Thursday, June 11, 2015

बोर्डिङ स्कुलले एक महिनाको आधा शूल्क मिनाह गर्ने


२९ जेठ।
निजी विद्यालयहरुले भूकम्पका कारण स्कुल बन्द भएको एक महिनाको आधा शुल्क मिनाह गर्ने भएका छन् ।
शुल्क मिनाहको माग गर्दै विद्यार्थी संगठनहरुले शैक्षिक हड्तालको चेतावनी दिएपछि प्याप्सन र एनप्याप्सनको संयुक्त बैठकले एक महिनाको झण्डै आधा शूल्क मिनाह गर्ने निर्णय गरेको हो ।



प्याप्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले भने-‘यातायात लगायतको शूल्यबाट झण्डै आधा महिनाको शूल्क मिनाह गर्न सकिन्छ भन्ने देखिएको छ ।’
कांग्रेस, एमाले र एमाओवादीसहितका दलहरुसम्वद्ध विद्यार्थी संगठन र अभिभावकहरुले भने स्कुल बन्द भएको समयको पूर्ण शूल्क मिनाह गर्न माग गर्दै आएका छन् ।
शिक्षा मन्त्रालयले भने एक महिनाको शूल्क मिनाह गरेर राहत दिन आग्रह गरेको छ ।

No comments:

Post a Comment