Wednesday, June 10, 2015

भुकम्प प्रभावित १४ जिल्लामा ३ हजार कर्मचारीको थप गरिने

जेठ २८ । सरकारले महाभूकम्पबाट अति प्रभावित १४ जिल्लाका पाँच सय ८० गाविसमा तीन हजारभन्दा बढी दरबन्दी थप्ने भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सामान्य प्रशासन र अर्थ मन्त्रालयको स्वीकृतिमा तीन हजार एक सय ५१ दरबन्दी थप्ने तयारी गरेको हो। दरबन्दीमा शाखा अधिकृत, इन्जिनियर, नायबसुब्बा, लेखापाल, सबइन्जिनियर, सर्वेक्षक र कम्प्युटर सहायक रहनेछन्। स्थानीय विकास मन्त्रालयको ग्रामीण विकास समन्वय शाखाका अनुसार गोरखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, भक्तपुर, काठमाडौं, ललितपुर, सिन्धुली, रामेछाप, रसुवा, धादिङ, नुवाकोट र मकवानपुरका पाँच सय ८० गाविसमा गरी दुई सय ५१ शाखा अधिकृत, दुई सय ५१ इन्जिनियर, पाँच सय ८० नायबसुब्बा, पाँच सय ८० लेखापाल, तीन सय २९ सबइन्जिनियर, पाँच सय ८० सर्वेक्षक र पाँच सय ८० कम्प्युटर सहायक थपिनेछन्। मन्त्रालयले हजारभन्दा बढी घरधुरी भएका गाविसमा अधिकृत, इन्जिनियर र लेखापालसहितको संरचना र एक हजारभन्दा कम धुरी भएका गाविसमा नायबसुब्बा र ओभरसियरसहितको कर्मचारी खटाउने तयारी गरेको हो। 
अन्नपुर्णपोष्ट






No comments:

Post a Comment