जेठ २९ ।
बुधबार साँझदेखि परेको वर्षासँगै ताप्लेजुङको पश्चिमी क्षेत्रका ६ वटा गाविसमा पहिरो जाँदा हालसम्म ४७ जनाको मृत्यु भएको छ। प्रहरीले भने १२ जनाको शवमात्र प्राप्त भएको बताएको छ।
तस्विर: सशस्त्र प्रहरीको फेसबुकबाट |
मृत्यु हुनेहरुमा लिवाङ गाविस २४, सान्थाक्रा १२, थिङ्लाबु ५, खोक्लिङ ३ र लिङतेप ३ रहेका छन्।
प्रधानमन्त्री सुशील कोइरालाले पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि निर्देशन दिएका छन्। बुधबार बनाएको ट्विटरमा सक्रिय हुँदै बिहीबार प्रधानमन्त्री कोइरालाले लेखेका छन्, 'ताप्लेजुंगको पहिरोमा परी दिवगंत भएका व्यक्तिका परिवारमा हार्दिक समवेदना र घाइतेको स्वास्थ्य लाभको कामना । उद्धार र राहतको निर्देशन दिएको छु।'
No comments:
Post a Comment