार ६९२ जना कार्यालय सहयोगी र १० हजार ९९८ जना सुरक्षाकर्मीलाई खटाएको परिषद्ले जनाएको छ ।

No comments:

Post a Comment